गुल्मी

रिडिका तीन विद्यालयहरु गाभिने

school merge nepal education

रिडि – रुरु प्राथमिक, रिडि माध्यमिक र संस्कृत तथा साधारण माध्यमिक विद्यालय एकै विद्यालयमा गाभिने भएको छ।

रुरु गाँउपालिका वडा नं. १ को शिक्षा समितिद्वारा विद्यालय गाभिनेको बिषयमा आव्हान गरिएकोमा सर्वपक्षिय भेलाले यस्तो निर्णय गरेको हो । गाभिएसँगै जिल्लाकै नमुना विद्यालयको रुपमा सञ्चालन गरिने निर्णय भएको छ।

भेलाले रुरु प्रावि र रिडि माविलाई मात्र गाभिने बिषयमा केन्द्रित भएतापनि अधिकांशले दुईवटा विद्यालय मात्र गाभिने उपयुक्त ठहर नभएको भन्दै तीनवटै विद्यालयलाई गाभिने सर्वपक्षिय रुपमा समितिबाट निर्णय गरेको हो ।

समितिले विद्यालय गाभिने सर्वपक्षिय निर्णयलाई गाउँपालिकामा सिफारिस गरिने छ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS