२०८०, ६ चैत्र मंगलवार

विदुर नगरपालिकाको लकडाउन पालना सम्बन्धी अत्यन्त जरुरी सूचना

    कार्तिक ३० २०७५ १२:१६


bidur municipality lock in lock down dabalikhabar

सूचना‼ सूचना‼ सूचना‼

विदुर नगरपालिकाको लकडाउन पालना सम्बन्धी अत्यन्त जरुरी सूचना ।

विदुर नगरपालिका, कार्यपालिकाको ३८ औँ बैठकले कोरोना भाइसर (कोभिड–१९ को प्रकोपले निम्त्याउन सक्ने महामारीबाट बच्न तपशिल बमोजिमको कार्य गर्ने निर्णय गरिएको हुनाले सो सम्बन्धमा सबै नगरबासीहरुले अनिवार्य पालना गर्न गराउनु हुन अनुरोध गरिन्छ ।

तपशिल:

  1. अत्यावश्यक वस्तु खाद्यान्न, तरकारी तथा निर्माणजन्य सामाग्रीका पसलहरु बिहान ६:०० बजेदेखि बिहान १०:०० बजेसम्म मात्र सञ्चालन गर्न दिने । दुग्धजन्य पदार्थ ढुवानी गर्ने तथा डेरीहरुको हकमा उपरोक्त समयको अतिरिक्त बेलुका ५:०० बजेदेखि ७:०० बजेसम्म समेत सञ्चालन गर्न दिने ।
  2. नगरपालिकामा भित्रिने तथा पैठारी हुने कुखुरा, दाना र चल्लाको ढुवानीका साधनहरुलाई आगमनमा कुनै अवरोध नगर्ने ।
  3. यस जिल्लाभन्दा बाहिरबाट प्रवेश गरेका फलफुल तथा तरकारीको सवारी साधन यस नगरपालिकाभित्र पुर्ण रुपमा प्रवेश निषेध गर्ने ।
  4. विदुर नगरपालिका वडा नं. ५ देविघाट र गंगटेचोकमा छेकबार प्रयोग गरी नगर प्रहरी परिचालन गरी नगरभित्र भित्रने सवारी साधनको लगत संकलन गर्ने र विदुर नगरपालिका बाहिरबाट आएका खाद्यन्न तथा निर्माणजन्य सामाग्री ढुवानीका साधनहरु विहान ५:०० बजे देखि बेलुका ८:०० बजेसम्म मात्र यस नगरपालिका भित्र प्रवेश गर्न दिने र ढुवानीका साधनमा भएका सामाग्रीहरु अविलम्ब अनलोड गरी नगरपालिकाबाट बाहिर तुरुन्त निस्कनु पर्ने । यदी चालक वा सवारी साधन स्थानीयको भएको हकमा समेत सो व्यहोरा लागु हुने अन्यथाको हकमा नगरपालिकाको क्वारेन्टाइनमा बस्नुपर्ने र ढुवानीका साधन समेत नगरपालिकाको व्यवस्थापनमा पार्किङ गरी राख्नुपर्ने ।
  5. बेलुका ८:०० बजे देखि विहान ५:०० बजेसम्म यस नगरपालिका भित्र छिर्ने अनुमति प्राप्त एम्बुलेन्स बाहेकका सम्पुर्ण सवारी साधनहरुलाई नगर प्रवेशमा पुर्ण निषेध गर्ने ।
  6. आफ्नो घर छिमेक, टोलमा जिल्ला बाहिरबाट कोही व्यक्ति आएको जानकारी प्राप्त भएमा तत्काल नजिकको वडा कार्यालय, नगरपालिका वा प्रहरी कार्यालयमा सम्पर्क गर्नुहुन समेत अनुरोध गरिन्छ ।
  7. मर्निङ्ग वाक र इभिनिङ्ग वाकको बहानामा घरबाहिर निस्कने, अनावश्यक रुपमा हिँडडुल गर्ने जस्ता कार्य नगर्न/नगराउनुहुन र अत्यावश्यक काम बाहेक हिँडडुल गर्ने र सवारी साधन चलाउने कार्य नगर्नुहुन अनुरोध गरिन्छ ।

विदुर नगरपालिका
विदुर नगरकार्यपालिकाको कार्यालय

फोन: +९७७ ०१० ५६००६३/५६०४६९
फ्याक्स: +९७७ ०१० ५६००९१
इमेल: munbidur@gmail.com
वेवसाइट: www.bidurmun.gov.np

शिक्षा,संस्कृति, कृषि र पूर्वाधारको अभियान । दिगो व्यापारिक केन्द्र विदुरको स्वाभिमान ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top