नुवाकोट

नुवाकोट महोत्सव: ६३ जनाले एचआईभी परिक्षण गराए

free hiv test and health camp nuwakot mahotsav 2076

विदुर – विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा जारी छैठौं नुवाकोट महोत्सवमा ६३ जनाले एचआईभी परिक्षणले गरेका छन् ।

त्रिशुली प्लसद्वारा नि:शुल्क एचआईभी परीक्षणमा महिला बढी रहेको त्रिशुली प्लसका अहेव पार्वती अधिकारीले जानकारी दिए । जसमा ४५ महिला र १८ पुरुषले आफुलाई एचआईभी भए नभएको रगत परीक्षण गराएको छ।

शिविरमा ३४९ जनाले नि:शुल्क स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा नि:शुल्क औषधि वितरण गरेको छ  ।

१०९ जनाले साधारण तथा मोतिविन्दु आँखा परिक्षण गराएका छन् । मोतिविन्दु भएकालाई जिल्ला सामुदायिक आँखा केन्द्रमा थप उपचारको लागि सिफारिस गरिएको छ ।

विदुर नगरपालिकाको स्वास्थ्य चौकी ईकाइ, नेपाल रेडक्रस, त्रिशुली प्लस, जिल्ला सामुदायिक आँखा केन्द्र, सुआहारा र विपी स्मृति सामुदायिक सहकारी अस्पतालले संयुक्त रुपमा राखेको स्वास्थ्य शिविर राखेको हो ।

नुवाकोट महोत्सवभर नि:शुल्क स्वास्थ्य उपचारको सुविधा रहेको छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS