मनोरञ्जन

“मेरो देश” राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक

singer subiindra kc mero desh music video released

गायक सुविन्द्र केसीको “मेरो देश” राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

“आरोहण” एल्बममा रहेको डा. नवराज लम्सालको शब्दमा “मेरो देश” गीतमा संगीतकार टिका भण्डारीको सङ्गीत र हरिशरण सायमीको सङ्गीत संयोजन रहेको छ ।

विन्ध्यवासिनी म्युजिक प्रा.लि. को प्रस्तुती रहेको देशभक्ति भावनाले भरिएको राष्ट्रिय गीतमा “आमा म त मेरो देशको गीत गाउँदै हिड्छु”, “देशको जीवन मेरो पौरख” शब्दहरुले गीतमा सुन्दरता दिएको छ ।

भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् । यस्तै, म्युजिक भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

गीतमा स्वयम्भुनाथ, पशुपतिनाथ लगायत नेपालका विभिन्न धार्मिक एवम् पर्यटकीय क्षेत्रको दृश्यहरुलाई कैद गरको छ । भिडियोमा रहेको भेष–भुषा, रहनसहन र सांस्कृतिकले नेपाली पहिचानलाई झल्काइरहेका छन् ।

गत असारमा सार्वजनिक गरेको एल्बम गायक रामकृष्ण ढकालले सार्वजनिक गरेका थिए ।

हेर्नुहोस्, राष्ट्रिय भावना ओतप्रोत सुन्दर गीतः


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS