डबली वार्ता

प्रतिष्ठान मेरो निजी घरभन्दा पनि प्यारो छ: विष्णुप्रसाद नेपाल

bishnu prasad nepal devighat nuwakot

अध्यक्ष / देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, नुवाकोट

संस्थालाई वृद्धाश्रम नभनी किन ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान भनिएको ?

वृद्धाहरू बोझ होइनन्, नयाँ पुस्तालाई नयाँनयाँ ज्ञान दिने गुरुहरू हुन् । वृद्ध भन्नासाथ केही नजान्ने, अशिक्षित भन्ने जुन भ्रम छ त्यसलाई क्रमशः हटाउँदै जानुपर्छ भन्ने हाम्रो विचार छ । हिजोका धेरै विद्वान् र वैज्ञानिक आज वृद्ध भएका छन् भने आजका युवा र शिक्षित वर्ग पनि एउटा निश्चित उमेर पार गरेपछि वृद्ध हुन्छन् । वृद्ध भए पनि उनीहरूले प्राप्त गरेको ज्ञान र सीप कहिल्यै पनि बूढो हुँदैन । ‘वृद्धाश्रम’मा ज्ञान र सीप भएका धेरै हुन्छन् र उनीहरूबाट सिक्नुपर्छ भनेर नै यसलाई अध्ययन प्रतिष्ठानको रूपमा विकास गर्ने योजना बनाइएको हो ।

निर्माण गर्दा कत्तिको दुःख र कष्ट झेल्नुप-यो ?

कुनै पनि राम्रो काम गर्न सहज त कहाँ हुन्छ र ? प्रतिष्ठान गठनमा सुरुदेखि नै अवरोधका प्रयास नभएका होइनन् । विद्वान् र दीर्घकालीन सोच भएका भनिएका साथीहरूले नै भाँजो हाल्ने प्रयास गरे । त्यसलाई सहजै चिर्दै र यथार्थ सार्वजनिक गर्दै आइयो र कसैले प्रश्न उठाउन नसक्ने गरी भवन निर्माण गरेर उद्घाटन गरियो । यसलाई मैले एउटा सानोतिनो युद्ध जितेकै रूपमा लिएको छु । भ्रष्टाचारको आरोपसमेत लाग्यो । आरोप लगाउने र आरोपितलाई एकै ठाउँमा उभ्याएर छानबिन गर्ने काम पनि सरकारीतर्फबाट भयो । त्यो परीक्षा पास भएपछि धेरै हौसला बढ्यो । राम्रैसँग भवन निर्माण पूरा गरियो । यो भवन निर्माणको क्रममा खरिद प्रक्रियामा सहभागी हुन नपाएपछि केही साथीले स्वार्थप्रेरित भएर आरोप लगाए, त्यसले उहाँहरूको सोच कस्तो रहेछ भन्ने पुष्टि गरिदियो । यो एउटा सामाजिक अभियान हो, यसको नेतृत्व गर्ने अवसर पाएँ र सबैको साथ र सहयोगले सफल भएँ ।

प्रतिष्ठानलाई कसरी दीर्घकालीन रूपमा सञ्चालन गर्दै हुनुहुन्छ त ?

अहिलेको समस्या नै यही हो । कुनै पनि व्यक्तिले इज्जत कमाउनुभन्दा पनि त्यसलाई टिकाउनु कठिन हुन्छ भनेको जस्तै यो वृद्धाश्रम बनाउनुभन्दा पनि यसलाई दीर्घकालसम्म सञ्चालन गर्नु कठिन छ । म र प्रतिष्ठानका पदाधिकारी सबै धेरै पुस्तासम्म पनि यो वृद्धाश्रम सञ्चालन होस् भन्ने चाहन्छाँै । प्रतिष्ठान दीर्घकालसम्म सञ्चालनका लागि सबैको सुझाब, सल्लाह र सहयोगअनुसार नीति निर्माण गर्नेछौँ ।

चाहना मात्रै कि योजना नै बनाउनुभएको छ ?

चाहना नभएसम्म योजना बन्दैन । यसलाई दीर्घकालीन रूपमा सञ्चालनका लागि कम्तीमा एक करोड रुपैयाँको अक्ष्ययकोष खडा गर्ने योजना बनाएका छौँ । केन्द्र, प्रदेश र स्थानीय सरकारलाई पनि बजेट व्यवस्था गर्न लबिङ गर्ने तथा दाता खोज्ने काम जारी राखेका छौँ । प्रतिष्ठानले नुवाकोटका स्थानीय तहलाई त पत्र नै पठाएर औपचारिक रूपमा आग्रह गरिसकेको छ । तसर्थ यसलाई दीर्घकालीन रूपमा टिकाउन सकिन्छ भन्ने आत्मविश्वास लिएका छौँ । हामी कार्यसमिति एकजुट भएको कारण जस्तोसुकै समस्याको समाधान सहज रूपमा हल गर्दै आइरहेका छौँ ।

तपाईं आफैं अब यो प्रतिष्ठानबाट कसरी बाहिर निस्कने भनेर दाउ हेरिरहनुभएको छ रे नि ?

म पूर्ण रूपमा यो प्रतिष्ठानबाट हट्ने भन्ने कुरा गलत हो । म प्रतिष्ठानको कार्यसमितिको अध्यक्षबाट त हट्नैपर्छ । सधैँ बस्ने भन्ने हुन्न । म प्रक्रिया पु¥याएर अध्यक्षबाट हटे पनि कार्यसमितिकै सदस्य बनेर यसलाई सञ्चालन गर्न अध्यक्ष भएको बेलाको भन्दा बढी खट्छु । यो प्रतिष्ठान मेरो निजी घरभन्दा पनि प्यारो छ । ममाथि धेरै आरोप र धम्की आउँदा पनि विचलित नभई यसलाई सम्पन्न गर्ने काम गरँे भने अब यसलाई यत्तिकै बेवारिसे बनाउने छैन । कार्यसमितिमा रहेका सबै साथीले यसलाई आफ्नै घर वा आफू पछि आउनैपर्ने घरको रूपमा लिएका छन् । आफू बस्नैपर्ने घरलाई पनि कसैले होला गर्छ र ?

सञ्चालन हुँदाको अवस्थामा को–को थिए कार्यसमितिमा ?

संस्था स्थापना भएर भवन निर्माणको चरणमा आउँदा केही विवादको कारण कार्यसमितिबाट केही साथी बिदा भए भने केहीले नयाँ जिम्मेवारीअनुसार आफूलाई अन्य काममा लगाउनुपर्दा बिदा भएका छन् । थपघट हुँदा केहीको जिम्मेवारी पनि परिवर्तन गरिएको छ । अध्यक्षलगायतका अधिकांश सदस्य पुरानै छन् । स्थापना हुँदाको चरणमा रहेको पुरानो कार्यसमितिमा अध्यक्ष विष्णुप्रसाद नेपाल, सचिव माधवकुमार गजुरेल, कोषाध्यक्ष मानबहादुर डङ्गोल, सदस्यहरूमा शिवप्रसाद गजुरेल, ठाकुरप्रसाद गजुरेल, गोविन्द चित्रकार, सुरथबहादुर चित्रकार, भरतप्रसाद पुडासैनी, आश्विनकुमार पुडासैनी, बद्रीलाल श्रेष्ठ, बिन्दा अर्याल, लीलानाथ न्यौपाने, हेमप्रसाद अधिकारी, ठाकुरप्रसाद पुडासैनी, नेत्रप्रसाद अधिकारी, भरतकाजी चित्रकार, चेतबहादुर श्रेष्ठ, कृष्णप्रकाश कार्की गोर्खाली, कमला बेल्वासे कोइराला, शिवसुन्दर पुडासैनी, तुलध्वज खतिवडा, विनोदप्रसाद दाहाल, केदारबहादुर कँडेल, रामहरि गजुरेल, इन्द्रप्रसाद अधिकारी, मदन चित्रकार, जयबहादुर लामा र कुलबहादुर खड्गी थिए ।

प्रतिष्ठान सञ्चालनमा आउँदाको समयमा निम्नअनुसार कार्यसमिति रहेका छन्– अध्यक्ष विष्णुप्रसाद नेपाल, उपाध्यक्ष बद्रीलाल श्रेष्ठ, सचिव हेमप्रसाद अधिकारी, कोषाध्यक्ष बिन्दा अर्याल र सहसचिव रामहरि गजुरेल । त्यस्तै, कार्यसमितिका सदस्यहरूमा शिवप्रसाद गजुरेल, ठाकुरप्रसाद गजुरेल, आश्विनकुमार पुडासैनी, गोविन्दलाल चित्रकार, सुरथबहादुर चित्रकार, लीलानाथ न्यौपाने, केदारबहादुर कँडेल, डम्बरकुमारी भट्ट, शम्भुप्रसाद शर्मा, गोपालमान श्रेष्ठ, ओमबहादुर अमात्य, कुवेरमान श्रेष्ठ, मदनलाल चित्रकार, भरतप्रसाद पुडासैनी, ठाकुरप्रसाद पुडासैनी, भरतकाजी चित्रकार, विनोदप्रसाद दाहाल, विष्णुप्रसाद सापकोटा, जयबहादुर लामा, तुलध्वज खतिवडा, बलराम अधिकारी, शिवप्रसाद (सुन्दर) पुडासैनी छन् ।

यस्तै, प्रतिष्ठानको सल्लाहकार संयोजकमा रामहरि रिमाल तथा सदस्यहरूमा बाबुराम अधिकारी, नेत्रकुमारी रिमाल, इला अर्याल, हरिलाल श्रेष्ठ, कृष्णप्रसाद शर्मा, चेतबहादुर श्रेष्ठ, रामकृष्ण भट्ट, केशव अर्याल, कुलबहादुर खड्गी, मुकुन्द दाहाल, रामप्रसाद गजुरेल, ईश्वरमान श्रेष्ठ, मीनकुमार खतिवडा, केशव थापा, टंकप्रसाद न्यौपाने र वसन्त अधिकारी छन् ।

अहिले वृद्धाश्रममा कतिजनाले आश्रय लिइरहेका छन् ?

अहिले वृद्धाश्रममा दशजना वृद्धवृद्धाले आश्रय लिइरहनुभएको छ । आश्रय लिनेहरूमा रामबहादुर बस्न्यात, बुद्धिलाल चित्रकार, कृष्णबहादुर श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, हिमबहादुर श्रेष्ठ, कृष्णप्रसाद पुडासैनी, चेतनाथ अगस्थी, बलबहादुर तामाङ, गोमाकुमारी पुडासैनी र खेमराज पाण्डे हुनुहुन्छ । प्रतिष्ठानका अनुसार रामप्रसाद दाहाल, बाबुराम नेपाल र रामप्रसाद पुडासैनी गरी तीनजना कर्मचारी कार्यरत छन् । (त्रिशुलीप्रवाह)


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS