काँग्रेस

 
 

“नयाँ नेता खोज्न अब नयाँ नर्सरी खोज्नु पर्छ, रियालिटी शो होइन”: गगन थापा

gagan thapa pokhara nepal literature festival

पोखरा – प्रमुख विपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले आउँदो पुस्तामा नयाँ नेताका लागि नयाँ नर्सरी खोज्नु पर्ने बताउनुभएको छ । पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिभलको आइतबार भएको सेसनमा उहाँले भातृ संगठनमात्रै होइन सामाजिक आन्दोलनको नेतृत्व लिएकाहरु पनि राजनीतिक नेतृत्व लिनसक्ने गरी प्रशिक्षण दिन आवश्यकता औंल्याउनुभयो । कार्यक्रम सञ्चालन गरेका नयाँ पत्रिकाका सम्पादक उमेश चौहानले नयाँ नेताहरु उत्पादन गर्ने भातृसंगठनको अधिवेश हुन नसकेकाले अब रियालिटी शोबाटै नयाँ नेता खोज्नु पर्ने दिन आएको हो ? भनि गरेको प्रश्नमा नेता गगनले सो जवाफ दिनुभएको हो । चौहानको प्रश्नको जवाफ उहाँले भन्नुभयो,…


तीन युवा व्यवसायीहरु नेकपामा प्रवेश

nepal communist party new members

विदुर, नुवाकोट – नेपाली काँग्रेसका प्रभावशाली तीन युवा व्यवसायीहरु शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपाका नवप्रवेशीहरुमा सहकारी एवं शैक्षिक अभियन्ता, युवा व्यवसायी र होटल याङ्ग्राका सञ्चालक सुदिप श्रेष्ठ, तरुण दल नुवाकोटका जिल्ला सदस्य तथा युवा व्यवसायी गोकर्ण रोक्का र युवा व्यवसायी राजकुमार नगरकोटी रहेका छन् । विदुरस्थित जिल्ला पार्टी कार्यालयमा नवप्रवेशी युवाहरुलाई पार्टीमा स्वागत गर्दै नेकपाका ३ नं. प्रदेश सचिवालय सदस्य राजेन्द्र प्रकाश लोहनी, नेकपा नुवाकोटका अध्यक्ष एवं प्रदेश सांसद हिरानाथ खतिवडा, सभासद् गोविन्द नेपाली, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहालले पार्टीमा प्रवेश गराएका हुन्…


काँग्रेसको कुनै संलग्नता छैनः डा. महत

nepali congress leader prakash sharan mahat speaking in nuwakot

विदुर / नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अहिले देशमा चलिरहेका कुनै पनि काण्डमा नेपाली काँग्रेसको संलग्नता रहेको दावी गरेका छन् । शुक्रवार प्रेस युनियन नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका कांग्रेस नेता महतले कम्युनिष्ट सरकार काण्डैकाण्डमा फस्दै गएको र जनआकांक्षा अनुसार काम गर्न नसकेकाले असक्षम प्रमाणित भइसकेको टिप्पणी गरे । ‘वाइडवडी, बालुवाटारसहित हरेक काण्डमा वर्तमान सरकार फस्दै गएको छ, डा. महतले भने– ‘आफू जोखिनको लागि प्रतिपक्षको समेत संलग्नता रहेको प्रचार गरिरहेको छ ।’ कम्युनिष्टले गरेको झुटो प्रचारलाई विश्वास गरेर जनताले मत दिएपनि जनमतको कदर गर्न वर्तमान…


हामी विद्यार्थीको कुरा कसले सुन्छ सरकार ?

sonika khanal nuwakot madanpur belkotgadhi

-सोनिका खनाल १ सय ४ बर्षको जहानियाँ राणाशासन अन्त्य गरेको, १० बर्षे जनयुद्धलाई शान्ति यात्रामा ल्याएको उत्साह, अनि पछिल्लो निर्वाचानमा बेहोर्नु परेको हार र अनेक सफलता र असफलताको शिखर र फेदीमा पुगेको नेपाली काँग्रेस देश र जनताको नाममा आज भोलि सडकदेखि सदनसम्म उफ्रिन भ्याएको छ । के हिजोको ईतिहास राम्रो छ भन्दैमा आजका आम नेपाली बिद्यार्थीहरुले त त्यसको पछि लाग्नु पर्छ भन्ने छैननी । प्रतिनिधिसभाको निर्बाचनमा हार व्यहोरेपछि सदनमा प्रतिपक्षको भुमिकामा नेपाली काँग्रेस । के हिजोको दिनमा बहुमत ल्याउदा काँग्रेसले अरु साना पार्टीहरुलाई कस्तो ब्यबहार गरेको थियो । प्रतिपक्षमा रहेका…


नेपाल तरुण दलको ध्यानाकर्षण (भिडियोसहित)

विदुर, नुवाकोट / नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले निर्मलाको बलात्कारपछि हत्या गरेको १२० दिन बित्दा पनि हत्यारालाई कारबाही नगरेको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ । तरुण दलले निर्मता हत्या प्रकरण, वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको लगायतको विषयलाई लिएर नारा जुलुससहित जिल्ला प्रसाशन कार्यालयमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापा मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्र बुझ्दै थापाले ज्ञापनपत्र सम्बन्धित ठाउँमा पु‍-याउने र उठाइएका मुद्दा सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ। ज्ञापनपत्र बुझाएपश्चात् कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापती ध्रुव अधिकारीले निर्मला पन्तको…


नेपाली काँग्रेसद्वारा ८६ आमन्त्रित जिल्ला सदस्यमा मनोनित

विदुर, नुवाकोट / नेपाली काँग्रेसले क्रियाशिल ८६ जनालाई पार्टीको जिल्ला कमिटिको आमन्त्रीत सदस्यमा मनोनित गरेकाे छ । नेपाली काँग्रेसको विधान २०१७ संशोधित २०७२ र नियमावली २०६८ को परिच्छेद ११ को धारा ४९ को उपधारा २ बमोजिम सदस्यमा मनोनित गरीएको सभापति जगदीश्वरनरसिंह केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । मनोनितमा पार्टीका पुराना नेतादेखि युवा नेताहरु समेत परेका छन् । गत प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा काँग्रेस प्रवेश गरेका केही प्रभावशाली व्यक्तिहरुलाई पनि जिल्ला कार्यसमितिमा प्रवेश गराएको छ ।  


बिपीको विचार जनतामाझ लैजानुपर्छ: डा रिजाल

Minendra Rijal Nepali Congress

काठमाडौँ / नेपाली काँग्रेस–धनकुटा काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘बिपीको १०५औँ जन्मजयन्ती र काँग्रेसको संगठन ’ विषयक कार्यक्रममा डा मीनेन्द्र रिजालले बिपीको विचारलाई जनतामाझ पुर्याउनुपर्ने बताउनुभएको छ । नेता रिजालले राष्ट्रियता खतरामा परेको बेला बिपी कोइराला जनताका लागि राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आएको स्मरण गर्नुभयो । काँग्रेस धनकुटा–काठमाडौँ सम्पर्क समितिका सभापति भीमबहादुर थापाले विधानअनुसार सबैलाई समेटेर अगाडि बढेमात्र काँग्रेसको संगठन बलियो हुने बताउनुभयो ।


एकिकृत सम्पत्ति करमा बढाएको वृद्धि फिर्ता लिन माग: नेपाली काँग्रेस

nepali congress nuwakot

विदुर, नुवाकोट / नेपाली काँग्रेसले नुवाकोटले पनि सरकारले बढाएको सम्पत्ति कर फिर्ता लिनको लागि विरोधसभा गरेको छ । नेपाली काँग्रेसको पार्टी कार्यालय विदुरबाट सुरु भई बट्टार बजारमा गएर जुलुस कोणसभामा गरी समापन भएको थियो । विरोधसभामा नेपाली काँग्रेसका जिल्ला सभापति जगदिशनरसिंह केसीले नुवाकोटका स्थानीयतहले जनताको क्षमताभन्दा बढी करको दायरा बढाएकोमा फिर्ता लिनको लागि आग्रह गर्नुभएको छ। नेपाली काँग्रेसको अगाडी कोही पनि टिक्न नसक्ने भन्दै एकिकृत सम्पत्तिमा लगाइएको कर वृद्दि फिर्ता नगरेसम्म नेपाली काँग्रेसले आन्दोलन जारी राख्ने बताउनुभयो । विरोधसभामा नेपाली काँग्रेस नुवाकोटका उपसभापति लक्ष्मण थापा, प्रदेशसभा सदस्य कल्पना नेपाली, सचिव…


आज काँग्रेसको विरोध कार्यक्रम

विदुर/ विदुर नगरपालिकाले बढाएको एकिकृत सम्पत्ति करको विरोधमा आज नेपाली कांग्रेस नुवाकोटले कार्यक्रम गर्ने भएको छ । सरकारकाे मूल्यवृद्दि, महंगी र भष्टाचार, कम्युनिष्ट सर्वसत्तावाद, कार्यकर्तामाथि भएकाे लाठिचार्ज र दमन, कर वृद्दि र न्यायालय, प्रशासन, शिक्षा, स्वास्थ्यका क्षेत्रमा भएकाे कम्युनिष्टकरणकाे विराेधमा नेपाली काँग्रेसले विरोध कार्यक्रम गर्न लागेको नेपाली काँग्रेस नुवाकोटका सभापती जगदिश्वरनरसिंह के.सी.ले जानकारी दिनुभयो । नेपाली कांग्रेस नुवाकोटले गत हप्ता विदुर नगरपालिकाका नगरप्रमुख सन्जु पण्डितलाई ज्ञापनपत्र बुझाउने क्रममा भातृसंगठनका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा ९ कार्यकर्ता, ३ प्रहरी, नगरपालिका र कर्मचारीको सवारीसाधन ७ र कार्यालय भवनको झ्यालका सिसा…


नेविसंघका कार्यकर्ता रिहा, नुवाकोट बन्द फिर्ता (भिडियो)

Namraj Subedi Nepali Congress Nuwakot

विदुर/ आज बिहान पक्राउ परेका नेपाली काँग्रेसका भातृसंगठनका तिनै कार्यकर्तालाई ६ घण्टापछि जिल्ला प्रहरी नुवाकोटले रिहा गरेको छ । रिहाई गरेको लगतै आज साँझ नुवाकोटको बट्टारमा कोणसभामा नेपाली काङ्ग्रेस नुवाकोटका पुर्व सभापति ध्रुव अधिकारीले शुक्रबार राति मसाल जुलुस र शनिबार भनिएको नुवाकोट बन्द कार्यक्रमलाई फिर्ता लिएको बताउनुभयो । केन्द्रिय समितिको निर्देशन अनुरुप साउन १५ गतेको थप विरोधक कार्यक्रम यथावत रहेको नेपाली कांग्रेस नुवाकोटले जानकारी दिएको छ। विदुर नगरपालिकाले वृद्धि गरेको एकिकृत सम्पत्ति करको विरोधमा उत्रेका नेपाली काँग्रेसका भातृसंगठनका तीन कार्यकर्तालाई ढङ्गामुढा गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS