वडालाई मदिरा निषेधित गरिँदै

no wine suryagadhi rural municipality

सुर्यगढी – स्थानीयस्तरमा सुर्यगढी गाँउपालिकाको वडा नम्बर १ मा सामाजिक विकृति विसंगति हटाउन र घरेलु हिंसा न्यूनीकरणका गतिविधि थालिएको छ ।

भोजभतेर भन्नेबित्तिकै मदिरा जोडिएर आउँछ । मदिरारहित शुभकार्यलाई खल्लो मान्छन् धेरैजसोले । तर सुर्यगढी गाँउपालिकाको वडा नम्बर १ लच्याङ, धोवीखोलाका आइतमान तामाङले आफ्नो छोराको ब्रतबन्धमा मदिरा प्रयोग नगरी मनाईने प्रतिबद्धता जनाएका छन् ।

शनिबार ईलाका प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा भएको नागरिक सुनुवाई कार्यक्रममा सुर्यगढी गाँउपालिका वडा नम्बर १ का वडाध्यक्ष ईमान सिंह तामाङले आफनो वडा सभ्य र सुसंस्कृत राख्नको लागि आफु सदैव तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा नेता पूर्णलाल श्रेष्ठले शान्तिपूर्ण एवम् सुरक्षित समाजको लागि मदिराजन्य पदार्थको प्रयोग नगर्न सल्लाह दिनुभएको छ ।कुनैपनि शुभकार्यमा मदिरा प्रयोग नगरी हर्सोल्लासपूर्वक मनाउनको लागि आग्रह गरिएको छ ।

ईलाका प्रहरी चोगदेका इन्चार्ज रामशरण कोइरालाले मदिराजन्यले विकृति विसंगति बढेको भन्दै मदिरा बिक्री वितरण र घरेलु मदिरामा पूर्ण रोक लगाउन पहल गरिने बताउनुभयो ।

के छ मदिरा नियन्त्रण तथा नियमन नीतिमा ?

  • नेपाल सरकार, स्थानीय निकाय र विकासका साझेदारहरूबाट हुने कार्यक्रममा मदिरा नियन्त्रणको विषयलाई समावेश गर्न प्रोत्साहन गरिने
  • सञ्चारमाध्यममा मदिराको विज्ञापन तथा समाचार सम्प्रेषणलाई निषेध गर्ने
  • चलचित्र, टेलिफिल्म, नाटकजस्ता मनोरञ्जनात्मक कार्यक्रममा मदिराको प्रवद्र्धन हुनेगरी अभिनय वा विज्ञापन गर्न नपाइने
  • सार्वजानिक स्थलमा मदिरा उत्पादन तथा  बिक्रीवितरण गर्न नपाइने
  • मदिरा उत्पादन तथा बिक्रीवितरण गर्न अनिवार्य रूपमा लाइसेन्स लिनुपर्ने
  • सार्वजनिक, शैक्षिक, पर्यटकीय, खेलकुद, मनोरञ्जन स्थलहरू, धार्मिक, पुरातात्विक, ऐतिहासिक स्थलहरू र सरकारले आवश्यक ठानेका अन्य स्थानहरूलाई मदिरा निषेधित क्षेत्र तोक्ने
  • गुणस्तरहीन मदिरा सेवनबाट उपभोक्तालाई पुगेको क्षतिको उत्पादकले क्षतिपूर्ति तिर्नुपर्ने
  • घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरणलाई निरुत्साहित गर्ने
  • मदिरा उत्पादन, विक्रीवितरण र उपभोगसम्बन्धी कानुन बनाउने

तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS