अपराध

 
 

चोरीका मोटरसाइकल भन्सारमा बुझाइने

रसुवा/नेपाल प्रहरीले बरामद गरेका बेवारिसे चोरीका मोटरसाइकल भन्सार कार्यालयलाई बुझाउने तयारी भएको छ । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार चोरीकर्ताले विभिन्न ठाउँमा छोडेका १२ वटा मोटरसाइकल नेपाल प्रहरीले आफ्नो नियन्त्रणमा लिएको र लिलाम प्रक्रियाका लागि रसुवा भन्सार कार्यालय, टिमुरेलाई बुझाउन लागिएको हो । बरामद भएका मोटरसाइकल प्रायः चालु हालतकै रहेका छन् । राजमार्गअन्तर्गत विभिन्न स्थानमा भेटिएका ती मोटरसाइकल नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय धुञ्चेको परिसरमा राखेको र चोरीका गतिविधि नियन्त्रणका लागि ठाउँठाउँमा जाँच गर्ने काममा कडाइ गरिएको प्रहरीले जनाएको छ । यस्तै, केरुङ मार्गमा मालबाहक सवारीसाधन चलाउने सवारी…


विदेशबाट पठाएको पैसा लुटियो

कञ्चनपुर/कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबजार नजिक बिहीबार एकजना महिलासँग रहेको रकम मोटरसाइकल सवार तीनजना लुटेराले लुटेर लगेका छन् । विदेशबाट पठाएको पैसा झलारी बजारमा रहेको आइएमइबाट झिकेर जाँदै गरेका बेला लालझाडी गाउँपालिका–३, देखतभूलीकी संगीता पार्कीको झोलासहितको रकम मोटरसाइकलमा सवार तीनजनाले खोसेर लगेका हुन् । इलाका प्रहरी कार्यालय झलारीका अनुसार लुटेराले महिलाका आफन्तले विदेशबाट पठाएको रु ६० हजार ८३ रकमसहितको झोला लुटेर लगेका छन् । लुटेराको पहिचानका लागि प्रहरीले आइएमइ सेन्टरमा रहेको सिसीटिभीका फुटेज हेर्ने कार्यसँगै लुटेरा भागेको सम्भावित क्षेत्रमा खोजी कार्य जारी राखेको छ ।  (रासस)


सुन तस्करी-हत्या अभियोगका आरोपितको बयान लिन शुरु

विराटनगर/ जिल्ला अदालत मोरङमा साढे ३३ किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा आज अभियुक्त छ जनाको बयान लिन शुरु भएको छ । जिल्ला न्यायाधीश नारायण शर्मा समक्ष निजहरुको बयान लिने कार्य भइरहेको स्रेस्तेदार नवराज दुलालले बताउनुभयो । बयान दिनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मदनप्रसाद घिमिरे, नरेन्द्र कार्की, राजन कुमार र मोहन काफ्ले छन् । यी अभियुक्तसँग बयान लिने काम सकिएको छैन । बयान लिने काम शुक्रबार पनि जारी रहनेछ । निजहरुमाथि आपराधिक समूह स्थापना र सञ्चालन, सुनचाँदीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी…


मानव बेचबिखनमा संलग्न पक्राउ

भीमदत्तनगर/दुई बालकलाई विभिन्न प्रलोभन देखाएर पश्चिमी नाका भएर भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट मानव बेचबिखनमा संलग्नताको आरोपमा ललितपुरको बागमती गाउँपालिका–११ का ४८ वर्षीय शिवप्रसाद गौतमलाई पक्राउ गरेको छ । अभियुक्त गौतम विरुद्ध मानव बेचबिखन मुद्दामा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले गौतमलाई १३ र १४ वर्षीय दुई बालकलाई मःम बनाउने काम र कम्प्युटर कोर्स सिकाइदिने प्रलोभन देखाएर भारत लैजाने क्रममा गत सोमबार पक्राउ गरेको थियो । भीमदत्तनगरको बसपार्कस्थित एक होटलमा एकरात बसेपछि अर्को दिन भारतीय नम्बरको जिपमा दुई बालकलाई भारत लैजाँदै गरेको अवस्थामा…


श्रीमान भेट्न आएकी युवती होटलमा मृत्त भेट्टिइन्

death body

नुवाकोट/बाजुराको स्वामीकात्तिक गाँउपालिका–४ की लक्ष्मी नाथ आज विदुर नगरपालिका–२ स्थित डाइमण्ड होटलमा मृत्त अवस्थामा भेट्टिएकी छिन् । नुवाकोट सिटी अस्पतालमा अहेब पदमा कार्यरत श्रीमान नविन नाथलाई भेट्न चार दिनअघि यहाँ आएकी २४ वर्षीया लक्ष्मी अपराह्न होटलको कोठामा मृत्त अवस्थामा भेट्टिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो । होटलमा बस्ने क्रममा आफूसँग सामान्य विवाद भएकाले बाथरुमको धारोमा सलको पासो लगाएर आत्महत्या गरेपछि आफूले त्यहाँबाट उनको शव निकालेर कोठामा राखेको श्रीमान नविनले प्रहरीलाई बताएका छन् । घटना शंकास्पद रहेको भन्दै प्रहरीले नविनलाई नियन्त्रणमा लिएको छ । लक्ष्मीको माइतीपक्ष डडेल्धुरबाट…


हराएको एक महिनापछि शव भेटियो

Nuwakot District Map

नुवाकोट/ किस्पाङ गाउँपालिका–२ फिकुरीका बिनाकुमारी ढुङ्गेल हराएको एक महिनापछि बुधबार मृतावस्थामा भेटिएकी छिन् । पैंतालिस वर्षीया ढुङ्गेलको शव त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थल विदुर नगरपालिका–७ स्थित त्रिशूली नदीमा भेटिएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । गएको चैत ५ गते घरबाट नै हराएपछि उनको खोजी भइरहेको थियो । शवको जिल्ला अस्पताल त्रिशूलीमा आज परीक्षण गरी परिवारले जिम्मा लिएका छन् । मृत्युको कारण खुल्न नसकेकाले पोष्टमार्टम परीक्षण प्रतिवेदन लगायतका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।


मीठो खाना नबनाएको भन्दै कुटपिट गर्दा मृत्यु

नुवाकोट, पुस २५ । आवास निर्माणका लागि नुवाकोट आएका बर्दिया राजापुर नगरपालिका–१० का रघुनाथ सिग्देलको कुटपिटबाट आज मृत्यु भएको छ । विदुर नगरपालिका–२ स्थित शेरामा आवास निर्माणका लागि आएका ३६ वर्षका सिग्देलको कामगर्न सँगै आएका छिमेकी २२ वर्षीय सन्तोष रोकाको कुटपिटबाट मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । आइतबार राति दुई जनाबीच विवाद उत्पन्न हुँदा रोकाले सिग्देललाई लात्तीले प्रहार गरी मुटुमा चोट पुर्‍याएकाले नुवाकोटमा उपचार हुन नसकेपछि सोमबार साँझ काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो । उपचारको क्रममा उनको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ…


१७ लाख ठगी गर्ने पूर्व भारतीय पक्राउ

हत्याको अभियोगमा जेल सजायँ भोगिरहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै रकम ठगी गर्ने एक भारतीय पूर्व सैनिकलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । कारागारमा बन्दी जीवन विताइरहेका तीन र फरार दुई जनाका परिवारसँग १७ हजार रुपैयाँ रकम ठगी गरेको आरोपमा प्रहरीले धादिङको सेम्जोङ– १ का ५८ वर्षिय पहलमान तामाङ (गुरुङ) लाई पक्राउ गरेको हो । ‘कर्तव्य ज्यान मुद्दाका दोषीहरुलाई जेल मुक्त गराइ दिने भन्दै आएका गुरुङलाई प्रहरीले पक्राउ गरेको हो, जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी देवबहादुर बोहोराले भने– ‘२१ लाख मध्ये १७ लाख ठगी भइसकेपछि सुराकीको आधारमा गुरुङ पक्राउ परेका हुन् ।’…


अपराधमा संलग्न ९९ जना पक्राउ

विभिन्न अपराधमा संलग्न भइ फरार भएका अपराधी र अभियुक्तहरु ९९ जनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गत आर्थिक वर्षमा ९० जना अपराधी र ९ जना अभियुक्त गरि ९९ जनालाई पक्राउ गरेको हो । विहीवार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७२/०७३ मा जिल्ला अदालतबाट फैसला भई फरार रहेका अपराधीहरु ९० जना र मिशिल अदातलमा पेश भई फैसला हुन बाँकी मुद्दाका ९ जना अभियुक्तलाई पक्राउ गरेको हो । एक रुपैयाँ ६७ पैसा जरिवाना नतिरेर फरार रहेका देखि १० वर्ष कैद सजाय र २…


प्रहरीमा मुद्दा संख्या घट्यो

जिल्ला प्रहरी कार्यालय नुवाकोटले आर्थिक बर्ष २०७२/७३ मा भए गरेका सबै क्रियाकलापहरुको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । विगतका बर्षहरुमा देखिएको मुद्दा दर्ताको तुलनामा पछिल्लो समय अपराधिक घटनाहरुमा कमि आएको देखिएको छ । आर्थिक बर्ष २०७०/७१ मा २ सय २४ ओटा मुद्धा दर्ता भएको थियो भने ७१/७२ मा २ सय २० ओटा मात्रै मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । यस्तै यस आर्थिक बर्षमा मुद्दाको संख्यामा घटि जम्मा १ सय ६० वटा मात्रै मुद्दा दर्ता भएको थियो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरिक्षक देब…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS