कृषि

नुवाकोट महोत्सव : एउटा खुकुरीको मूल्य १ लाख

nepal first weighted khukuri showing man in 6th nuwakot mahotsav 2076

विदुर – बिहिबारदेखि सुरु भएको छैठौ नुवाकोट महोत्सवमा जिल्लाका १२ वटै पालिकाको पहिचान झल्काउने कृषि उपजका उत्पादन, कला, संस्कृती प्रदर्शनमा राखिएको छ ।

स्टल नम्बर १२ मा राखिएको लिखु गाउँपालिकाका तुलबहादुर बिकले बनाएको खुकुरीको रु १ लाख रहेको छ ।

दश किलो तौल भएको खुकुरीको लम्बाई करिब ३.९२ फिट रहेको छ । खुकुरी महोत्सवको विशेष आकर्षणको रुप रहेको छ । नुवाकोटकै अहिलसम्मकै ठुलो खुकुरी भएको तुलबहादुर दावी गर्छन् । खुकुरी बनाउन तीन दिन लागेको बताए । आरन व्यवसायलाई छोराले पनि साथ दिएकोमा खुशी छन् ६२ वर्षीय तुलबहादुर ।

खुकुरीमा नुवाकोट लिखु गाउँपालिका-२ लेखिएको छ ।

तुलबहादुर पेशाले आरन प्रशिक्षक समेत हुन् । उनले नुवाकोट लगायत अन्य जिल्लामा समेत तालिम दिईसकेका छन् ।

आरन उत्पादित सामग्रीहरुको स्थानीय बजारको रहेको बताउँछन । तर आरनलाई आवश्यक कोईलाको भने कमि रहेकाले पुस्तान्तरमा पनि कमि भएको बताए ।

गत जेष्ठमा भृकुटीमण्डपमा ३० औं राष्ट्रिय लघु, घरेलु, तथा साना औद्योगिक प्रदर्शनी २०७६ मा मन बहादुर शिर्पालीले आफैंले बनाएको विश्वकै ठूलो खुकुरी प्रर्दशनीमा राखेको थियो। जसको तौल ४२ केजी रहेको छ भने मूल्य १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको थियो । शिर्पालीले ११ दिन लगाएर बनाएको ८ फिट लामो खुकुरीमा ३० केजी फलाम र १२ केजीको दाप प्रयोग गरिएको छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS