नुवाकोट

विदुर नगरपालिकाद्वारा एक दिनको तलव सहयोग

bidur municipality toll free number

विदुर / चैत १७ गते बारा र पर्सा जिल्लामा आएको भिषण हावाहुरीका कारण मृत्यु भएका र घाइतेहरुको उपचारको लागि विदुर नगरपालिकाले एक दिनको तलव प्रदान गर्ने भएको छ ।

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितद्वारा जारी विज्ञप्तीमा हावाहुरीबाट प्रभावितहरुको लागि नगरपालिकाको सम्पूर्ण टिमले एक दिनको तलव सहयोग प्रदान गरेको हो । नगरपालिकाका प्रमुख, उपप्रमुखसहित वडा अध्यक्ष, कार्यपालिका, सदस्यहरु तथा विभिन्न विभाग अन्तर्गतका सबै कर्मचारीले एक दिनेको तलव सहयोग गरेको नगरपालिकाका कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले बताए । सहयोग रकम जिल्ला प्रशासन कार्यालयमार्फत सम्वन्धित जिल्लामा पठाइने नगरपालिकाले जनाएको छ । नगर प्रमुख सञ्जु पण्डितले घाइतेहरुको सिघ्र स्वास्थ्यलाभ र मृतकहरुप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् ।

बारा र पर्सामा आइतबार राति आएको आँधी, हुरीमा परेर २८ जननाको मृत्यु भएको छ भने ६ सय भन्दा धेरै घाइते भएका थिए । घटनामा ६ सय ६८ जना घाइते भएको मध्ये २ सय ८४ जना सोमबारै उपचारपछि घर फर्किएका थिए । गम्भीर घाइते ८ जनालाई भने नेपाली सेनाको हेलिकोप्टर र स्काई ट्रकमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS