काठमाडौँ

सामाजिक सुरक्षा कोषको वार्षिकोत्सवमा गीत सार्वजनिक
सामाजिक सुरक्षा कोष के हो ? यसले के काम गर्छ ?

social security fund nepal song

काठमाडौं – सामाजिक सुरक्षा कोषको पहिलो वार्षिकोत्सबको अवसरमा बिहिबार सामाजिक सुरक्षा गीत सार्वजनिक भएको छ ।

गीतमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको रचना रहेको छ । गायक सन्तोष लामा र गायिका मिना निरौलाको स्वर रहेको छ । गीतमा हरि लम्सालले सङ्गीत रहेको छ ।

नेपाल सरकारले श्रमिकको हितका लागि सामाजिक सुरक्षा कोषको प्रभावकारी रहेको गीतमा प्रस्ट्याएको छ ।

सामाजिक सुरक्षा कोषमा पहिलो वर्ष १८ करोड १३ लाख योगदान रकम संकलन भएको छ । ६९ जिल्लालाई समेटिएका कोषमा १० हजार ४७७ रोजगारदाता र १ लाख १५ हजार ६०६ श्रमिक सूचीकृत भएका छन् ।

ठूला रोजगारदाताका ३० हजार श्रमिक कोषमा सूचीकृत भएका छन् । सबैभन्दा बढी गरुड सेक्युरिटिजका ९ हजार ८८२ श्रमिक सूचीकृत भएका छन् । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सका ४ हजार १६३, जिफोरएस सेक्युरिटिजका ३ हजार ७९८, जिफोर्स सेक्युरिटिजका २ हजार ७८३ श्रमिक सूचीकृत भएका छन् । साथै इन्फोटेक सर्भिसेजका २ हजार ३३१, सिजी फुड्सका १ हजार ७६८, त्रिवेणी स्पेनिङका १ हजार ६६७, जगदम्बा स्टिल्सका १ हजार ४९२, किरण सुजका १ हजार ४८८ र नोबेल मेडिकल कलेजका १ हजार १९९ श्रमिक सूचीकृत भएका छन् ।

सामाजिक सुरक्षा कोष नियमावली

सामाजिक सुरक्षा कोष के हो ?

सामाजिक सुरक्षा योजना भनेको सामाजिक सुरक्षा कोष अन्तर्गत सञ्चालन हुने सञ्चय कोष जस्तै एउटा छुट्टै कोष हो । यस कोषमा औपचारीक तथा अनौपचारीक क्षेत्रमा आफ्नो श्रम बेचिरहेका श्रमिकहरु आवद्ध हुन्छन् । यस कोषमा काम गर्ने श्रमिक र काम दिने रोजगार दाताले हरेक महिना आफ्नो खातामा रकम जम्मा गर्छन् ।

उक्त खातामा श्रमिकले आफ्नो मासिक आम्दानीको ११ प्रतिशत रकम यस कोषमा जम्मा गर्नुपर्ने हुन्छ । यस कोषले पनि सञ्चय कोषले जस्तै बिभिन्न सेवा उपलब्ध गराउँछ । श्रमिकको योगदानमा आधारीत सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदान कर्तालाई सामाजिक सुरक्षा प्रदान गर्न सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यसको सुभारम्भ गरे ।

नेपाल सरकारले सामाजिक सुरक्षा कोष नियमावली, २०६७ बमोजिम कोषको स्थापना गरेको थियो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तर्जुमा भई कार्यन्वयनमा आएपश्चात हाल सोही ऐन बमोजिम कोषले कार्य सञ्चालन गरिरहेको छ । योगदानमा आधारीत सामाजिक सुरक्षाका योजना तर्जुमा तथा कार्यन्वयन गरी सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु सामाजिक सुरक्षा कोषको उद्देश्य हो ।

औपचारीक तथा अनौपचारीक रुपमा योगदान पुर्याउँदै आएका श्रमिकहरु सामाजिक सुरक्षा कोषमा सहभागी हुन पाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कोषमा सहभागी भएका श्रमिकले योजनामा व्यवस्था गरेअनुरुपका सुविधाहरु पाउनेछन् । उक्त सुविधा प्राप्त गर्न श्रमिक र रोजगारदाता दुवैले नियमित रुपमा कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ । मासिक रुपमा श्रमिकले प्राप्त गर्ने पारिश्रमिकको ११ प्रतिशत र सोही अनुरुप रोजगारदाताले २० प्रतिशतको दरले कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत ४ वटा सुविधाहरुको व्यवस्था छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना र अशक्तता सुरक्षाको सुविधा, आश्रित परिवार सुरक्षाको सुविधा तथा बृद्धावस्था सुरक्षाको सुविधा । यी सुविधाहरुलाई कार्यन्वयनमा ल्याउने काम सामाजिक सुरक्षा कोषले गर्दछ ।

अर्थात् कोषमा आवद्द कुनै पनि श्रमिकको दुर्घटना भएमा कोषले त्यसको उपचार गर्छ, दुर्घटनामा श्रमिकको मृत्यु भएको खण्डमा कोषले आश्रित परिवारलाई सुरक्षा दिन्छ । त्यस्तै कोषले पेन्सनको ब्यबस्था पनि गरेको छ । हालसम्म सरकारी कर्मचारीले मात्र पेन्सन प्राप्त गर्दै आएकोमा अब कोषमा आवद्द हुने जो कोहिले पनि १८ बर्ष काम गरेपछि यहि कोष बाट पेन्सन पाउन सक्ने छन् ।

सामाजिक सुरक्षा योजना आवद्ध हुनको लागि यहाँ क्लिक गर्नुहोला ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS