जीवनशैली

प्लास्टिकका बोरा सदुपयोग गर्दै होमबहादुर

विदुर । “बुढेसकालमा केहि नगरी बस्न मन नलाग्ने, सुतेर बस्नुभन्दा अलिअलि काम त गर्नै पर्‍यो”, उमेरले ६९ लागेका विदुर नगरपालिका वडा नम्बर १ बान्द्रेका होमबहादुर श्रेष्ठले भवन निर्माणमा प्रयोग भएका सिमेन्टिका बोरालाई सदुपयोग गर्दै जीविकोपार्जन गर्दैछन् ।

पुरानो घर गेर्खु रहेपनि हाल बान्द्रेमा बस्दै आईरहेका होमबहादुरले खेर जाने सिमेन्टिका बोराहरुको सदुपयोग पनि हुन्छ, धेरै दुःख गर्नु पनि पर्दैन, थोरै लगानी र मेहनतमा ज्यादै राम्रा राम्रा बरियो, दाम्लो, नाम्लो, नाम्लोको पातो, डोरी तयार हुने उनी सुनाउँछन् । उनी भन्छन् –”बुनेका सामग्रीहरु बेच्छु अनि ढिडो खान दही किन्छु” ।

दाम्लो, नाम्लो, डोरी, बरियो तयार पारेर उनले स्थानीय बजारमा बिक्रि वितरण गर्दछन् भने “कोहिकोही ग्राहकहरु घरैमा आएर किनेर लाने गर्ने बताउँछन्” होमबहादुर ।

“पहिले पहिले बुहारी माईतीबाट घरमा आउँदा गुन्द्री, दाम्लो, बरियो जस्ता सामग्री समेत बोकेर आएको देखिन्थ्यो । धान काटेपछी सबैको घर/आँगन  र पारिलो ठाउँमा बाबियाँको डोरी बाटीओरी तान हालेर मानिसहरु पार तापेर परालको गुन्द्री बुन्दै गरेका दृश्यहरु देख्न पाईन्थ्यो, तर अहिले त्यो दृश्य बिरलै देख्न पाईन्छ ।”

परम्परागत हिसाबले गुन्द्री, दाम्लो, बरियो, चकटी बुन्दा समय, परिश्रम धेरै लाग्ने, महँगो पर्ने हुनाले पनि ती सामानहरु बुन्ने प्रचलनमा कमी आएको श्रेष्ठले बताए । “बुन्नको लागि पराल, खोस्टाको कमिले पनि कमि आएको हो ।”

अर्कोतिर बजारमा पाईने प्रविधिले हलुका र चिटिक्क परेका गुन्द्रीको साटो गलैँचा, दाम्लोको साटो सिक्री लगायत परम्परागत रुपमा बुनिने सामग्रीको विकल्पमा आजभोलि सस्तो, राम्रा र छ्याप्छ्याप्ती पाईने भएपछी ती सामानहरु बुन्ने टन्टो तिर ध्यान जान छोडेको श्रेष्ठले बताए ।

“गएको वर्ष छोरीले घर बनाएको थियो । छोरीले सिमेन्टका बोरा त्यहिँबाट ल्याईदियो ।”, “कहिल्यकाँही बोरा किन्नु पर्ने बाहेक केही अरु लगानी नहुने” श्रेष्ठको भनाई छ ।

होमबहादुर चार दाजुभाई छोराहरु, तीन छोरीहरु बुवा रहेका ६९ वर्षको उमेरमा पनि उक्तिकै फुतिलो र जाँगरिलो देखिन्छन् । कहिलेकाँही आफै खाना पकाएर खाने गरेको बताउँछन् । उनीबाट उद्यमी बन्न धेरै प्रेरणा लिन सकिन्छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS