विचार/विश्‍लेषण

नुवाकोट महोत्सवलाई जात्रा होइन महोत्सव बनाऔं

ठाकुर पुडासैनी

नुवाकोट जिल्लाको बट्टार बजारमा नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा छैठौं नुवाकोट महोत्सव जारी रहेको छ । कुल रु.३ करोड भन्दा बढी रकम कारोबार हुने अनुमानित आँकडा पनि प्रस्तुत गरिएको छ। स्थानीय उत्पादन र कला संस्कृतिका अतिरिक्त राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादनको बिक्रि तथा राष्ट्रिय कलाकारको प्रस्तुतीबाट नुवाकोटे जनताले भरपूर मनोरञ्जन लिने आयोजकको अपेक्षा रहेको बुझिन्छ ।

महोत्सवबाट कसरी नुवाकोटले बढी लाभलिने भन्ने तर्फ सोचौं।

महोत्सवमा पुर्व राष्ट्रपति, पूर्व मन्त्री एवं वर्तमान र पूर्व माननीयहरुको स्वागत सम्मानमा आयोजकहरुको दौडधुप पनि हेर्न लायक कै देखिन्छ।पहिलेका, अहिलेका र हुनेवाला मन्त्री माननीय ज्युहरु मञ्चमा नुवाकोटको समृद्धमा अर्को पक्ष बाधक रहेको चर्का भाषण गरेर थाकेका छैनन् । आयोजकलाई महोत्सव सक्नासाथ हिसाब किताब कसरी मिलाउने भन्ने पिरलो होला।

के यति र यति मात्र होला त महोत्सव गर्नुको अर्थ? अवश्य होइन । वास्तवमा महोत्सव प्राचीनकालिन हाटबजारको आधनिकताको स्वरुप हो। आफ्ना उत्पादनलाई बजारीकरण गर्नु नै यसको मुल उद्येश्य हो। यध्यपी यसको स्वरुपमा भने अहिले व्यापक परिवर्तन आएको छ। नुवाकोटमा जारी महोत्सवको मुल ध्येय पनि यही नै रहेको छ होला । तर नुवाकोट महोत्सव छैठौं पटक नियाल्दा समेत मैले भने देविघाटको “बैशाखी जात्रा” भन्दा फरक पाइन। अधिकांश आयानति सामान बिक्री हुने। जात्रा सकिए पछि स्थानीयसंग भएका सुका मोहर पनि अन्यत्र पग्ने । महोत्सवलाई हामीले मेला वा जात्रा भन्दा फरक अथवमा बुझ्नु आवश्यक छ।

महोत्सवले नुवाकोटे जनतालाई आवश्यक रुपमा लाभ भएको छ कि हानी भएको छ भन्ने विषयमा यथाथव अध्ययन हुनु जरुरी छ। नुवाकोट उद्योग वाणिज्य संघले त्यसको वास्तविक छानविन गरेर यथार्त विवरण बाहिर ल्याउन सकेमा यसले महोत्सवबाट वास्तविक नाफा वा घाटा के भएको रहेछ भन्ने यथार्तता थाहा पाउन सकिन्छ। निम्न आधारहरुले महोत्सबको मुल्याङ्कन हुनु जरुरी छ ।

महोत्सवको मुख्य लक्ष्य स्थानीय रुपमा उत्पादन गररएका वस्तु वा सेवाको बजारीकरण गर्नु हो। जिल्लाका कुना कुनामा उत्पादन भएका वस्तु र सेवालाई महोत्सवमा प्रदर्शन गराई ती वस्तु वा सेवा कसरी जिल्ला भित्र र बाहिरका मानिसहरुलाई बिक्री गर्न सकिन्छ भन्नेमा यथेस्ट ध्यान दिनु पर्दछ। महोत्सवको स्थलगत अवलोकन गर्दा आयोजकको ध्यान पुग्न गएको देखिदैन । स्थानीयवस्तु भन्दा आयातित वस्तुहरुको बाहुल्यता अत्यधिक रहेको देखिन्छ। यसले गर्दा नुवाकोटको उत्पादन बिक्रीबाट प्राप्त हुने आय भन्दा बाहिरबाट आयातित वस्तु र सेवाको खरिदमा हुने खर्च बढी हुन गई व्यापार घाटा हुन जान्छ। त्यसैले सरोकारवाला र सम्बन्धितहरुले महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनीलाई विशेश महत्त्व दिई आयातित वस्तु वा सेवा बिक्रीमा कोटा निर्धारण गर्नु वान्छनीय देखिन्छ । स्थानीय बजारमा उपलब्ध सामानहरु प्रदर्शनीस्थलमा राख्न दिनु उपयुक्त देख्न पाईएन । यसले गर्दा मुख्यतया कपडा र फेन्सी ब्यापारीहरुलाई मर्मका पर्न गयो। त्यसैले यो महोत्वबाट उनीहरु खुशी छैनन।

महोत्सव आयोजना गर्नुको अर्को उद्येश्य स्थानीय कला र संस्कृतिको प्रवर्द्धन तथा जगेर्ना गर्नु हो। हाम्रो जिल्ला सांस्कृतिक रुपमा पनि उन्नत छ भन्ने पहिचान हुनु हो। वास्तवमा नुवाकोटको स्थानीय रितीरिवाज भेषभुषा, भाषा वर्णपोशाक झल्कने खासै कार्यक्रम यो महोत्सवले ल्याउन सके जस्तो देखिएन। उद्घाटनको समयमा गरिएको झाँकी प्रदर्शनलाई मात्र साँस्कृतिक पहिचान झल्काएको मान्न सकिन्दैन। महोत्सवमा तामाङ, नेवारी, मगर कुमालका भेषभुषा प्रतियोगिता, जातिय अनुसारको संस्कार झल्कने प्रतियोगिता जस्तै भजनवालन प्रतियोगिता, हनुमान निकाल्ने प्रतियोगिता, हाँस्यव्यङ्ग्य प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता आदिलाई  मौलिकता दिनु आवश्यक छ ।

महोत्सवको आकर्षणको केन्द्रबिन्दुका रुपमा राष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकारको प्रस्तुतीलाई लिने गरिन्छ। यो विषय अत्यन्त सकारात्मक छ। आफ्नो घरको टेलिभिजन सेटमा देखिएका र दर्शकको मनमुटुमा बसेका कलाकारलाई नजिकैबाट नियाल्न पाउने आशामा मानिसहरु महोत्सव आउने गर्दछन्। आयोजकले यी कलाकारहरु ल्याउन धेरै रकम खर्च गर्नुपर्ने हुन्छ । स्थानीय कलाकारहरुको विभिन्न विधामा प्रतिस्पर्धा गराई सोही विधाका राष्ट्रिय कलाकारलाई मल्याङ्कनकर्ताको रुपमा प्रयोग गर्न सकेमा दोहोरो फाईदा लिन सकिने हुन्छ।

जनसकैुु स्थानमा आयोजना गरिने महोत्सवमा पनि बाल मनोरञ्जनलाई उच्च प्राथमिकतामा राख्ने गरिन्छ। यो स्वाभाविक पनि किन हो भने बाल बालिकाहरुलाई बढी मनोरञ्जनको आवश्यकता पर्दछ। उनीहरुको स्वभाव नै चञ्चले र चुलबले हुने भएकोले झट्ट हेर्दा आँखा लाग्ने चिजले उनीहरुको मनलाई चाँडै आकर्षित गर्दछ ।

महोत्सवमा राखिएका धरैजसो खेल सामाग्रीहरु बाल स्वास्थ्यको दृष्टिले हानीकारक छन्। रोटे पिङ, मोटरसाइकल खेल  जस्ता सामाग्रीले बच्चाको शारिरीक र मानसिक स्वस्थमा असर गर्ने भएकोले ती सामाग्रीको सट्टामा विज्ञान प्रदर्शनीज्ञानबर्धक, नाटक वा कार्टुन निर्मामाण गरी प्रदर्शनीस्थलमा राख्न सकिन्छ। एक अध्ययन अनुसार महोत्सवको कुल व्यापार मध्ये करीब ४०% अंश बाल मनोरञ्जनमा खर्चहुने गर्दछ । अधिकाँश बाल सामाग्रीका मालिक भारतीय हुने भएकाले हरेक महोत्सवको करीव ३०% आम्दानी भारततर्फ जाने गर्दछ ।

अन्त्यमा, महोत्सवका नाममा महोत्सव गर्नुभन्दा त्यसको बहुआयामिक फाईदा र बेफाईदाबारे बहस र छलफल गरौं। महोत्सवले जिल्लाको सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा टेवा पुग्नु जरुरि छ। महोत्सव सक्ने बित्तिकै सम्बन्धित पक्षले टिकटको बिक्रीबाट प्राप्त आम्दानी, स्टल भाडाको आम्दानी, स्थानीय उत्पादनको बिक्रीबाट प्राप्त आम्दानी, होटल रेस्टुरेन्टले प्राप्त गरेको आम्दानी कारोवार आदि  जोडेर महोत्सवको नाममा नुवाकोटबाट बाहिरिएको खर्च हिसाब गरेर अर्को महोत्सवबाट कसरी नुवाकोटले बढी लाभलिने भन्ने तर्फ सोचौं। नुवाकोट महोत्सवलाई मेला वा जात्रा बन्न नदिई महोत्सव कै रुपमा विकास गरौं।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS