डबली खबर

गल्छी-रसुवागढीको नामकरण भृकुटी राजमार्ग राख्न माग

rasuwagadhi

रसुवा / गल्छीदेखि रसुवागढी क्षेत्रको सडकलाई भृकुटी राजमार्ग नाम राख्न रसुवावासीले आग्रह गरेका छन् ।

नेपालकी छोरी भृकृटीको घर माइत गर्ने मुख्यमार्ग नुवाकोट, केरुङहुँदै तिब्बत रहेको थियो । भृकुटीको तिब्बतका राजा स्रङ्चङगोम्बोबीच विवाह हुँदा जन्ती आएको गएको तथा घर माइती ओहोरदोहर रसुवाबाट भएको थियो ।

भृकुटी राष्ट्रिय विभूतिसमेत रहेकाले गल्छी–मैलुङ– स्याफ्रुबेंसी–रसुवागढी खण्डको सडकलाई भृकुटी राजमार्ग नामकरण गर्न प्रस्ताव गरिएको हो । उक्त राजमार्गको नाम ‘भृकुटी राजमार्ग’ राख्ने प्रस्तावमा जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्ट, सबै गाउँपालिका अध्यक्ष तथा रसुवा नागरिक समाज लगायतले समर्थन गरेको छ ।

भृकुटीले विवाहपछि दुलहीका रुपमा काठमाडौँको जीतपुर फेदी, नुवाकोट डाँडा, गेर्खुटार, बेत्रावती, कालिकास्थान, स्याफ्रुबेंसी, टिमुरे, रसुवागढी हुँदै जाने आउने र घरमाइती गर्ने गरेको इतिहास रहेको छ । नेपाल र तिब्बत व्यापार व्यवसायको शुरुआत गर्ने पहिलो व्यक्ति भृकुटी नै भएको पनि इतिहासमा रहेको छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS