खेलकुद

पोखरा प्रिमियर लिग हुने, खेलाडीको मूल्य १ लाख ५० हजारसम्म

pokhara premiere league

पोखरा  / क्विन्स इभेन्टसको आयोजनामा कार्तिक ९ देखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पिपिएल) हुने भएको छ ।

पहिलो संस्करणको पोखरा प्रिमियर लिग खेल्न इच्छुक खेलाडीले लिगको नाम दर्ता वेबसाइटबाट गराउन सकिनेछ । खेलाडी दर्ता शुल्क १ हजार र शुल्क ई-सेवामार्फत बुझाउन सकिने आयोजकले बताएको छ ।

सहभागी प्रत्येक समुहले आफ्नो स्क्वाडमा १५-१८ वर्षको खेलाडीलाई समावेश गराउनु पर्नेछ। त्यस्तै, न्यूनतम १० खेलाडीको छनौट अक्सन मार्फत हुनेछ भने हरेक टोलीमा १ मार्की खेलाडी, २ विदेशी खेलाडी र २ स्थानीय खेलाडीलाई “लोकल आइकन” का रुपमा समुहमा लिनु पर्नेछ।

प्रतियोगितामा नाम दर्ता गराउने खेलाडीहरुलाई ३ समुहमा विभाजन गरिने छ । पहिलो समुहमा क्याप्ड सिनियर, दोस्रो समुहमा क्याप्ड एज लेभेल र तेस्रो समुहमा अनक्याप्ड खेलाडी रहने व्यवस्था मिलाइएको छ ।

क्याप्ड सिनियरको सुचीमा नेपाली सिनियर राष्ट्रिय समुहबाट खेलिसकेका खेलाडीलाई समावेश गरिनेछ। यस समुह अन्तर्गत पर्ने प्रत्येक खेलाडीको न्युनतम मुल्य ५० हजार रुपैयाँ रहनेछ भने अधिकतम मूल्य २ लाख ५० हजारसम्म रहनेछ ।

यस्तै क्याप्ड एज लेभलको सुचिमा नेपाली टोलीबाट यु-१५, यु-१७, यु-१९, यु-२१ र यु-२३ खेलेका खेलाडीहरु रहने छन् । यस समुहमा रहने खेलाडीको न्युनतम मूल्य ५० हजारबाट सुरु भएर अधिकतम मुल्य १ लाख ५० हजारसम्म पुग्नेछ ।

अनक्याप्ड समुहमा भने नेपाली सिनियर राष्ट्रिय टोलि र उमेर समुहको टोलीबाट नखेलेका अन्य खेलाडीलाई समावेश गरिएको छ । यस सुचिमा रहने खेलाडीको मूल्यभने न्युनतम ३० हजारबाट अधिकतम १ लाख रुपैयाँसम्म रहनेछ।

यदि कुनै खेलाडीले आफ्नो न्युनतम मूल्य बढाएर नाम दर्ता गराउन चाहे त्यसको समेत व्यवस्था रहेको आयोजकले बताएको छ । सो प्रक्रियाका लागि प्रतियोगिताको आधिकारिक वेबसाइटमा छुट्टै बिकल्प रहेको छ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS