नेपाल

हेटौँडाबाट–काठमाडौँ सुरुङ मार्ग कार्यान्वयनमा उच्च प्राथमिकतामा

CM Dormani Poudel Chitwan

हेटौँडा/ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनताको समृद्धिका लागि प्रदेश सरकार सधैँ क्रियाशील रहने बताउनुभएको छ ।

मुख्यमन्त्री पौडेलले ११औँ गणतन्त्र दिवस समारोह समितिद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य गरिने छ भन्नुभयो ।

उहाँले प्रदेशका १३ जिल्लामा राष्ट्र गौरवका आयोजना सञ्चालन गर्न जिल्ला समन्वय समिति र स्थानीय तहलाई योजना सिफारिस गरी पठाउन आग्रह गरिएको बताउँदै हेटौँडाबाट काठमाडौँ जोड्ने सुरुङ मार्गलाई राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने विश्वास दिलाउनुभयो । दिवसका उपलक्ष्यमा हेटौँडास्थित बुद्धचोकबाट आज बिहान निस्केको पदयात्रा कान्ति राजपथ हुँदै जिल्ला समन्वय परिषद्को प्राङ्गणमा पुगेपछि विसर्जन गरिएको थियो । (रासस)


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS