प्रदेश नं. ५

काम पूरा नगर्ने कम्पनीको नाम संकलन

खजुरा, बाँके/बाँके जिल्लामा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीको नामसहितको विवरण संकलन भइरहेको छ ।

गृहमन्त्रीको विशेष निर्देशनमा जिल्ला प्रशासन कार्यालय, बाँकेले विकास निर्माणको काम सञ्चालन गर्ने विभिन्न सरकारी कार्यालय र स्थानिय तहसँग निर्माण कम्पनीको सूची माग गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार अहिलेसम्म समयमा काम सम्पन्न नगर्ने १२ निर्माण कम्पनीको विवरण प्राप्त भएको छ ।

प्राप्त सूचीका आधारमा समयमा काम नगर्ने, निर्माण कार्य छोडी भागेका ठेकेदारलाई पक्राउ गर्न बाँके जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी प्रक्रिया अघि बढाइने प्रजिअ केसीको भनाइ छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS