मुख्य खबर

हराएको सामग्री सामाजिक सञ्जालमार्फत फेला

विदुर – सामाजिक सञ्जाल मार्फत् आज हराएको सामग्री फेला परेको छ ।

नुवाकोट जिल्ला साविकको खानीगाउँ वडा नम्बर ४ रहेको सुमन लामिछानेको गत फाल्गुण ११ गते हराएको पर्स र अन्य महत्वपूर्ण कागजातहरु सवारीचालक अनुमतिपत्र, बिलबुक गंगटे हुदै ढिकुरे आउने क्रममा सामारी निवासी प्रताप तामाङले फेला पारेका थिए ।

तामाङले उक्त फेला पारेको सामग्री कोहिले पनि लिन नआएपछि पत्रकार शक्तिमाया तामाङलाई बुधबार दिएका थिए ।  पर्समा नगद भने नभएको अवस्थामा फेला परेको थियो ।

शक्तिमायाले उक्त सामग्रीहरुको तस्विर र विवरणसहित फेसबुक मार्फत शेयर गरेकी थिईन ।

सामाजिक सञ्जालमा पोस्ट गरेको दुईदिन पछि सम्बन्धित व्यक्ति र आफन्त सम्पर्कमा आएर आज लामिछानेका भिनाजु गुरु गाेविन्द न्याैपानेले बुझेका छन् ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS