डबली फोटो

बसमा फेला पारेको समान टिमुरेले सम्बन्धितलाई फिर्ता गरे

returning passenger goods timure bus nuwakot rasuwa

विदुर / टिमुरे यातायातद्वारा संचालित बस काठमाडौंबाट त्रिशुली आएको बा५ख ६१५० नम्बर बसमा फेला पारेको रकम, जिन्सी र महत्वपूर्ण कागजात सामना सम्बन्धित व्यक्तिलाई बुझाईएको छ ।

थानकोटबाट त्रिशुली आउन भनि गाडी चढेका रामेछापका रोशना दाहालको झोला बसमा छुटेको र त्यो झोला चालक विदुर नगरपालिका-१, त्रिशुली बजारका राजाराम श्रेष्ठले सुरक्षित रुपमा दाहाललाई बुझाएका छन् । झोलामा सुनका गरगहना करिब १ लाख ५० हजार बराबर, नगद २५ हजार रुपैया, नागरिकता, लालपुर्जा, शैक्षिक प्रमाणपत्र, पासपोर्ट साईजको फोटो रहेको दाहालका पति दशरथ घिमिरेले डबली खबरलाई जानकारी दिनुभयो ।

दाहालका पति बट्टारस्थित सांग्रिला विकास बैंकमा कार्यरत रहेकोले भेट्नको लागि सासुआमा सहित नुवाकोट आएका थिए । “जिन्सी र नगद रकम सहितको झोला फेला पारेपछी सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने व्यक्ति कमै मात्रामा भेटिन्छन्” घिमिरेले भन्नुभयो । आफु चढेको बसको नम्बर र बस पनि थाहा नभएको हुनाले समान फिर्ता नहुने भयो भनेर निराश भएका थिए । पतिका साथी नवराज कोइरालाको सहायोगमा बट्टारस्थित संगमचोकमा रहेको कला मोटर्सले आफ्नो सुरक्षाको लागि जडान गरेको सिसिटिभीको माध्यमबाट टिमुरे  यातायातको बस र बसको नम्बर थाहा पाएर चालक श्रेष्ठलाई सम्पर्क गर्दा समान सकुश रहेको जानकारी दिलाएपछि ढुक्क भएको घिमिरेले बताउनुभयो । चालक श्रेष्ठसँगको कुराकानी अनुसार त्रिशुली बसपार्कमा भेटि सामान फिर्ता गरिने भयो ।

करिब १९ घण्टापछि आफ्नो सम्पूर्ण समान सकुशल प्राप्त गरेपछि दाहाल खुसी हुँदै चालक श्रेष्ठले इमान्दारीपूर्वक सामान फिर्ता गरेकाले घिमिरे दम्पतिले चालकलाई खादा ओढाई सम्मान गर्नुको साथै कदर स्वरूप नगद ५ हजार रुपैंया प्रदान गरेको घिमिरे डबली खबरलाई जानकारी दिनुभयो ।

टिमुरेले गत असोज महिनादेखि आफ्नो सेवा संचालनमा ल्याएका हो । समितिको अहिले २० वटा बससहित नुवाकोट, रसुवाको टिमुरेसम्म, काठमाडौं, वीरगन्ज, धादिङसम्म सेवा दिंदै आईरहेको छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS