समताको कसिमा औद्योगिक प्रतिष्ठान र नुवाकोट

Uday Ranamagar

विभिन्न देशको अर्थतन्त्रको विकासको मेरुदण्ड भनेको औद्योगिक विकास नै हुन्छ । आर्थिक विकासको आधारस्तभको रुपमा औद्योगिक प्रतिष्ठानहरु रहन्छ । यसको स्थापना र यसले सिर्जना गर्ने रोजगारी तथा उत्पादनले देशको समृद्धि हासिल हुन्छ । नेपालमा यस्तो महत्वपूर्ण प्रतिस्ठानहरुको भौगोलिक वितरणको अवस्था समतामुलक ढंगले हुन सकेको छैन । केन्द्रीय तथ्याङ्क विभागले भर्खरै मात्र औद्योगिक गणनाको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनको केही नतिजालाई अवलोकन गर्दा नेपालमा सन्चालित साना ठूला प्रकारका आर्थिक केन्द्रहरुको सख्या ९२३,३५६ रहेको देखिन्छ । यो सख्या प्रति १००० जनामा ३१.६ प्रतिस्ठान हुनआउछ । अन्य देशको अवस्थासंग तुलना गरेर हेर्दा जापानमा ५.८ मिलियन प्रतिष्ठान रहेको र त्यसमा ४५.४, इण्डोनेसियामा २६.७ मिलियन भएकोमा १०४.६, श्रीलंकामा १ मिलियन भएकोमा ५०.३ प्रतिष्ठान पर्ने देखिन्छ । नेपालमा भएका ती प्रतिष्ठानहरुमा ३२,२८,४५७ जनाले रोजगारी पाएका छन् भने त्यस मध्ये पुरुष ६२.२, र महिला ३७.७ प्रतिशत मात्र छ अर्थात १५० पुरुषले प्रतिष्ठानमा काम पाउदा १०० मात्र महिलाले काम पाएको देखिन्छ । जपानमा १२५.७, इण्डोनेसियामा १८३.९, श्रीलंकामा १५४ तथा कम्वोडियामा ६३.४ रहेको छ । नेपालमा प्रति प्रतिष्ठान संलग्न औसत कामदारको संख्या ३.५, रहेको छ । यो अवस्थाले नेपाल विश्वको अन्य देशको तुलना कमजोर रहेको छ भन्ने देखिन्छ । तथापि समग्र अर्थतन्त्रको सूचकहरु सुधारउन्मुख नै रहेको र आर्थिक बृद्धि समेत यस आ.वमा ७.२ पुगेको सन्दर्भमा नेपाल सम्वृद्धिको दिशामा अग्रसर छ भन्न सकिन्छ । तथापि नेपालको सविधानले परिकल्पना गरेको सघीय संरचना अनुसार गठित प्रदेश तथा जिल्लास्थरमा रहेका औद्योगिक प्रतिस्ठानहरुको वितरणको अवस्था भने सन्तोषजनक छैन ।

प्रदेश अनुसार सवैभन्दा बढी प्रतिष्ठान हुने प्रदेश नं ३ मा २८२,९२० रहेकोछ, दोस्रोमा प्रदेश नं १ मा १६८५१८, तेस्रोमा प्रदेश नं ५ मा १४७,७८९, चौथोैमा प्रदेश नं २ मा १,१७,६७०, पाचौमा गण्डकी प्रदेशमा १,००,६८४ छैटौमा सुदुरपश्चिमान्चलमा ६२,९६८ छ भने सवैभन्दा कम कर्णाली प्रदेशमा जम्मा ४२,८०७ मात्र प्रतिष्ठान रहेको पाइन्छ । जिल्लागत रुपमा प्रतिष्ठानको वितरणको अवस्थालाई हेर्दा सवैभन्दा बढी राजधानी काठमाण्डौमा नै छ । राजधानीमा जम्मा प्रतिष्ठानको संख्या १,२५०४७, रहेको छ । दोस्रोमा झापामा ३८,७८९ अर्थात ४.२ प्रतिशत, रुपन्देहीमा ३८,४०३ अर्थात ४.२ प्रतिशत मोरङमा ३५,२४७ अर्थात ३.८ प्रतिशत र सुनसरीमा ३१,५३६ अर्थात ३.४ प्रतिशत छ र सवैभन्दा कम आर्थिक केन्द्र हुने जिल्लामा मनाङ परेको छ जस्मा ४८७ अर्थात ०.१ प्रतिशत मात्र रहेको छ । रोजगार केन्द्रको रुपमा रहेको यस्ता प्रतिष्ठानमा संलग्न जनशक्तिको हिसावमा पनि काठमाण्डौ जिल्ला नै अग्रपंतिमा रहेको छ । यहा रहेको प्रतिष्ठानमा सम्लग्न जनशक्तिको सख्या ५,७५,००३ रहेको छ । सवैभन्दा कम जनशक्ति भएको जिल्लामा मनाङमा २,३७५ मात्र छ । प्रतिष्ठानमा संलग्न जनशक्तिको लिङ्ग अनुपात (प्रति १०० महिलामा पुरुषको संख्या) मा बारा जिल्लामा ३०१.९ छ भने मुगु जिल्लामा ९०.२ मात्र रहेको छ । प्रतिष्ठान घनत्व (प्रति वर्ग किलोमिटर) काठमाण्डौ जिल्लामा ३१३.९ छ भने डोल्पा जिल्लामा ०.११ छ । सवैभन्दा बढी ललितपुर जिल्लामा प्रति प्रतिष्ठान संलग्न औसत जनशक्ति संख्या ५.२ छ भने सवैभन्दा कम अर्घाखाँचीमा २.३ जना छ । यसरी आर्थिक समृद्धिको महत्वपूर्ण सूचक उद्योग तथा प्रतिष्ठानको जिल्लास्तरिय वितरणमा समता कायम हुन सकेको छैन । जसको कारणले गर्दा समाजमा सम्पन्न र विपन्न वीचमा खाडलाई पुर्न सकिएको छैन र आर्थिक प्रतिष्ठानहरुको वितरणमा आशातित रुपमा समानता कायम हुन सकिएको छैन । चाहे त्यो जिल्लागत रुपमा होस चाहे प्रदेशस्तरिय । यसको मुल कारकतत्व भनेको नेपालले अगाल्न थालेको पूजीवादी अर्थव्यवस्था हो भन्ने वर्गको पनि भ्वाइस उच्च हुन थालेको छ । उनीहरुको भनाईलाई आधारमान्दा पूजीवादी अर्थव्यवस्थाले पूजीमाथिको एकाधिकार पूजीपतिबर्गको नै रहने र जोसंग पूजी छ उसले लगानी गर्छ र लगानीबाट प्रतिफल प्राप्त गर्ने हुदा समाजमा पूजीमा कम पहुच हुनेहरु झन् गरिव हुदै जाने भएकोले समाजमा हुदा खाने र हुने खाने वीचको खाडल बढ्दै जान्छ भन्ने छ । नेपालमा पनि आर्थिक असमानता छ भन्ने कुरा जिनि कोफिसेन्ट ०.३१ रहेकोबाट र प्रदेशस्तरीय तथा जिल्लास्थरिय औद्योगिक प्रतिस्ठानको वितरणको अवस्थाबाट स्पस्ट देख्न सकिन्छ । यसको लागि वितरण प्रणालीलाई जिल्ला स्तरमा र प्रदेशस्तरमा समेत समातामुलक बनाउन आवश्यक छ ।

employee statistics nuwakot trishuli dabalikhabar tws

७७ जिल्लाहरुको लिस्टमा नुवाकोट जिल्लाको आर्थिक गतिविधिलाई हेर्दा सन्तोषजनक भने पाइदैन । करिव ३ लाखको जनसंख्याको भारी बोकेको यो जिल्लामा विभिन्न प्रकृतिजन्य औद्योगिक प्रतिस्ठानहरु ८,७९४ रहेका छन् । यि प्रतिष्ठानहरुले जिल्लामा ३०,१२९ जनालाई रोजगारी दिएको छ भने बाँकी युवा बेरोजगार छन् । यो जिल्लामा भएको ७५२ वटा कृषिजन्य प्रतिष्ठानमा २,६५८ जनाले रोजगारी पाएको छन् । २१ वटा उद्योगजन्य प्रतिस्ठानमा ३८३ जनाले, उत्पादनमुलक प्रतिस्ठान ११९६ मा ५०९६ जनाले रोजगारी पाएका छन् । जिल्लामा होलसेलजन्य प्रतिष्ठान ३६८७ रहेको र यसले ७३७६ जनालाई रोजगारी दिएको छ । खाद्यन्यजन्य १२४२ प्रतिष्ठानले २८७८ जनालाई रोजगारी दिएको छ । वित्तिय सस्था २६५ रहेको र यसले १४९४ जनाले रोजगारी दिएको छ । शिक्षासंग सम्वन्धित ५६७ प्रतिष्ठान रहेकोमा यसले ५३५२ जनालाई रोजगारी दिदै आएको छ । यसको साथै यस जिल्लामा विद्युतजन्य तथा ग्याससंग सम्वन्धित प्रतिष्ठान १२, पानीजन्य २५, निर्माणजन्य २२ वटा, सामाजिक क्षेत्रसंग सम्वन्धित २४७, कला र मनोरन्जन २६, प्रोफेसनल ५३, प्रशासनिक सहयोग १६, यातायातसंग सम्वन्धित २३, सुचना तथा सन्चारसंग सम्वन्धित १६ र अन्य ६२४ रहेका छन् र यी उद्योगहरुले पनि केही सख्याका जनशक्तिलाई रोजगारी उपलव्ध गराएको छ । यो तथ्यलाई अन्य जिल्लासंग तुलना गरेर हेर्ने हो भने अवस्था निराशाजनक देखिन्छ । राजधानीसंगै पौठेजोरी गर्दै आर्थिक गतिविधिलाई अगाडि बढाउनुपर्ने यो जिल्लाको अवस्था काठमाडौ जिल्लासंग तुलना गर्न योग्य नै छैन । काठमाडौ जिल्लामा १,२५,०४७ प्रतिष्ठानहरु छन् यो नेपालमा रहेको कुल प्रतिष्ठानको १३.५ प्रतिशत हो भने नुवाकोट जिल्लाको अवस्था १ प्रतिशत भन्दा पनि कम छ । यो अवस्थाले आर्थिक गतिविधिको क्षेत्रमा पछाडि परेको स्पस्ट रुपमा देख्न सकिन्छ । अर्थशास्त्रको सिद्धान्तले आधार मान्ने हो भने पनि काठमाण्डौ आर्थिक गतिविधिले सम्पन्न भएपछि वरपरको जिल्लामा विस्तार हुनुपर्ने हो । यो सिद्धान्त समेत यस जिल्लाको सवालमा लागू नभएको जस्तो देखिन्छ । जिल्लालाई चीनको स्वशासित क्षेत्र तिव्वतको केरुङ नाका जोड्ने मुख्य मार्ग निर्माण पश्चात भविष्यमा आर्थिक गतिविधि बढ्छ भन्ने आशावादी बन्ने भन्दा बाहेक बर्तमानमा सन्तोष गर्ने पक्ष देखिदैन । ठूला उद्योगधन्दा स्थापना हुने भन्दा पनि साना त्यसमा पनि व्यापारिक प्रकृतिका प्रतिष्ठानको बाहूल्यता रहेको कारण प्रयाप्त मात्रामा रोजगारीको सिर्जना हुन सकेको छैन । राजधानी नजिक हुदा जिल्लामा रहेको लगानीकर्ता काठमाडौ लगायतका जिल्लामा पलायन हुने गरेको हुदा जिल्लामा आर्थिक हिसावले कमजोर बर्गको मात्र बसोवास रहेकोले आर्थिक गतिविधि अगाडि बढ्न नसकेको भन्ने कुरा स्पस्ट नै हुन्छ । राजनीतिज्ञहरुले नुवाकोटलाई राजनीतिक थलो मात्र बनाउने र बसोवास चाही काठमाडौलाई बनाउदा यो जिल्लामा पर्याप्त मात्रामा ध्यान जान नसकेको तितो यथार्थलाई स्वीकार्नु पर्ने हुन्छ । राज्यमा रहेको तीन वटै सरकारः सघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका नेतृत्व गर्ने राजनीतिककर्मिहरुको बसोवास जिल्लामा कमै हुन्छ । यसले गर्दा जिल्लाको बारेमा सोच्ने र आर्थिक गतिविधि बढाउने कार्यमा जिल्ला पछाडि परेको भन्ने बर्गको मत भारी छ । जिल्लामा लगानीको बातावरण बनाउनको लागि आवश्यक पूर्वाधार निर्माण गर्ने कार्यमा यो जिल्ला अझै पछाडि छ । राजधानी जोड्ने ३ वटा बाटाहरु निर्माणको नाममा बर्षौदेखि यात्रु हिड्न समेत नसक्ने गरी भत्काइएको छ । राजनैतिकमा सहमति र सहकार्यको सस्कार नहुदा जिल्लामा लगानीकर्ताहरु आउन सशंकित हुने गरेको छ । यो अवस्थालाई चिर्नको लागि अवका दिनहरुमा नुवाकोटलाई औद्योगिक कोरिडोरको रुपमा विकास गरी चीनसंगको कनेक्टीभिटी बढाउन सकेको खण्डमा आर्थिक गतिविधिहरु बढ्न जाने र रोजगारीको समेत पर्याप्त मात्रामा सिर्जना भई जनताको जिवनस्तर उठाउन सहयोग पुग्दछ ।

भनिन्छ, समाजमा गरिबी सबैखाले समृद्धिको बाधक तत्व हो भने समृद्धि सबैखाले समस्याको साझा निदानको उपाय हो । जिल्लामा रोजगारीको सिर्जना पर्याप्त मात्रामा नहुदा सरकारी तथा दाता निकायबाट प्राप्त सहयोगको समेत उचित प्रयोग हुन सकेको छैन । यसको कारक तत्व भनेको सरकार, निजी क्षेत्र र गैससमा बढ्दो अनुशासनबिनाको स्वतन्त्रता, दायित्व बिनाको अधिकार र योग्यताबिनाको आकांक्षा राख्ने प्रवृत्ति नै हो । नेपालले अंगालेको आर्थिक उदारीकरण नीतिलाई आर्थिक समृद्धिको लागि महत्वपुर्ण औजारका रूपमा लिइएको र यसैको माध्यमवाट समृद्धिका यात्रा तय गर्ने लक्ष्य लिएको छ । त्यसको लागि आर्थिक उदारीकरण नीतिले सिर्जना गरेको अवसरको पूर्णरूपमा उपयोग गर्नका निम्ति यसको जोखिमहरूलाई न्यून गर्नुपर्छ । यसको लागि नुवाकोटका राजनीतिक नेतृत्वले मिलेर काम गर्ने र विगतका गल्तीबाट सिक्ने हो भने चुनौतीको सामना गर्न कठिन छैन तर दुर्भाग्य यस्तो सम्भावना कम देखिन्छ । यसका लागि जिल्लाको नेतृत्व गर्ने बर्गहरुमा आर्थिक विकासका पाटाहरुमा साझा बनाउने सस्कारको विकास गर्न आवश्यक हुन्छ । त्यसको लागि राजनीतिज्ञ, स्थानीय नेतृत्व, गैरसरकारी सस्था तथा सवै सचेत नागरिकको महत्वपूर्ण भूमिका हुन्छ । उक्त भूमिकालाई आत्मासाथ गर्दै जिल्लामा औद्योगिक विकासको निमित्त सवै सरोकारवालहरु वीच हातेमालो गर्ने सस्कारको विकास गर्न सकेको खण्डमा औद्योगिक विकास भई जिल्लावासीको जिवनस्तरमा सुधार हुने देखिन्छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS