गण्डकी प्रदेश

ट्राफिक प्रहरी कार्यालय भवन शिलान्यास

Traffice Police Office Pokhara

पोखरा/जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको नवनिर्मित भवनको आज शिलान्यास गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र प्रदेश नं ४ प्रहरी प्रमुख दानसिंह बोहोराले भवनको संयुक्तरुपमा शिलान्यास गर्नुभयो ।

पोखरा लेखनाथ महानगरपालिका–९ स्थित ८–६–३–२ क्षेत्रफलमा कूल रु एक करोड ६० लाखको लागतमा भवन निर्माण गर्न लागिएको हो ।

शिलान्यास समारोहमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई सुन्दर र व्यवस्थित शहर बनाउनका लागि ट्राफिक व्यवस्थापन अपरिहार्य भएको बताउँदै यसको प्रभावकारिताका लागि निर्माणाधीन भवन उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नं ४ प्रहरी प्रमुख प्रनामनि दानसिंह बोहोराले भवन निर्माणसँगै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो ।

भवन निर्माण समितिका अध्यक्ष दिलीपराज श्रेष्ठले निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो । (रासस)


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS