कोभिड-१९

कोरोना भाइरस: सचेतना जगाउदै जेसिज

covid-19 coronavirus jci nuwakot

विदुर – विश्वभर फैलदै गएको कोरोना भाइरस नियन्त्रणको लागी सचेतना स्वरुप नुवाकोट जेसिसले जनचेतनामूलक सामाग्री सहित नुवाकोटको विभिन्न स्थानमा ब्यानर राखेको छ । जिल्लाको जनघनत्व बढीको भएको बजार क्षेत्रमा प्रचारप्रसार सामाग्रि वितरण तथा टाँस गरेर कोरोना रोगको लक्षण र बच्ने उपायको बारेको जानकारी ब्यानर राखेको हो ।

नुवाकोट जेसिजले देवीघाट, पिपलटार, गंगटे, बट्टारबजार, विदुर, ढु्ङ्गे, त्रिशूली, कोलनी लगायतको स्थानहरुमा कोरोना रोग लाग्न नदिनको लागी अपनाउनुपर्ने सचेतना सम्बन्धीको जानकारीमूलक सन्देश टाँस गरिएको जेसिस अध्यक्ष-२०२० श्रीकृष्ण आचार्यले जानकारी दिए ।

कोरोना रोगको त्रास जनमानसमा निकै धेरै भएको तर, बच्ने उपाय, यसका लक्षण र लागिहालेमा आफू र अरुलाई कसरी सुरक्षित बनाउने भन्नेमा धेरैलाई जानकारी नभएको पाइएपछि प्रचार प्रसार मार्फत सचेत गराइएको छ ।

उच्च ज्वरो आउने, श्वास प्रश्वासमा अत्याधिक समस्या, रुघा खोकी लागेमा कोरोना रोगको लक्षण हुनसक्ने भएकाले स्वास्थ्यमा जाँच गराउन सुझाव जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

शंकास्पद बिरामी वा संक्रामक रोगको लक्षण देखिएमा तत्कालै जिल्ला अस्पतालका डा.अमित कुमार श्रेष्ठ ९८४३७४२४१५ र स्वास्थ्य कार्यालयका जनार्दन सिलवाल ९८५१२०६३४८ सँग सम्पर्क राख्न हुन अनुरोध गरेको छ ।

कोरोनाभाइरस रोग सम्बन्धी थप जानकारीका लागि स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बरहरु ९८५१२५५८३९ ,९८५१२५५८३७ , ९८५१२५५८३४ मा बिहान ८ बजे देखि बेलुकी ८ बजे सम्म सम्पर्क गर्न सक्नुहुन्छ। त्यस्तै, काठमाडौं टेकुस्थित हटलाइन नम्बर १११५ मा फोन गर्न सकिने छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS