विज्ञान प्रदर्शनी दुई हजारभन्दा बढीले हेरे

nuwakot science exhibition 2076

विदुर – बट्टारस्थित सुभेनियर बोर्डिङ स्कूल र नुवाकोट विज्ञान क्लबको संयुक्त आयोजना भएकाे बृहत् विज्ञान प्रदर्शनीमा दुई हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

विद्यालय परिसरमा विद्यार्थीद्वारा निर्मित विज्ञान सामग्रीको एकदिने प्रदर्शनी १८ विद्यालयका विद्यार्थीहरु, शिक्षकशिक्षिका र अभिभावकहरूले अवलोकन गरेका छन् ।

प्रदर्शनीमा प्रयोगात्मक शिक्षण सिकाइको अवधारणा अनुरुप विद्यार्थीहरुको प्रत्यक्ष संलग्नतामा निर्मित आकर्षक ड्रोन, लाईन फ्लोईङ, मोबाईल कन्ट्रोल कार, रिमोट कन्ट्रोल कार, स्मार्टसिटी, स्वचालित धारा र बिजुली आपूर्ति, सुरक्षा संयन्त्र, खेती किसान र घरमा आवश्यक विभिन्न सामग्री लगायतका ४५ वटा स्टलमा विज्ञान सामग्रीहरु प्रदर्शनमा राखिएको थियो ।

विज्ञान प्रदर्शनीमा हाईड्रोपावर स्टलका कक्षा ७ मा अध्यनरत छात्रा शुभेच्छा बोगटीले सिद्धान्त सँगसँगै प्राक्टिकल ज्ञान र सिप पनि बरोबर रुपमा अभ्यास गर्दै सिक्न प्रेरित गरेको बताउनुभयो ।

विज्ञान प्रदर्शनीका अवलोकनकर्ता कल्याणकारी विद्या मन्दिरका सक्षम श्रेष्ठले विद्यार्थीको क्षमता विकासलाई मध्यनजर गर्दै क्षमतामूलक विज्ञान प्रदर्शनीले आफूलाई हौसला प्रदान गरेको बताउनुभयो ।

प्रदर्शनीमा राखिएका मध्ये रिमोट कन्ट्रोल कार, मोबाईल कन्ट्रोल कार, क्विज बक्स, सर्किट गेम,  स्वचालित धारा र बिजुली आपूर्ति दर्शकले निकै मन पराएको विद्यालयका प्रध्यानापक ताराबहादुर कार्कीले बताउनुभयो ।

प्रदर्शनीमा नुवाकोट विज्ञान क्लबको सहकार्यमा विद्यालयमा अध्ययनरत कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुको १० दिने कार्यशालाबाट उक्त विज्ञान सामग्री तयार भएको क्लबका अध्यक्ष नरेश्वर पाण्डेले बताउनुभयो । पाण्डे विद्यालयका पूर्व विद्यार्थी हुन् ।

कार्यक्रम अवलोकनका क्रममा प्रदेश नं. ३ प्याब्सनका केन्द्रिय सदस्य ठाकुर पुडासैनीले विज्ञान प्रदर्शनीले विद्यार्थीमा उत्पन्न हुने विज्ञान सम्बन्धी जिज्ञासालाई केही हदसम्म मेटाएको बताउनुभयो ।

एक्काइसौँ शताब्दी विज्ञानको युग भएकाले त्यससम्बन्धी दक्षता हासिल गर्न विद्यार्थी सक्षम बनून् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको विज्ञान शिक्षक काजी खानले बताउनुभयो ।

प्रदर्शनीको विद्यालय व्यवस्थापनक अध्यक्ष भुवन राजभण्डारीले उद्घाटन गरेका थिए । प्रदर्शनीमा विदुर नगरपालिकाक उपमेयर गीता कुमारी दाहाल, नगर शिक्षा प्रमुख दिवाकर चापागाईं, प्रहरी प्रमुख अवी काफ्ले लगायतले अवलोकन गरेका थिए ।

atm machine showing a boy in science exhibition hydropower explanation in science exhibition visitor students watching a science exhibition remote car control in science exhibition


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS