नुवाकोट

गाउँपालिका राष्ट्रिय महासंघको सदस्यमा नुवाकोटका तीन जनप्रतिनिधि चयन

members of rashtriya gaunpalika mahasangh

विदुर / गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नं ३ कमिटीको सदस्यमा  नुवाकोट ककनी गाउँपालिकाका उपाध्यक्ष सिता खतिवडा लामा, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष युविन्द्रसिंह तामाङ र तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमाल चयन भएका छन् ।

कमिटीको अध्यक्षमा दोलखाको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल सर्वसम्मत चयन भएका छन् । तामाकोशी गापाको किर्नेटारमा सम्पन्न बन्दसत्रले पोखरेललाई प्रदेश कमिटीको अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामालाई उपाध्यक्ष, धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सिनालाई सचिव, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेललाई सहसचिव र धादिङको ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष जानुका सिम्खडालाई कोषाध्यक्षमा चयन गरेको छ ।

उन्नाइस सदस्यीय प्रदेश कमिटीको सदस्यमा दोलखाको तामाकोशी गाउँपालिका–१ भीरकोटका वडाध्यक्ष महेश्वर काफ्ले, रामेछापको गोकुलगङ्गा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवार, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर, ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष कमला तामाङ र सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवार, रसुवाको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानी न्यौपाने, मकवानपुरको मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, रामेछापको उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्की र सिन्धुलीको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापा प्रदेश कमिटीको सदस्यमा चयन भएका छन् । अधिवेशनमा प्रदेश नं ३ का १३ जिल्लाका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँकार्यपालिका सदस्यको सहभागिता थियो । गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं ३ कमिटीका अन्य सदस्यमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष अनिता राई र धादिङको बेनीघाट गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी चयन भएका छन् ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS