नुवाकोट

माथिल्लो त्रिशूली थ्रि ‘ए’को परीक्षण सफल

Featrued Image Thumbnail Picture 800x600

किस्पाङ/नुवाकोटको किस्पाङ गाउँपालिकामा विद्युत गृह रहेको माथिल्लो त्रिशूली थ्रि ‘ए’ आयोजनाको उत्पादन परीक्षण सफल भएको छ ।

रसुवामा बाँध बाँधेर नुवाकोटको साविक मनकामनामा विद्युत गृह रहेको ६० मेगावाट क्षमताको आयोजनाले परीक्षण सफल भएको छ । उत्पादन परीक्षण सफल भएसँगै आयोजनाबाट ६० मेगावाट विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ ।

परीक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत् गृहमा रहेको टर्वाइनमा खसालेर त्यसबाट जेनेरेट, कन्ट्रोल प्यानललगायतका उपकरणहरु डिजाइनअनुसार चलेर नचलेको हेरिएको आयोजनाले जनाएको छ । यसरी परीक्षण गर्दा सबै उपकरणले काम गरेको र अव विद्युत उत्पादनको लागि तयार रहेको आयोजनाको दावी छ । अब सुरुङमा रहेको पानी खाली गरेर त्यहाँ चुहावट भए÷नभएको हेरेपछि पानी खाली गर्न र भर्न ५,६ दिन लाग्ने र यसबीचमा अन्य कामहरु पनि समानान्तर रुपमा अगाडि बढाउँदा आयोजनाले वैशाख भित्रै पहिलो युनिट विद्युत उत्पादन थाल्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)सँग ठेक्का सम्झौता भएको थियो ।

रसुवा र नुवाकोटमा निर्माण भइरहेको आयोजनाबाट ३० मेगावाट (पहिलो युनिट) विद्युत् मंगलबारबाट उत्पादनको लक्ष्य राखिएको थियो । तर, आयोजननाका संरचना तथा त्यहाँ रहेका उपकरणहरुको परीक्षणमा समय लागेकाले व्यावसायिक रुपमा विद्युत् उत्पादन केही ढिलाइ भएको आयोजनाले जनाएको छ ।

आयोजनाको दोस्रो युनिट (३० मेगावाट)को असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माणको कामसमेत सकिएको छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS