काठमाडौँ

नेकपाको विदेश विभाग माधवकुमार नेपालले सम्हाल्ने

nekapa communist party

काठमाडौँ । विदेश विभागको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिने सहमति भएको छ । नेपालले यो विभागको नेतृत्व पहिले पनि सम्हालिसकेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संगठनमा महत्त्वपूर्ण मानिने संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छ्न् ।

बालुवाटारमा बिहीबार राति बसेको नेकपाका पूर्वएमाले पक्षका नेताको बैठकले गौतमलाई संगठन विभागको नेतृत्व दिने सहमति गरेको हो । विभागको नेतृत्वसम्बन्धी सहमति आइतबार बस्ने सचिवालय बैठकमा पेस हुनेछ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई पुनः आफ्नै समूहमा ल्याउन रोजेकै विभाग दिन लागेका हुन् । ओलीसँग असन्तुष्ट रहेका गौतमले यसपटक रोजेकै विभाग पाउन लागेका हुन् । विगतमा आफूसँग गरिएका प्रतिबद्धता पालना नगरेको भन्दै गौतम ओलीसँग रुष्ट थिए ।

केही दिनअघि ओलीले गौतमलाई बोलाएर लामो छलफल गरेका थिए । छलफलमा ओलीले मिलेर जाने प्रस्ताव राखेका थिए ।

यसअघि ओलीले संगठन विभागमा रामबहादुर थापालाई लैजाने तयारी गरेका थिए । पूर्वएमालेको सन्तुलन नबिगार्नका लागि गौतमलाई नेतृत्व दिने निर्णयमा ओली पुगेका हुन् ।

अर्का वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा अनुसन्धान विभागको जिम्मेवारी दिन लागिएको छ । पूर्वएमालेको भागमा परेको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेलाई दिने समझदारी भएको छ । पूर्वमाओवादी पक्षले यो विभागको नेतृत्व आफैंले पाउनुपर्ने बताउँदै आएको छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS