NCCI 6th Nuwakot Mahotsav 2076

दामन घटनाप्रति होटल तथा पर्यटन व्यवसायी संघद्वारा दुःख व्यक्त

काठमाडौं – गत माघ ७ गते दामनमा ज्यान गुमाएका होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशले दु:ख व्यक्त गरेको छ ।

संघका अध्यक्ष सन्तोष उप्रेती र महासचिव दामोदर नेपालद्वारा जारी विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली सहित शोक सन्तृप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेका छन् । मकवानपुर जिल्लाको  थाहा नगरपालिका-४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानारोमा रिसोर्टमा माघ ७ गते भएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ ‘घटनाका सम्बन्धमा सम्बन्धित निकायबाट भएका प्रारम्भिक अनुसन्धान र स्वयं रिसोर्ट सञ्चालक तथा कर्मचारीकातर्फबाट प्राप्त जानकारीका आधारमा उक्त घटना केवल मानवीय त्रृटिका कारण घटन पुगेको देखिएकाले हामी यस क्षेत्रमा संलग्न सम्पूर्ण होटल तथा पर्यटन व्यवसायीहरुलाई यस घटनाले अझ थप सचेत र बढी जिम्मेवार बनाएको हामीले महसुस गरेका छौँ ।’

विज्ञप्तिमा ‘नेपाल भ्रमण वर्ष सन् २०२० को सुरुवातमा यस्तो घटना घट्नुले संसारभरबाट नेपाल भ्रमणमा आउन चाहाने पर्यटकहरुमा समेत नकारात्म संदेश प्रवाह हुन सक्ने हुदा त्यस प्रकारको नकारात्म सन्देश नजाओस भन्नका लागि र नेपाल भ्रमण वर्ष २०२० लाई सफलतापूर्वक सम्पन्न गर्नका साथै आगामी वर्षहरुमा समेत पर्यटकहरुको निरन्तर आगम बढाउनको लागि हामी पर्यटन क्षेत्रमा आवद्ध होटल तथा पर्यटन व्यवसायीहरु चनाखो हुनु आवश्यक छ ।’ भनिएको छ ।

Dr S Jaishankar tweet indian tourist died 2020 nepal

भारतीय विदेश मन्त्री एश जयशंकरको ट्वीटरबाट

त्यस्तै, भारतीय विदेश मन्त्री एश जयशंकरले मकवानपुरको दामनको रिसोर्टमा आफ्ना ८ पर्यटक नागरिकको मृत्यु भएको घटनाबारे दु:ख व्यक्त गरेका छन् । जयशंकरले ट्वीटर मार्फत नेपालमा ८ भारतीय नागरिकको मृत्यु भएको समाचारले मर्माहत भएको बताएका छन् । काठमाडौंस्थित हाम्रो दूतावासले घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको छ।

मृत्यु हुनेहरु भारतीय पर्यटकहरुलाई ७ गते बिहान अचेत अवस्थामा भेटिएका थिए । उनीहरूलाई हेलिकप्टरमा काठमाडौं ल्याइएकोमा मृत्यु भएको थियो। मृतकहरू भारत केरलाका थिए । मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभि, ७ वर्षीया अर्चना, ५ वर्षीय वैशनव र ९ वर्षीया बन्द्रा रहेका छन् ।

होटलका अनुसार जाडो मौसमको समय साँझ ग्याँस हिटर बालेर सुतेकै कारण चार बालिबालिकासहित दुई दम्पतीको निसास्सिएर मृत्यु भएको थियो


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS