दशै–तिहारमा सुरक्षा विषेश योजना, ११ क्युआरटि तयार

avi narayan kafle chief of nuwakot police sp

विदुर । नेपालीहरुको महान चार्डपर्व दशै–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नुवाकोट जिल्ला प्रहरी कार्यालयले विषेश सुरक्षा योजना लागु गरेको छ । कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै दशैं, तिहार र छठको लागि विशेष सुरक्षा प्रबन्ध मिलाएको बताएको हो ।

चाडपर्वलाई मध्यनजर राख्दै यसवर्षको दशैँतिहार सुरक्षा योजनालाई मजबुद पारिने पत्रकार सम्मेलनमा प्रहरी प्रमुख अवीनारायण काफ्ले बताए । दशै, तिहार र छठमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन प्रहरी सुरक्षा ब्यापाक परिचालन गरिएको छ, घर बन्द गरेर जाँदा प्रहरीलाई खबर गर्नु, र कुनै पनि शंकास्पद गतिविधि गरेको देखेमा नागरिकले प्रहरीलाई खबर गरिदिन अनुरोध गरेको छ ।

दशै–तिहार सुरक्षामा मोबाईल गस्ती २, मातहतबाट मोबाईल गस्ती ३, क्वीक रेस्पोन्स टिम (क्युआरटी) ११ मोटरसाइकल, पैदल गस्ती ३४, सादा पोसाक परिचालन १०, चेकिङ ८ स्थानहरुमा, सरप्राइज चेकिङ ४ र भिगरस चेकिङ १ परिचालन हुनेछ । त्यस्तै अवस्था हेरेर प्रहरीले मोटरसाइकल, मोटर र साइकल गस्ती गर्नेछ ।

कार्यालयले विदुर नगरपालिकाको शहरी क्षेत्रमा रहेको २४ सिसिटिभी क्यामेरामध्ये १८ वटा पुन:संचालनमा ल्याई सुरक्षा निगरानी गरिरहेको बताए । बाँकि सिसिटिभी क्यामेराहरुलाई पनि स्थानीयतह र संघ/सँस्थाको समन्वयमा छिट्टै नै संचालनमा ल्याईने जनाए ।

बैंकलगायत वित्तीय क्षेत्र भएको स्थानहरुका २४ सै घन्टा प्रशासन, प्रहरी, शसस्त्रको समन्वयमा सुरक्षागस्ती परिचालन गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने एवं जुवातास खेल्नेहरुलाई सख्त कारवाही गर्ने प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।

आज नै प्रहरी कार्यालयले जिल्लामा संचालनमा रहेका सार्वजनिक यातायात व्यवसायीहरुसहितको बैठकले तोकिएको भन्दा बढी भाडा लिएको पाईएमा तत्काल कारवाही गरिने निर्णय गरेको छ । चाडपर्वको समयमा सवारीसाधनको कृत्रिम अभाव सिर्जना गर्ने र यात्रुसँग बढी भाडा असुल्ने प्रवृत्तिलाई निरुत्साहित कारवाही गरिने बताए । त्यस्तै, ट्राफिक नियम उल्लंघन गरी यात्रु बढी राख्नेलाई पनि कारवाही गरिने जनाएको छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS