कोभिड-१९

सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका २ हजार ५ सय ६ जनाको सूची सार्वजनिक, नुवाकोटका ४०

bepatta aayog nepal

विदुर – बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले नुवाकोट जिल्लाबाट सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका ४० जनाको नाम प्रकाशित गरेको छ ।

युद्धविराम भएपछि तत्कालीन विद्रोही नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा आएको १३ वर्षपछि मात्रै बेपत्ता पारिएका व्यक्तिहरूको सूचि सार्वजनिक गरेको हो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले विस्तृत छानबिनका लागि २ हजार ५ सय ६ वटा उजुरलाई छनौट गरेको छ। छनौट गरिएका उजुरीहरूको विस्तृत छानबिन थालिने आयोगका प्रवक्ता तथा सह-सचिव ईश्वरीप्रसाद ढकालले जानकारी दिए।

आयोगका अनुसार  बर्दियामा २ सय ५४ जना, दाङमा १ सय २८ जना, रोल्पामा ९८ जना, कञ्चनपुरमा ७७ जना र चितवनमा ५१ जनाका आफन्तले उजुरी दिएका छन्। माओवादी जनयुद्धको थालनी नभएको जिल्ला रुकुममा ४५ जना, गोरखामा ४० जनाका आफन्तले बेपत्ता पारिएका आफ्ना आफन्तको खोजी गरिदिन माग गर्दै आयोगमा उजुरी दिएका थिए।

आयोगमा कूल ३ हजार १९७ वटा उजुरी परेको थियो। त्यसमध्ये केही उजुरी सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेर दोहोरो लगत कट्टा गरिएको र तामेलीमा रहेका उजुरी हटाएर २ हजार ५०६ उजुरीलाई भने विस्तृत अनुसन्धानका लागि आयोगले छनोट गरेको हो।

आयोगका प्रवक्ता ढकालले राज्य र विद्रोही पक्षबाट ती व्यक्तिहरूलाई बेपत्ता पारेको भन्दै उजरी परेको बताए। उजुरीमा उनीहरूको खोजीका लागि माग गरिएको छ। यससँगै वेपत्ता पार्न संलग्नहरूलाई छानबिन गरी कारबाहीको लागि माग गरेका छन्।

सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका २ हजार ५ सय ६ जनाको सूची


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS