धनुषा

नुवाकोट जेसीजका रविन पोखरेल कार्यकारीणी उपाध्यक्षमा निर्वाचित

jci nuwakot rabin pokharel

जनकपुर / नेपाल जेसीजको ४५ औं महाधिवेशनबाट नुवाकोट जेसीजका रविन पोखरेल वर्ष २०१९ का लागि कार्यकारीणी उपाध्यक्षमा निर्वाचित भएका छन् । चार उपाध्यक्ष पदका लागि पोखरेलले सर्वाधिक मत ८ सय ९० प्राप्त गरेका छन् ।

पोखरेल नुवाकोट जेसीज २०१६ का अध्यक्ष हुन् । पोखरेलले समाजमा सक्रिय युवाहरुको नेतृत्वदाई भूमिका निर्वाह गर्दै जेसीजको भिजन/मिसन प्राप्ति गर्न नेपाल जेसीज वर्ष-२०१८ का राष्ट्रिय पदाधिकारीहरु मध्ये सबैभन्दा उत्कृष्ट गतिविधि प्रस्तुत गरेर “उत्कृस्ट राष्ट्रिय पदाधिकारी पुरस्कार” प्राप्त गर्न सफल भएका थिए ।

त्यस्तै, विराटनगर जेसीजका श्याम सुन्दर पौडेल मिलन ७ सय ४१, कपिलवस्तु जेसीजका रमेशचन्द्र भुषाल ६ सय ८७ र गछिया जेसीजका अमिश ढकाल ६ सय ४३ मत प्राप्त गरि निर्वाचित घोषित भएका थिए ।

इटहरी जेसीजका महेश पौडेलले ९ सय २१ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका छन् । पौडेलले बाग्लुङ जेसीजका सुदि राजभण्डारीलाई ६ सय ८० को अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । राजभण्डारीले २ सय ४१ मत प्राप्त गरेका थिए । यो मतान्तर जेसीज नेपालको अहिलेसम्मकै सबैभन्दा बढी हो । गत वर्ष ९ मतको झिनो मतान्तरले पराजित भएर पनि निरन्तर जेसीज अभियानमा क्रियाशील पौडेलले एक वर्षमा देशभरका युवाहरुको मन जित्न सफल भएको हो ।

त्यसैगरी राष्ट्रिय उपाध्यक्षहरुमा रामनगर जेसीजका भोजराज चापागाई सर्वाधिक ९ सय २३, त्रिभूवन नगर जेसीजका लालमणि भण्डारी सर्वाधिक ९ सय २३, गैँडाकोट जेसीजका गोकुल सापकोटा ९ सय ५, भकुण्डेबेंसी जेसीजका रुकमणि सिग्देल ९ सय १२, सिद्धार्थ जेसीजका कमल भण्डारी ८ सय ८१, नवलपुर जेसीजका कृष्णप्रसाद अर्याल ८ सय ७२, बसामाडी जेसीजका हरि शर्मा ७ सय ९५, नारायणगढ जेसीजका अर्जुन अधिकारी ७ सय ९१, थानकोट जेसीजका मोहनलाल डाँगी ७ सय ५७, पाटन जेसीजका सुमनकृष्ण श्रेष्ठ ७ सय ४६, काठमाडौँ जेसीजकी इनु थापा ६ सय ६३ र अतरिया जेसीजका दिनेश बोहोर ६ सय ३७ निर्वाचित  भएका छन् ।

महाधिवेशन समारोहमा गणतन्त्र नेपालको पहिलो रास्ट्रपति डा.रामवरण यादव, प्रदेश नं. २ का मुख्यमन्त्रि लालबाबु राउत, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, नेपाल जेसीजका वर्तमान अध्यक्ष श्रीधर वश्याल, नेपाल जेसीजका संस्थापक अध्यक्ष डाक्टर भेष बहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।

महाधिवेशन पौष ७ गते देखि १० गतेसम्म जनकपुरमा भएको राष्ट्रिय महाधिवेशनमा देशभरिका १ सय ४४ शाखाहरुको अध्यक्ष लगायत करिब २ हजार जेसीज पदाधिकारीहरुको सहभागीता रहेको थियो ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS