कृषि

 
 

माघमा “तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण एक्स्प्रो २०१९” हुँदै

Nepal Agritech Dabali Khabar 2019

ललितपुर / कृषि तथा पशुपालन क्षेत्रलाई लक्षित गरेर आगामी माघको ११ गतेदेखि १३ गतेसम्म धरानमा “तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण एक्स्प्रो २०१९” हुने भएको छ । कृषि विभागअन्तर्गतको कृषि इञ्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्तरुपमा कार्यक्रमको आयोजना गर्न लागेको नेपाल कृषि मेशिनरी व्यवसायी संघले जनाएको छ । कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको हो । एक्स्प्रोमा आधुनिक कृषियन्त्र, आधुनिक सिँचाइ प्रविधि, गुणस्तरीय बीउबिजन, कुखुरापालन, डेरी, माछापालनलगायतका सामग्री रहनेछ । एक्स्प्रोबाट कृषि क्षेत्रको समग्र विकास र कृषि उत्पादन…


सहकारीमार्फत कृषिको आधुनिकीकरण सहज

KP Oli

काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमार्फत कृषिको आधुनिकीकरण गर्न सहज हुने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ललगायत तीन सहकारीकर्मीलाई आज नेपाल कम्युनिष्ट पार्टी प्रवेश गराउँदै प्रधानमन्त्रीले सरकारले भू-उपयोगसम्बन्धी नीति बनाएर कृषि उत्पादन वृद्धि गर्ने र सहकारीमार्फत सामूहिक खेतीको अवधारणा ल्याइने बताउनुभयो । संविधानसभामा नेपाली काँग्रेसका तर्फबाट सभासद् रहनुभएकी मल्लले ‘काँग्रेस प्रजातान्त्रिक पार्टी नरहेको र नेकपामा प्रजातान्त्रिक वातावरण भएकाले’ आफू नेकपामा प्रवेश गरेको बताउनुभयो । मल्लका साथमा सहकारीकर्मी विजयसुन्दर खड्का र रीता बराल पनि नेकपामा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी…


बालीमा बिषदीयूक्त नीतिको ज्ञानको अभाव: मदनकुमार थापा

विदुर / कृषकलाई व्यवसायिक गोलभेँडा खेति तथा तरकारी व्यवसाय ७ दिने तालिम सम्पन्न भएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाई नुवाकोटक प्रमुख मदनकुमार थापाको प्रमुख आतिथ्यमा भएको थियो । कृषि उत्पादनले जिल्लालाई धान्न नसकिएको अवस्थामा थोरै जग्गामा धेरै उत्पादन गर्नुपर्ने प्रविधि र कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताउनुभयो । बालीमा बिषदीयूक्त नीतिको ज्ञानको अभावमा कृषि उपज उत्पादनमा कमि भएको थापाले बताउनुभयो । कार्यक्रममा तालिमबाट प्रशिक्षार्थीहरुले व्यवसायिक कृषिको ज्ञान र सिपबाट कृषि व्यवसायतर्फ उन्मुख हुनसक्ने विश्वास सचेतना सामुदायिक सिकाई केन्द्र विदुरका अध्यक्ष पशुपति कोईरालाले धारणा व्यक्त गर्नुभयो । त्यस्तै, व्यवसायिक खेति प्रविधिको सिपलाई…


दोस्रो युवा कृषिउद्यम सम्मेलन सम्पन्न

काठमाडौँ/युवालाई कृषिमा आकर्षित गराउने उद्देश्यले शुरु भएको ‘दोस्रो युवा कृषिउद्यम सम्मेलन’ १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । कृषिलाई उद्यमशीलतामार्फत मुलुकको विकास गर्ने उद्देश्यका साथ फोर एच नेपालको आयोजनामा आइतबारदेखि शुरु भएको सम्मेलन सोमबार–साँझ सम्पन्न भएको हो । सम्मेलनले परम्परागत कृषिलाई हटाएर आधुनिक कृषि प्रणाली अवलम्बन गर्नुपर्ने, कृषिमा केन्द्रमुखीभन्दा स्थानीयमुखी बजेट विनियोजन गर्नुपर्ने, एक स्थानीय तहमा एक कृषि आधुनिक केन्द्रको स्थापना गर्नुपर्ने, भूकम्पपीडित कृषकलाई राहत उपलब्ध गराउनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । यसैगरी, कृषकलाई सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने, विदेशबाट आयात गरिएका कृषि सामग्रीमा लाग्ने भन्सार छुट गर्नुपर्ने, विषादी मल…


कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण

Maize Processing Machine Distribution in Surunga Jhapa

सुरुङ्गा, झापा/बिर्तामोड नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको छ । कृषिमा यान्त्रीकरण गर्दै उत्पादन बढाउने र कृषि क्षेत्रमा बढिरहेको लागत घटाउने उद्देश्यका साथ नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको हो । बिर्तामोड नगरपालिकाभित्रका आठवटा कृषक समूहलाई प्रतिसमूह एउटा हाते ट्र्याक्टर र २० वटा समूहलाई मकै छोडाउने मेशिन वितरण गरिएको नगर प्रमुख धु्रवकुमार शिवाकोटीले बताउनुभयो । हाते ट्र्याक्टर खरिदमा समूहको १५ प्रतिशत र नगरपालिकाको ८५ प्रतिशत अनुदान रहेको बिर्तामोड नगरपालिकाका कृषि अधिकृत राजेन्द्र कडरियाले बताउनुभयो । प्रतिहाते ट्र्याक्टर खरिदमा…


भुक्तानी रोकेको विरोधमा आन्दोलन गर्ने

sugarcane Nepal agriculture

महोत्तरी/उखुको भुक्तानी अनिश्चितकालका लागि रोक्का गरिएको विरोधमा उखु उत्पादक कृषि संघ, रामनगर, महोत्तरीले चरणबद्धरुपमा आन्दोलन गर्ने निर्णय गरेको छ । गौशाला नगरपालिका–१ मा रहेको एभरेष्ट चिनी उद्योग रामनगरले जेठ १ गते सार्वजनिक सूचनामार्फत अनिश्चितकालका लागि उखुको भुक्तानी रोक्का गरिएको जनाएको थियो । उखु उत्पादक कृषक संघ, महोत्तरीले बिहीबार मूलगेटमा बैठक बसी विभिन्न आन्दोलनको कार्यक्रम जारी गरेको हो । अध्यक्ष नरेशसिंह कुशवाहाले जारी गरेको सूचनाअनुसार जेठ ५ गते शनिबार सार्वजनिक रुपमा प्रचारप्रसार गर्ने, जेठ ६ गते दिउँसो २ः३० बजेदेखि अनिश्चितकालको तालाबन्दी गर्नेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । जेठ ६ गतेका…


बाख्रापालनबाट डेढ लाख कमाइ

नुवाकोट/रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुङका कृष्णबहादुर तामाङ बाख्रापालन गरी वार्षिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । मैलुङमा खेतीका लागि उर्वर भूमि नहुँदा आर्थिक अवस्था कमजोर भएका ५६ वर्षीय तामाङले २० वर्षअघि एउटा बाख्राबाट बाख्रापालन शुरु गर्नुभएको हो । अहिले उहाँको खोरमा ७० भन्दा बढी बाख्रा छन् । दुई दशकको अवधिमा उहाँले २०० भन्दा बढी बाख्रा बिक्री गरिसक्नुभएको छ । “आम्दानी राम्रै भएको छ, घर चलाउन अरु केही गर्नु परेको छैन,” तामाङले भन्नुभयो, “लगानी पनि धेरै गर्नु परेको छैन, चरनको भरमा चलिरहेको छ ।” स्थानीय रैथाने जातको…


गुगलबाटै व्यवसायिक तरकारी खेती

पाँचथर – पाँचथरको फिदिमबाट प्रशारण हुने एक स्थानीय एफएममा काम गरेका सिकुम थाम्सुहाङलाई एफएमको कमाइ पुग्दो भएन । एफएफमा तीनवर्षसम्म प्राविधिक प्रमुखको जिम्मेवारी सम्हालेका उनी जागिर छाडेर तरकारी खेतीतर्फ लागे । फिदिम–३ को दुमाहावेंशीमा १७ रोपनी जग्गा लिजमा लिइ उनले थालेको तरकारी खेती अहिले जमेको छ । गतवर्षको फागुनमा शुरु गरेको तरकारी खेतीले प्रतिफल दिन थालेको छ । सबैभन्दा रमाइलो पक्ष उनको खेतीको सिकाइ गुगलमा बढी आधारित छ । थाम्सुहाङ भन्छन्, “तरकारीमा रोग किरा लागे कसरी उपचार गर्ने ? स्वस्थ फलफूल र विरुवा उत्पादन गर्न कुन विधि अवलम्बन गर्ने ?…


घाँस न पात तर गाईबाट मासिक एक लाख

पोखरा/झट्ट सुन्दा जो कोहीलाई पनि अचम्म लाग्छ की घाँस, कुडोलागयत केही पनि खुवाउन नपर्ने र भकारो समेत सोर्न नपर्ने गाईबाट मासिक रु एक लाख आम्दानी हुने गरेको छ । यहाँको मुख्य पर्यटकीय क्षेत्र छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्रको कामधेनु गाईगोठमा रहेको यन्त्रजडित गाईबाट मासिक रु एक लाख आम्दानी हुँदै आएको छ । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको गुप्तेश्वर गुफामा राखिएको यान्त्रिक गाई गुफाको निरन्तर राम्रो आम्दानीको स्रोत बन्दै आएको हो । गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार कामधेनु गाईगोठमा अवस्थित यन्त्र जडित गाईको नजिकै रहेको सानो प्वालमा गुच्चा राखेपछि…


तरकारी बोकेर बजारतर्फ

नुवाकोट/नुवाकोटको लिखु गाँउपालिकाका किसानले उत्पादन गरेको हिउँदे तरकारी बिक्रीका लागी सदरमुकाम लग्दै । यहाँ यातायातको साधन नहुँदा किसानले बिहानै तरकारी बोकेर बजार लग्नुपर्ने बाध्यता रहेको छ । तस्बिर: रासस


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS