जीवनशैली

पुरुष सौन्दर्य प्रतियोगिताः विजेतालाई रु एक लाख

Mr Nepal Content

काठमाडौँ / सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको जुम इन इभेन्टस् नामक संस्थाले म्यान अफ द नेपालको विजेतालाई ताजसहित रु एक लाख पुरस्कारको घोषणा गरेको छ ।

मंगलबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा सोही प्रतियोगितामा संयोजक विमल परियारले दोस्रो र तेस्रोलाई क्रमशः रु ५० हजार र रु २५ हजारको पुरस्कार व्यवस्था गरिएको जानकारी
दिनुभयो ।

विजेताले फिलिपिन्समा हुने म्यान अफ द वल्र्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने व्यवस्था गरिएको छ । प्रतियोगितामा १८ देखि ३० वर्षसम्मका युवक सहभागी गराइनेछ भने देशका विभिन्न शहरबाट अधिकतम प्रतियोगीलाई सहभागी गराउनका लागि कार्यक्रमको महत्वलाई प्रचारप्रसार गरिएको छ ।

सौन्दर्यताका लागि आवश्यक विभिन्न चरण पूरा गरेपछि प्रतियोगितामा छनोट गर्दै उनीहरुलाई माथिल्लो तहको तालीम दिइने छ । धरान, विराटनगर, चितवन, बुटवलबाट प्रतियोगी छनोटका कार्य भइरहेको छ भने काठमाडौँमा यही वैशाख ३१ गते छनोट गरिने आयोजकले जनाएका छन् ।

देशका विभिन्न स्थानबाट छनोट भएर आएका प्रतियोगीमध्ये उत्कृष्ट छनोट गर्न आगामी असार १ गते अन्तिम चरणको प्रतिस्पर्धा काठमाडौँमा गराइनेछ । (रासस)


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS