मनोरञ्जन

किरणबाबुको “समय” चर्चामा

samay singer kiran sanjeebani new lok song nepal dabalikhabar

लोकप्रिय गायक किरणवावु पुनको नयाँ गीत “समय” अहिले चर्चाको क्रममा छ । डि.जे शैलीका गीतको माहोल वढिरहेको वेला मेलोडियस गीत प्रस्तुत गरेर आफ्नो लोकप्रियताको स्थानलाई अझ उच्च पारेका छन ।

भारतीय चर्चित गायिका सञ्जिवनी र किरणवावु पुनको स्वरमा रहेको गीतमा लय तथा शव्द संकलन स्वयं गायक तथा सर्जक किरणवावु पुनको नै रहेको छ ।


कृष्ण फिल्मस् नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियो पछिल्लो समयमा धेरैले राम्रो भनेर सामाजिक सञ्जालतीर प्रतिक्रिया दिएका छन । अहिलेसम्म १३ लाखभन्दा बढीले हेरिसकेको उक्त गितमा १८ सय लाइक र २ सय १४ प्रतिक्रिया रहेको छ ।

भिडियोको निर्देशन वावुराजा केसी उज्ज्वलले गरेका हुन । प्रेम थापा र शुशिला थापाको जिवन्त र ऐतिहासिक अभिनय रहेको भिडियोको सम्पादन नविन घर्तीमगरले गरेका हुन ।

समयले माया पिरतीमा कोल्टो फेर्दा वाँचेर पनी मरिरहेको, जुगौं सम्म वाटो कुरेर बस्दा पनी सम्झेर नआएका कुराहरु गीतका शव्दमा छन भने दृश्यले पनी त्यहि कुरालाई छर्लङ्ग पारेको छ ।

गायक पुनको यो भन्दा पहिले तिम्रै लागि मर्न वाँकि छ, क्षितिजपारी उनको वस्तिमा, म पुजा गर्छु मायाको, जुनताराको गाउँमा लगायत सयौं दोहोरी गीतहरु वजारमा आएर चर्चा वटुलिसकेका छन ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS