नुवाकोट

वडास्तरीय पूर्ण सरसफाई कार्यशाला गोष्ठी सम्पन्न

bidur 2 w-wash-cc program

विदुर । विदुर नगरपालिका वडा नम्बर २ मा वडास्तरीय पूर्ण सरसफाई कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा पूर्ण सरसफाईका सूचकहरु योजना तर्जुमा तथा व्यवस्थापन, चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित पानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, घरायसी तथा व्यक्तिगत सरसफाई र वातावरणीय सरसफाई सम्बन्धि जानकारी गराएको थियो ।

कार्मायक्रमा वडास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि वार्षिक कार्ययोजना पेश गरिएको थियो । विदुर नपा-२ को नमुना वस्तीको रुपमा जिल्ला प्रशासन कार्यालयका स्थान वरपरका ५० घर भएको वस्ती र नमुना विद्यालयको रुपमा भीमसेन मावि छनौट गरिएको विदुर नपा-२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिए ।

वडा नम्बर २ को वडास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अध्यक्षमा वीरेन्द्रकुमार शाही, संयोजकमा विन्दा श्रेष्ठ, सदस्यहरुमा सुनील श्रेष्ठ,  संगीता भण्डारी रावल, सुमनबाबु श्रेष्ठ,  निरकुमारी रेग्मी, दिवाकर शर्मा रिमाल, अप्सरा खतिवडा रहेका छन् । त्यस्तै, समन्वय समितिको फोकल पर्सनमा सुनील श्रेष्ठ रहेका छन् ।

वडास्तरीय अनुगमन समितिको संयोजकमा सुन्दरबहादुर रेग्मी, सदस्यहरुमा सरिता बानियाँ, गुप्तप्रसाद अधिकारी, देवनारायण चित्रकार, दिवाकरण शर्मा रिमाल र रुविना मल्ल रहेका छन् ।

नुवाकोटको ११ वडामा परियोजना कार्यक्रम रहेको जसमा नगरपालिका १ र दुई गाउँपालिका रहेको छ । विदुर नगरपालिका वडा नं १, २, ४ र ७, किस्पाङ्ग गाँउपालिका वडा नं २, ३ र ५ र लिखु गाँउपालिका वडा नं १, ४, ५ र ६ कार्यक्रमको कुल अनुमानित लागत रु. ८८ लाख ५३ हजार ८ सय ५० रहेको जिल्ला कार्यक्रम संयोजक निमेश बोगटीले जानकारी दिएको छ ।

परियोजनाका हरेक वडामा १ नमुना समुदाय र १ नमुना विद्यालय छनौट गरिने छ । नमुना समुदायमा रहेका प्रत्येक घर दुरीको जिपिएस लोकेसन, अडियो, भिडियो र तस्विर रेकर्ड गरि अनुगमन गरिने भएको छ ।

परियोजनामा पुनर्जागरण समाज नेपाल र डिकोन नेपालले  सहजीकरण गर्ने जनाएको छ ।

 


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS