चितवन

गौतमबुद्ध क्रिकेट रंगशालालाई २८ टिप बालुवा सहयोग

gautam buddha stadium sand help

भरतपुर – चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि नुवाकाेटका आईचर व्यवसायीले २८ आईचर बालुवा र ६ टिप गिट्टी सहयोग गरेको छ । साथै व्यवसायीले नगद रु ६० हजार ५ सय ५० रुपैयाँ सहयोग गरेको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएकाे छ ।

राष्ट्रिय गौरवको आयोजना रंगशाला निमार्णको लागि गिट्टी बालुवा सहयोग गरेको आईचर व्यवसायीका प्रतिनिधि इन्द्रलाल श्रेष्ठले बताए ।

राष्ट्रिय झण्डासहित ब्यानर हालेर शनिबार नुवाकाेटबाट गएको टोलीले आज बिहान रंगशाला निमार्ण स्थलमै पुगेर रंगशाला निर्माण अभियन्ता कुमार कट्टेल “जिग्री” लाई बालुवा हस्तान्तरण गरेको हो।

नुवाकोट आईचार व्यवसायी संघले नि:शुल्क गिट्टी बालुवा ढुवानी गरेको हो ।

धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण गरिरहेको छ । पछिल्लो समय विभिन्न जिल्लाबाट निर्माणका सामाग्री सहयोग गर्नेक्रम बढेको छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS