नेपाल

सुन प्रतितोला ८०० ले बढ्यो

पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको आठ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार दुई सय रुपैयाँ निर्धारण गरेको छ । आइतबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको सुन सोमबार र मङ्गलबार ७१ हजार चार सय रुपैयाँमा कारोवार भएको थियो ।

महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार नौ सय रुपैयाँ निर्धारण गरेको छ । आइतबार ७१ हजार तीन सय रुपैयाँमा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मङ्गलबार प्रतितोला ७१ हजार एक सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार र मङ्गलबार प्रतितोला ८ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको चाँदीको मूल्य बुधबार प्रतितोला ८ सय ६५ रुपैयाँ पुगेको छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS