उदय रानामगर

 
 

धानबालीको अर्थ राजनीति र नुवाकोटको सन्दर्भ

paddy economy politics nuwakot uaday ranamagar cdo officer

अहिले नेपाल संघीय गणतन्त्रलाई सस्थागत गर्ने दिशामा अघि बढीरहेको छ । देश राजनैतिक सक्रमणबाट मुक्त भई सम्वृद्धिलाई केन्दभागमा राखि अगाडि बढ्दैछ । जसको कारण नेपालको आर्थिक सूचकहरु सकारात्मक तर्फ जादैछ । सन् २०१८ मा नेपालीको प्रतिव्यक्ति आम्दानी अमेरिकन डलरमा १००४ पुगेको छ । विकासोन्मुख देशको रुपमा नेपाल अझै कृषिमा आधारित छ । अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान बढी रहेको भएता पनि कुल ग्रायस्थ्य उत्पादनमा यसको योगदान घट्दो छ । यसको योगदान आ.व २०७५।७६ सम्म आइपुग्दा २७.४ प्रतिशतमा सिमित भएको छ । देशमा कुलजनसख्याको ६०.४ प्रतिशत जनता कृषिमा आश्रित रहेकोछ । नेपालमा…


समाजको उन्मुक्ताः आधुनिकता कि विकृति?

Uday Ranamagar

जीवन र जगत सम्बन्धी सत्य तथा सामाजिक चेतनाको रूप वा सामाजिक उपयोगितामा आधारित मूल्यको खोज नै दर्शन हो । पूर्वीय दर्शनले आत्मिक सुख, आशिर्वचन, अरूको भलो गर, आत्मानुशासन, आफैभित्र संसार खोज्ने अभ्यास गर्नु, न्याय र समानता जस्ता आधारभूत पक्षलाई समेटेको छ । पूर्वीय दर्शन नेपाली संस्कार र संस्कृतिको द्योतकको रुपमा रही आएको छ । नेपालको संस्कृतिको विकासमा गोपालवंश, महिषपाल, किराँतकाल, लिच्छवि, मल्लकालदेखि आधुनिक कालसम्म आइपुग्दा विभिन्न उतारचढाव हुँदै आएको पाइन्छ । इसाको पहिलो इतिहासदेखि नवौँ इतिहासमा लिच्छविकालीन शासनको उपज नै नेपाली समाजको आधारस्तम्भ हो । लिच्छविकालमा केन्द्रदेखि ग्रामसम्मको प्रशासनिक व्यवस्था…


अनुभुतीमा निजामती सेवा

Uday Ranamagar

कुनै पनि चिजको महत्व आफैले अनुभुति नगरेसम्म कहाँ गहिराइमा पुग्न सकिन्छ र । हो यो कुरा मेरो मानसपटले अनुभुति गर्न थालेको छ । हाम्रा बुढापाकाले भन्थे तर तन्नेरी अवस्थामा यि बुढापाकाहरुले के गफ छुट्छन् भनेर हावामा उनीहरुको कुरालाई उडाइन्थ्यो । तर अनुभवले खारिएका र आफैले भोगेका ती अग्रजहरुको कुरालाई हावामा उडाएकोमा आज आफैलाई आत्माग्लानी हुन्छ । शरिरमा बलको उन्माद हुदाको बखतको कुरै अर्कै । धर्मशास्त्र अनि अनुभव र अनुभुतिलाई आत्मसाथ गर्नसक्ने हाम्रो दुसास नै कहा थियो र । पाखुरीको बल अनि आधुनिकताको पाठ पढेको हामी साच्चै कलियुगको उन्माद हात्ति झै…


खस्किदो कर्मयोगी र आर्थिक सम्वृद्धि

Uday Ranamagar

समृद्ध नेपाल हरेक नेपाली जनताको जनजिव्रोमा सहजै बसीसकेको छ । यसको प्राप्तिका लागि सरकारले नीति तथा कार्यक्रम बनाएर अघि बढीरहेको अवस्था पनि छ । समृद्धिको प्रमुख परिसूचकको रुपमा रहेको आर्थिक बृद्धिदरलाई हेर्दा पछिल्लो आर्थिक वर्षदेखि सुधारको संकेत देखिएको छ । मानव विकास सूचाक पनि सन्तोषजन नै छ । यो सूचकमा नेपाल सन् २०१८ मा १८९ देशहरु मध्ये १४९औ स्थानमा छ । मानवविकास सुचकको गणना गर्न प्रयोग हुने महत्वपुर्ण सुचक औसत आयू पनि हो । नेपालीको औसत आयू सन् १९९० मा ५४.३ बर्ष रहेकोमा यस बर्ष ७०.६ बर्ष पुगेको छ ।…


समताको कसिमा औद्योगिक प्रतिष्ठान र नुवाकोट

Uday Ranamagar

विभिन्न देशको अर्थतन्त्रको विकासको मेरुदण्ड भनेको औद्योगिक विकास नै हुन्छ । आर्थिक विकासको आधारस्तभको रुपमा औद्योगिक प्रतिष्ठानहरु रहन्छ । यसको स्थापना र यसले सिर्जना गर्ने रोजगारी तथा उत्पादनले देशको समृद्धि हासिल हुन्छ । नेपालमा यस्तो महत्वपूर्ण प्रतिस्ठानहरुको भौगोलिक वितरणको अवस्था समतामुलक ढंगले हुन सकेको छैन । केन्द्रीय तथ्याङ्क विभागले भर्खरै मात्र औद्योगिक गणनाको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनको केही नतिजालाई अवलोकन गर्दा नेपालमा सन्चालित साना ठूला प्रकारका आर्थिक केन्द्रहरुको सख्या ९२३,३५६ रहेको देखिन्छ । यो सख्या प्रति १००० जनामा ३१.६ प्रतिस्ठान हुनआउछ । अन्य देशको अवस्थासंग तुलना गरेर…


राष्ट्रिय सुरक्षाको यक्ष प्रश्न

Uday Ranamagar

आर्थिक, राजनैतिक, कुटनैतिक तथा शक्ति प्रक्षेपणका माध्यमबाट राष्ट्रको अस्तित्व कायम राख्नका लागि गरिने व्यवस्थापकीय क्रियाकलाप नै राष्ट्रिय सुरक्षाको व्यवस्थापन हो । व्यक्तिहरूको स्वरूपबाट समाजको सिर्जना र समाजले आफ्नो सुरक्षाको लागि आफ्नो नेता चुन्ने परम्परासँगै शान्ति सुरक्षाको अवधारणाको सुरुवात भएको पाइन्छ भने विशेष गरेर यस अवधारणा दोस्रो विश्वयुद्ध पश्चात् अमेरिकाको विश्व प्रभुत्व सैनिक तथा आर्थिक शक्तिको उपस्थितीबाट सुरु भएको पाइन्छ । विश्वका पूराना परिदृश्यहरू हेर्ने हो भने विशेषतः सैनिक प्रभुत्वमा नै यस विषयको प्रधानता भएको र पछि बिस्तारै आर्थिक पक्षले प्रभाव बढाउँदै गएको पाइन्छ । राष्ट्रिय सुरक्षालाई अझ स्पष्ट पार्दै यसमा…


सामाजिक सञ्जालको सामाजिक लागत

Uday Ranamagar

सीमाविहिन अर्थतन्त्रको विकाससगै सामाजिक तथा सास्कृतिक संस्कारहरु पनि चाँडो चाँडो परिवर्तन हुदै आइरहेको छ । सामाजिक सञ्जालको मुल काम नै सरकारलाई कमजोर बनाएर लाने तर्फ प्रयोग हुदै आएको छ । नकारात्मक सन्देश फैलाउने र समाजिक मनोविज्ञान नै नकारात्मक तुल्याउने कार्य तर्फ अग्रसर छ । व्यक्तिको विचारले मानिसलाई काम तर्फ डोरयाउछ कामले बानी व्यवहोरा तर्फ लाग्दछ । बारम्वार दोरयाएर गरिने कार्यबाट मानिसको बानी वा स्वभावको निर्धारण हुन्छ । असल बानीहरु अप्नाउन कठिन हुन्छ तर खराव बानी अपनाउन सजिलो हुन्छ तर यसले जीवनलाई कस्ठप्रद बनाई दिन्छ र समाज पनि त्यसको शिकार हुन…


गरिबी न्यूनीकरणमा पूर्वाधारको महत्व

Uday Ranamagar

पृष्टभूमीः नेपाल सामाजिक विविधतायूक्त देश हो । यसको साथसाथै गरिवी नेपालको परिचायक नै बनेको अवस्था छ । सामाजिक विविधता र गरिवीको भएकै कारणले विभिन्न विभिन्न कालखण्डमा आन्तरिक द्वन्द पनि हुदै आएको छ । वि.स २०५२ सालदेखि २०६३ सम्म नेपाल ठुलो द्धन्दमा फसेको थियो । जसका कारण यहा रहेका विभिन्न भौतिक पूर्वाधारहरु धस्त भए भने आर्थिक गतिविधिका क्षेत्र समेत प्रभावित भयो । यसको फलस्वरुप नेपालमा आर्थिक बृद्धिदर कमजोर बन्न पुग्यो । पछिल्लो एकदशकमा नेपालको आर्थिक बृद्धिदर औसत ३.५ प्रतिशत मात्रमा सिमित रहन गयो भने आ.व २०७२/७३ मा मात्र ०.७७ मा सिमित…


समृद्ध नेपालको लागि यूवा

Uday Ranamagar

नेपाल अल्पविकसित देशको सूचीमा रहेको छ र अल्पविकसित देशको सूचबिाट सन् २०२२ सम्ममा विकासिल देशको सूचीमा पुग्नको लागि संघर्षरत छ । यो उदेश्य प्राप्तिकै लागि पन्ध्रौ योजनाले सम्वृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना गरेको छ । यसको लागि मुलतः वस्तुगत परिस्थितको संश्लेषण गरेर लोकतान्त्रिक परिधिभित्र रहेर नै यो लक्ष्य प्राप्त गर्न सकिन्छ । समृद्धिका लागि मुलतः मानव पूजीको निर्माण तथा संभावनाको पूर्ण उपयोग गर्ने, उच्च दिगो उत्पादन तथा उत्पादकत्व बढाउने, उच्च समतामुलक राष्ट्रिय आय बढाउने, सर्वसुलभ तथा आधुनिक पूर्वाधार र सघन अन्तरआवद्धताको माध्यमबाट नै नेपाललाई सम्वृद्धि तुल्याउने लक्ष्य राखेको छ…


नेपालमा भूकम्प सुरक्षाको चूनौती

Uday Ranamagar

मानवीय वा प्राकृतिक कारणले सिर्जित आकस्मिक वा क्रमिकरूपमा बढ्दै जाने घटना नै विपद् हो । विपद्को अवस्था सबैका लागि खतरा हुन्छ । यसले मानवीय, आर्थिक, पूर्वाधार तथा वातावरणीय क्षति पु¥याउँछ । जुन देशमा गरिबी उच्च र सरकार कमजोर हुन्छ, त्यस्ता देशहरूमा विपद्बाट बढी मानवीय क्षति हुने अध्ययनले देखाएको छ । विगत ३० वर्षको आँकडा हेर्ने हो भने विपद्बाट ज्यान गुमाउनेमध्ये ८५ प्रतिशत कमजोर सरकार र भ्रष्टाचारयुक्त मुलुकमा हुने गरेको पाइएको छ । नेपाल अल्पविकसित देश भएको कारणले पनि भूकम्प जस्ता विपदबाट अझ बढी क्षति भोग्नुपरेको अवस्था छ । यहाको ८० प्रतिशत जनसङ्ख्या विपद्को जोखिममा…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS