नुवाकोट जिल्लामा लघुउद्यमी र अवस्थाः गीता थापा

geeta dhakal nuwakot laghu udhyam

पृष्ठभुमिः

नुवाकोट जिल्लामा लघु उद्यमशिलता विकासको इतिहास पुरानो नै भएतापनि औपचारिकता पाउन धेरै ढिला भएको छ । लघुउद्यमीको पहिचान बनाउनका लागि विभिन्न दातृनिकाय को सहयोगमा संचालित विभिन्न परियोजनाको महत्वपुर्ण भुमिका रहेको छ । हाल नेपाल सरकारद्वारा संचलित गरिवी न्युनिकरणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत् लघुउद्यमीको पहिचान निर्माण तथा उद्यम विकासका लागि उद्यम विकास खाका तयारपारि औपचारिक रुपमा स्वामित्व ग्रहण गरि हाल घरेलु तथा साना उद्योग विकास समिति मार्फत प्रदेश सरकारद्वारा परियोजना वार्षिक रुपमा परियोजना संचालन गरिरहेको छ । सोहि कार्यक्रमलाई स्थानितह तथा जिल्लामा क्रियाशिल विभिन्न परियोजनाद्वारा यस्ता किसिमका उद्योगको विकासमा योगदान गरिरहेका छन् । यसको अर्थ अबका दिनमा यस्ता उद्योगको विकास र प्रवर्द्धनका लागि विभिन्न परियोजना, दातृ निकाय तथा नेपाल सरकार लागि परेको प्रष्ट हुन्छ ।

women entrepreneur nuwakot status-report

परिचयः

लघुउद्यम हुनका लागि निम्न परिधिमा रहेको उद्योग व्यवसाय हुनुपर्दछ ।

  • घर जग्गा बाहेकस्थिर सम्पतिमा बढिमा रु.५ लाख रुपैयाँसम्म लगानी भएको उद्योगहरु ।
  • बार्षिक उत्पादन क्षमता रु.५० लाख भन्दा कम भएको ।
  • उद्यमी सहित ९ जना सम्म कामदार रहेको ।
  • नेपाल सरकारको नियमानुसार तालिम लिएका उद्योगहरु निशुल्क दर्ता हुने ।
  • धुम्रपान तथा मध्यपान जन्य उद्योग लघु उद्यमको परिभाषामा पर्दैनन् ।

लघु उद्यमी र महिला उद्यमीबिचको सम्वन्धः

हाल नेपालको आयमा विप्रेषण प्रमुख आयस्रोत भएको कारणले पनि सहज रुपमा अनुमान गर्न सकिन्छकि ग्रामिण पुरुषहरु वैदेशिक रोजागारीमा छन् भने महिलाले नै ग्रामिण गतिविधिमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु गर्ने अवस्था छ । यस्तो अवस्थामा ग्रामिण रुपमा संचालनमा रहेका स–साना उद्योग तथा व्यवसायमा महिलाहरु स्वरोजगार बन्ने तथा छरछिमेकिलाई समेत सानो रोजगारी दिन सकेको अवस्था छ । “घ” वर्गका वित्तिय संस्थाद्वारा ग्रामिण महिलालाई विना धितोमा संस्थाको प्रकृतिहेरी तिन लाखसम्म र धितोमा १० लाखसम्म ऋण प्रदान गर्ने भएको कारण ग्रामिण महिला आत्मर्निभर हुन तथा छोराछोरीको शिक्षादिक्षाको लागि आर्थिक जगेर्ना गर्न लघु महिला उद्यमशिलताले ठुलो सहयोग गरेको छ । तथापि यस ऋणको व्याज चर्को भएकोकारण महिलाहरुलाई असहज भएको अवस्था छ । लघु उद्यमीहरु जिल्लामा ४८०० रहनुभएको छ भने सो संख्याको ७० प्रतिशत महिला रहनु भएको छ ।

बैंक तथा वित्तिय संस्था सँग लघु उद्यमिका अपेक्षाः

  • स–सानो उद्योग व्यवसायलाई पनि विना धितो परियोजना तथा व्यवसाय धितो राखेर व्यवसायिक ऋण प्रदान ।
  • सरकारद्वारा प्रदान गरिने महिला लक्षित ब्याज अनुदान कार्यक्रममा लघु उद्यमि महिलालाई आवश्यक सहजिकरण र समावेश ।
  • कृषि क्षेत्रमा रहेका साना व्यवसाय लक्षित कार्यक्रम संचालन तथा सरकारी सहुलियत प्रदानमा प्राथमिकता ।
  • महिला लक्षित बित्तिय सेवाको प्रभावकारी प्रचार प्रसार तथा बजारीकरण ।
  • ग्रामिण सहकारीको माध्यमवाट महिला लक्षित थोक कर्जा प्रवाहमा बैंकहरुको सहयोग ।
  • व्यवसायको प्रकृतिहेरी किस्ता दर र समय निर्धारण ।

व्यवसायि महिलाका लागि चुनौतिः

  • व्यवसायिक वातावरण तयार नबन्नु ।
  • महिलालाई हेर्ने सामाजिक नजर कमजोर रहनु तथा पितृसतात्मक समाजको जरा अझपनि कायम रहनु ।
  • व्यवसायिक महिलालाई वित्तिय संस्था द्धारा विस्वास नगर्नु ।
  • आफनो नाममा रहेको धितोको लागि समेत विस्वास नगर्नु ।
  • उत्पादित वस्तुको व्रान्डिङ तथा बजारीकरणमा समस्या ।

व्यवसायी महिलाका लागि अवसरः

  • सरकारी तथा परियोजनाद्वारा उद्यमशिल महिला लक्षित कार्यक्रम कार्यन्वयन ।
  • महिला व्यवसायिका लागि सरकार द्धारा ऋणमा व्याज अनुदान कार्यक्रम कार्यान्वयन ।
  • व्यवसाय दर्ता, नविकरण तथा संचालनमा सरकारी निति महिला मैत्रि रहनु ।
  • पारिवारिक निर्णय प्रक्रियामा महिला सहभागिता वृद्धि ।
  • सरोकार राख्ने निकायमा महिला सहभागिता वृद्धि जसले महिलाका समस्यामा वढि ध्यान दिने वातावरण वन्ने ।

निष्कर्ष

सरकारी निति तथा व्यवहार महिला मैत्रि भएको तथा धेरै महिला घरभित्रको कामबाट बाहिर निस्कन खोजेको वर्तमान अवस्थामा सेवा व्यवसायमा महिलाको सहभागिता उच्च रहेको छ । हाल लघु उद्यमशिलतामा महिला उद्यमिको प्रवेश स्वागत योग्य छ । सरोकारवाला निकायबाट प्राप्त हुने आत्मिय साथ र सहयोगले नै यस्ता महिला उद्यमिको विकासमा ठुलो योग्दान पुग्ने छ भने अर्थतन्त्रको विकासमा समेत यस्ता उद्योग व्यवसाय सहयोगि वन्ने छन् । महिला माथि निर्भर वन्दैगरेको सामाजिक परिवेश समेत पुर्ण रुपमा संचालनका लागि महिला व्यवसाय विकास अनिवार्य शर्त रहन्छ । हरेक व्यवसाय संचालनका लागि आवस्यक पूँजीको निर्माणमा बैंक तथा वित्तिय संस्थाको भुमिका महत्वपूर्ण रहने छ । गरिएको लगानीको प्रतिफल प्राप्त गर्नका लागि सरकारी सहयोग तथा व्यवसायि स्वयं अनुसाशित बन्नुको विकल्प रहन्दैन । त्यसकारण प्राप्त गरेको ऋणको सदुपयोग गदै साँवा र व्याज रकम समयमा फिर्ता गर्ने परिपाटि व्यवसायीमा पनि हुनुपर्दछ भने महिला व्यवसायिका समस्यामा कागजपत्रको तगारो निर्माण गरि प्रक्रियात्मक झण्झट निर्माण गर्ने बैंक तथा वित्तिय संस्थाको परिपाटिमा सुधारको आवश्यकता रहेको छ । यति गर्न सकेको खण्डमा महिला उद्यमशिलता विकास कसैले चाहँदैमा नरोकिने निश्चित छ ।

लेखक: जिल्ला लघुउद्यमि संघका अध्यक्ष हुनुहुन्छ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS