सूचना‼ सूचना‼ सूचना‼
- विश्वब्यापी रुपमा देखिएको कोरोना संक्रमण तथा यसबाट हुन सक्ने मृत्युको जोखिम नुवाकोट जिल्लामा पनि उच्च भएकोले विदेशबाट आएका तथा नुवाकोट जिल्ला बाहिरबाट आएका सवै व्यक्तिलाई आफ्नै घरभित्र, अनिवार्य रुपमा अलग्गै कोठामा वा स्थानिय तहको क्वारनटाइन घर (Quarantine Home) मा बस्न सूचित गरिएको छ । यस सम्बन्धि नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञाको पूर्ण पालना गर्न सूचित गरिन्छ ।
- ज्वरो आएमा, खोकि लागेमा तथा श्वास फेर्न कठिनाई भएमा स्वास्थ्यकर्मी वा सुरक्षाकर्मीलाइ फोनबाट खबर गरौं । यस्ता बिरामीलाइ मास्क लगाई अलग्गै कोठामा राखौं ।
- बाहिरबाट नुवाकोट जिल्लामा आउनु भएका ब्यक्तिको स्वास्थ्य निगरानी गरौं ।
- कोरोना संक्रमण सार्ने मुख्य माध्यम हात भएकोले निरन्तर सावुन पानीले हात धोऔ । हातले नाक, आँखा तथा मुखमा नछोऔ ।
- खोक्दा र हाँछ्यु गर्दा नाक र मुख छोपौं ।
- कोरोना संक्रमणको लक्षण देखिएमा तथा विदेशबाट आएको ब्यक्ति भएमा डा. अमित कुमार श्रेष्ठ ९८४३७४२४१५ वा जनार्दन सिलवाल ९८५१२०६३४८ सँग सम्पर्क राख्नुहोस् ।
यस सूचनालाई उल्लङ्घन गरेमा कानुन अनुसार कडा कारवाही हुनेछ ।
घरमै बस्नुहोस आफ्नो र अरुको ज्यान बचाउन सहयोग गर्नुहोस् ।
जिल्ला स्वास्थ्य कार्यालय
नुवाकोट
प्रकाशित: २०७६ चैत्र २० गते