बाल यौन हिंसा र सडक सुरक्षा सम्बन्धी सचेतनामुलक

road safety child sex awareness

विदुर । समुदाय प्रहरी साझेदारी अन्तर्गत सोमबार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त आयोजनामा बाल यौन हिंसा र सडक सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ ।

विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको भैरवी एकेडेमीमा कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरु तथा शिक्षकशिक्षिकालाई बाल यौन ट्राफिक चिन्ह सूचक, ट्राफिक नियम, सडक दुर्घटना न्यूनीकरण लगायतको सडक सुरक्षा र बाल यौन हिंसा, लागूऔषध सम्बन्धी जानकारी गराएको छ । कार्यक्रममा बाल यौन हिंसा र सडक सुरक्षा सम्बन्धी बिभिन्न चेतनामुलक सामग्री र जानकारीहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराईले र जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्र.ना.नि. कुलबहादुर कुँबरले सहजीकरण गरेका थिए।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS