किसान

 
 

पाइलट प्रोजेक्ट अनुरुप मौरीको घार वितरण

bee house distribution bidur municipality nuwakot

विदुर / नुवाकोटको विदुर नगरपालिकाका किसानहरुलाई मौरीको घारसहित उन्नत जातको मौरी वितरण गरिएको छ । नगरपालिकाको कृषि अनुदान अनुरुप नगरपालिकाका वडा नम्बर २, १० र ११ का मौरीपालक किसानहरुलाई ५० प्रतिशत अनुदानमा १ सय ९ मौरीका घार वितरण गरिएको छ । त्यस्तैगरी किसानहरुलाई मौरी टोपी, मौरी पन्जा र मौरी स्ट्यान्ड समेत वितरण गरिएको छ । नगरपालिकाका उपमेयर गीताकुमारी दाहालले नगरमा पहिलोपटक पाइलट प्रोजेक्टको रुपमा घारसहित मौरी वितरण गरिएको बताउनुभयो । ‘मौरीपालनमा कृषकको आकर्षण बढाउन ५० प्रतिशत अनुदानमा घार वितरण गरेका हौँ’ दाहालले भन्नुभयो । ‘यसले कृषकलाई व्यावसायिक बन्न सहयोग पुग्ने विश्वास लिइएको छ’ उपमेयर…


कल्याणपुर देउराली किसान विद्रोहका गुमनाम योद्धा : चिमो तामाङ

Chimo Tamang Nuwakot Farmer Leader

नारायण नेपाल / तत्कालिन पश्चिम नेपाल एक नम्बर खनायोवास गाउँमा एउटा ठूलो आँधी चल्यो । किसान विद्रोहको लहर उठ्यो । राज्यको दमनको निशाना सोझा गाउँले जनतातिर सोझियो । खनायोवास विस्तारै शान्त हुँदै गयो । त्यही भावभूमि र प्रेरणामा नुवाकोटको कल्याणपुरमा किसान विद्रोहको अर्को भिल्को उठ्यो । विद्रोही र राज्यका सुरक्षा फौज बीच लडाई चल्यो । धेरै स्थानीय जनहरु बिस्थापित भए । देशमा निरंकुशताको उदय भयो । घटना विस्तारै विस्मृतिमा हराउँदै गए । सत्ता र शक्तिको रवाफ, प्रभावमा परेकाहरुको स्तुति गान र आत्मवृतान्तहरु निकै लेखिएका छन् । इतिहास वर्तमानको जननी हो…


अण्डाको मूल्य १५ रुपैयाँ

विदुर/नुवाकोटमा कुखुराको अण्डा उत्पादन गर्ने किसानहरु संगठित भएका छन् । अण्डा उत्पादक किसानहरुको भेलाले रमेश चित्रकारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा रामचन्द्र श्रेष्ठ, सचिवमा ठाकुर नेपाल, कोषाध्यक्षमा सुवर्णमान श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा नवराज कोइराला, दीपक रिजाल, सन्तुमाया तामाङ, रमेश आचार्य र दीपक प्याकुरेल चयन हुनुभएको छ । भेलाले अण्डाको न्यूनतम मूल्यसमेत निर्धारण गरेको छ । नयाँ मूल्य अनुसार अण्डा प्रतिपेटी दुई हजार तीन सय ५० रुपैयाँ होलसेल मूल्य तोकिएको छ । खुद्रा मूल्य दुई हजार चार सय रुपैयाँ र प्रतिगोटा १५ रुपैयाँ तय भएको…


किसान भेला सम्पन्न

विदुर । अखिल नेपाल किसान महासंघ नुवाकोटको अायाेजना विदुर नगरपालिका वडा नं २ नुवाकोट टुडिखेलमा २०७४ असाेज २० गते भेला सम्पन्न सम्पन्न भएको छ भेलाबाट रामशरण बुढाथोकीको अध्यक्षता, उपाध्यक्ष कविराज पाण्डे, सचिव, रिता अछामी र सहसचिव सीता पाण्डे चयन भएका छन । सदस्यहरूमा अप्सरा खतिवडा, राधाकृष्ण भण्डारी, दिपेन्द्र लाेहनी, सञ्जु मिजार, नारायणलाल श्रेष्ठ, शाेभा शाह, श्यामबहादुर काेइराला, सीता बिक, रामेश्वर काेइराला, लक्ष्मण बिक, राधा पाेखरेल, सुजना पाेखरेल, श्रीजना मिजार, राधिका बिक, निता गुरूङ, गिता भण्डारी, रत्न गुरूङ, ज्ञानु नेपाली, ज्ञानकाजी श्रेष्ठ र सुसिला मिजार चयन भएका छन ।


गाउँको डिपार्टमेन्टस्टोर !

नुवाकोटको तारुका गाविसमा रहेको एक पसल जहाँ फलफुलदेखि माटाका भाडा, अन्य खाद्यान्न रेडिमेड सामाग्री मात्रै होइन पेट्रोल समेत उपलब्ध छ ।


रसुवाका टनेलखेतीप्रति आकर्षण बढ्दो

रसुवाको सयौँ किसान टनेलमा गोलभेंडा खेतीतर्फ आकर्षित भएका छन् । प्लास्टिक टनेलको सहायताले तरकारी खेती गर्दा आम्दानी र रोगकिराबाट समेत बचाउन सकिने भएकाले यहाँका किसान टनेलमा गोलभेंडा तथा तरकारी खेतिमा क्रियाशील भएका हुन् । तरकारी खेतिको मौसमी, वेमौसमी तथा विभिन्न तालिम पाएपछि साग, सब्जीसमेतको उत्पादन गर्न किसानहरु अग्रसर भएको र वर्षा मौसममा गोलभेंडा प्रति किसानहरुले किलोग्राम ८० रुपैया रुपैयाँसम्ममा बिक्री हुने गरेको जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ । पहिले बाबुबाजेको पालामा नुवाकोटको त्रिशूली बजारबाट खानका लागि गोलभेंडा ल्याउनुपथ्र्याे, अहिले गाउंमै फल्दा खुसी लागेको धैवुङका किसान भीम पौडेलले बताए ।…


बुद्धभुमी हाड्रडोले सुकाउँदै छ नौं हजार रोपनी खेत

सातबिसे/ बुद्धभुमी नेपाल हाइड्रो पावर हाउस कम्पनीले निर्माण गर्न लागेको जलविद्युत् आयोजनाका कारण नुवाकोट जिल्लाको क्षेत्र नं. २ को प्रमुख फाँटहरु सुख्खा बन्ने खतरा देखिएको छ । कम्पनीले जलविद्युत् आयोजना निर्माणको अनुमती लिदा यस क्षेत्र वरपर सिञ्चाई आयोजना नै छैन भन्ने झुट्टो विवरण तयार गरी निर्माण सुरु गर्दा कम्पनी र यहाँका उपभोक्ता बीचमा टकराव उत्पन्न भएको छ । सुन्दरादेवी र बालकुमारी गाविसको बीचमा पर्ने तादी खोला मुहान गरी सञ्चालन भईरहेको सातबिसे खराने सिञ्चाई उपभोक्ता संस्थाको मुहान भन्दा आठ सय मिटर माथी कम्पनीले जल विद्युत् आयोजनाको पानी जमाउने ड्याम बनाउन लागेपछि किसानहरुले…


बुढाबुढीले धानेको असार मासको रोपाई

asar-mela

विदुर, २१ असार । मानो रोपेर मुरी उब्जाउने महिनाको रुपमा चिनिने असारमा नुवाकोटका कृषक धान रोपाइँमा व्यस्त छन् । कृषकलाई कामको चटारो परिरहँदा गाउँमा काम गर्ने युवा जनशक्तिको अभाव भएर खेती लगाउनै समस्या देखिन थालेको छ । वैदेशिक रोजगारको आकर्षणले युवा जमात विदेश पलायन हुँदा गाउँ युवाविहीन बनेको कारण असारको हिलोमा धान रोपाइँ गर्न महिला, बालबालिका र वृद्धवृद्धा जानुपर्ने बाध्यता बढेको छ । स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुँदा युवा दिनदिनै विदेश पलायन हुन बाध्य छन् । राजनीतिक अस्थिरताका कारण देशभित्र रोजगारीका अवसर सहज नहुँदा यस जिल्लाबाट हरेक वर्ष बिदेशिनेको संख्या…


तरकारी उत्पादक कृषकहरुको भेला सम्पन्न

विदुर, १८ असार । नुवाकोटको नर्जामण्डप, कविलास र पञ्चकन्या गाविसको संगम स्थल बाउनबेशीमा तरकारी उत्पादन किसानहरूको भेला आज सम्पन्न भएको छ । अखिल नेपाल किसान महासंघ नुवाकोट जिल्ला साखाको आयोजनामा भेलाले नर्जामण्डप तरकारी उत्पादन समूह गठन गरेको छ । भेलाले ठाकुर भण्डारीको अध्यक्षतामा २५ सदस्यीय ३ गाविस स्तरिय नर्जामण्डप तरकारी उत्पादन समूह गठन भएको छ । समितिको सहसंयोजकमा सहदेव अधिकारी, सचिवमा सिद्धमणी मिश्र र कोषाध्यक्ष लिलामाया आचार्य रहनुभएको छ । यस्तै सदस्यहरुमा नेत्रबहादुर थापा, रामचन्द्र भण्डारी, कमला तामाङ, सुर्यप्रसाद पौडेल, हरि तामाङ, पदमप्रसाद नेपाल, बुद्धिबहादुर तामाङ, गणेशकुमार रिजाल, श्यामबहादुर तामाङ,…


पाँच प्रतिशत ब्याजदरमा ऋण पाइने

बिदुर, १६ असार । साना किसान विकास बैङक सदस्यहरुले जीविकोपार्जन र पुनःस्थापनाका लागि ५ प्रतिशत ब्याजदरमा ऋण पाउने भएका छन् । जीविकोपार्जन र पुर्नस्स्थापनाका लागि साना किसान विकास बैंकले यस्तो ऋण प्रवाह गर्ने भएको छ । पहिलो चरणमा ४ हजार ४ सय १८ जना पीडित साना किसानलाई २० वटा सहकारी संस्था मार्फत १९ करोड १ लाख रुपैयाँ वितरण भएको हो । यो विशेष प्रकारको कर्जा भएकाले यो सुविधा लिने व्यक्तिले सरकारबाट प्राप्त सबै सुविधा पाउने बैंकले जनाएको छ । पीडित साना किसानहरूको जीविकोपार्जन र पुनस्स्थापनाका लागि एसियाली विकास बैंक (एडीबी)…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS