कोरोना

 
 

‘नेपाल पुलिस मोबाइल एप’

nepal police logo

काठमाडौँ – नेपाल प्रहरीले विभिन्न घटनाको बारेमा जानकारी दिन ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ । विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ बारे सूचना तथा जानकारीका साथै घरेलु हिंसा, अपहरण, लागुऔषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यानसम्बन्धी, हातहतियार तथा विष्फोटक पदार्थलगायत अन्य विविध घटनाबारेमा उक्त एपबाट जानकारी प्राप्त गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल उक्त एपलाई अपडेट गरेर कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका विषयका साथै लकडाउनको उल्लङ्घन, कालोबजारी, आफू वा छरछिमेक कसैलाई कोरोना भाइरसको लक्षण देखिएमा तथा सेल्फ क्वारेन्टाइनमा रहेको सूचना पनि उक्त एपमार्फत जानकारी दिइने प्रहरी…


आवागमनमा थप कडाइ गर्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्काे प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्काे स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा यो नै उत्तम उपाय हुन्छ भन्ने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म बन्दाबन्दी (लकडाउन) को अझ पूर्ण पालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारीरुपमा काम गर्न सरकारले निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले…


व्यवसायीद्वारा मजदूरलाई सहयोग

बुटवल – कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण बेरोजगार भएका तीन दर्जन मजदूरलाई यहाँका एक व्यवसायीले आर्थिक सहयोग गरेका छन् । बुटवल उपमहानगरपालिका–११ कालिकानगरका रोडा–ढुङ्गा व्यवसायी वैभवलक्ष्मी सप्लायर्सका सञ्चालक सिद्धार्थ गुरुङले कालिकानगर क्षेत्रमा विभिन्न क्षेत्रमा मजदूरी गर्ने ३५ मजदूरलाई आज जनही रु पाँच हजार सहयोग उपलब्ध गराउनुभएको हो । लकडाउनले घर जान नपाएका र दैनिकरुपमा मजदूरी गर्ने काम बन्द भएपछि साँझ बिहान खानपिनका लागि खाद्यान्न जुटाउन नसकेको जानकारी पाएपछि सहयोग उपलब्ध गराएको व्यवसायी गुरुङले बताउनुभयो । ती मजदूर दाङ, बर्दिया, कैलालीलगायतका जिल्लाबाट बुटवल क्षेत्रमा आएर लामो…


पिपिइ जथाभावी प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ – सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पिपिइ) को चिकित्सक र स्वास्थ्यकर्मीलाई जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीलाई पिपिइ अत्यावश्यक काममा मात्र प्रयोग गर्न आग्रह गर्नुभएको हो । उहाँले पिपिइ धेरैले नभएकाले बिरामीलाई मात्र समुचित प्रयोग गर्न आग्रह गर्नुभएको हो । मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोभिड– १९ को सङ्क्रमण दिनप्रतिदिन देखिन थालेकाले नमूना परीक्षणको दायरासमेत बढाइ क्वारेन्टाइन अवधि बढाइने जानकारी दिनुभयो । आज कैलालीमा…


लकडाउन उल्लङ्घन गर्ने २ सय ११ जना प्रहरी नियन्त्रणमा

district police office nuwakot

विदुर – कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने २ सय ११ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लकडाउनको निशेधाज्ञा उल्लङ्घन गरी घर बाहिर र सडकमा हिंडीरहेका ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । उल्लङ्घन गर्नेहरुलाई लकडाउनको पालना गराउने कागज गराई आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी प्रमुख अबीनारायण काफ्लेले जानकारी दिए । दोस्रोपटक भेटिएमा संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ । ऐनमा आदेश अपहेलना गर्ने व्यक्तिलाई १०० रूपैयाँ जरिवानादेखि १ महिनासम्म कैद र अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्याउनेलाई ६ महिना कैद, ६ सय…


जेष्ठ नागरिक र अनाथ बालबालिकालाई खाद्यान्न वितरण

bidur tax constultancy donate food in lock down period

विदुर – विश्वभर कोरोनाभाइरसको जोखिम बढिरहेको अवस्थामा नेपालमा पनि संक्रमण फैलिदैं छ । सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको लागि गत चैत्र ५ गतेदेखि देशभर लकडाउन जारी गरेको आज बाह्रौं दिन भइसकेको छ । यस्तै असहज परिस्थितिलाई मध्यनजर गर्दै विदुर कर परामर्श सेवाले अनाथ बालबालिका, जेष्ठ नागरिक र एचआईभी भएका नागरिकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । शनिबार कर परामर्शले विदुर नगरपालिका वडा नम्बर २ शिवालय टोलमा रहेको जनजाती कल्याण आश्रम नेपाल नाम गरेको संस्थाद्वारा सञ्चालित आमाको माया छात्राबासका अध्यक्ष सोमप्रसाद पाण्डेलाई विदुर नगरपालिका-२ का वडासदस्य राधाकृष्ण भण्डारीमार्फत् उक्त सामग्री हस्तान्तरण गरेका छन् । त्यस्तै, त्रिशुली प्लसद्वारा भरणपोषण…


लकडाउन, विद्यार्थी र एकान्तबासको एसइई तयारी: बाबुराम लामिछाने

baburam lamichhane

कोरोनाभाइरसको महामारीले सिङ्गो विश्व आक्रान्त छ । मानव सभ्यतालाई नै चुनौती दिँदै सङ्ग्रालिएको यो डँढेलोसँग नेपाल पनि विश्व समुदायसँग एकाकार भएर जुध्दैछ, जसका लागि सिङ्गो विश्व लकडाउनमा छ र हामी पनि । लक डाउनसँगै हाम्रा शैक्षिक, औद्योगिक, व्यापारिक, सांस्कृतिक लगायत सम्पूर्ण प्रणाली पनि ‘लक’ भएका छन् । यसले वर्तमानमा अन्योल त निम्त्याएको छ नै भविष्य पनि सङ्कटतर्फ धकेलिँदै छ । कस्तो अन्योल र शङ्कट सिर्जना गर्छ त्यो भविष्यले देखाउँदै जाला तर प्रभावलाई कम गर्न वा कम क्षतिमा यसको सामना गर्ने तयारीचाहिँ हामीले आजै गर्नुपर्छ । लकडाउनको अवधि दुई साता पुग्नैलाग्दा…


१७औं दिनमा मलेसिया लकडाउनमा नेपाली: बसन्त न्यौपाने

basanta neupane work in malaysia in lockdown coronavirus covid19 2020 april 4

चीनबाट सुरु भएको कोरोनाभाइरस (कोभिड-१९) संसारभर फैलिरहेको अवस्थामा मलेशिया पनि अछुतो रहेन । मलेसिया सरकारले पनि मार्च १८ तारिकदेखि मार्च ३१ तारिकसम्म लकडाउन घोषणा गरेको थियो। कोरोना सङक्रमितको सङख्या बढ्दै गएपछि फेरि दुई हप्ता थपेको छ । दुई हप्ता भनेको मार्च १८ देखि ३१ हुँदै अब अप्रिल १४ सम्म लम्बिएको छ । लकडाउन भए पनि हामीले काम गर्ने ठाउँ अहिले पनि २४ घण्टा चल्न सरकारले अनुमति दिएको हुनाले हामि यहाँ फ्रन्टलाइनमा बसेर काम गरिरहेका छौं । दैनिक १२ घण्टामा धेरै मान्छेसँग हाम्रो आमुन्ने सामुन्ने देखभेट हुन्छ । हामी साधारण सर्जिकल…


चक्र देव पोलिक्लिनिकद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री

chakra dev policlinic distribute health equipment journalist nuwakot

विदुर –  चक्र देव पोलिक्लिनिकले जिल्लास्थित क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । आज पोलिक्लिनिकका डाक्टर कमल भण्डारीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पोलिक्लिनिकले १०० मिलिलिटरको ह्याण्ड स्यानिटाइजर ४० थान, सर्जिकल मास्क ५० थान र सर्जिकल पन्जा ५० थान स्वास्थ्य सामग्री वितरण गरिएको हो । नुवाकोटका क्रियाशील पत्रकारहरुलाई कोरोना भाईरसको सम्भावित संक्रमणबाट सुरक्षित हुन आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरिएको पोलिक्लिनिकका प्रबन्धक निर्देशक सुशील पण्डितले बताए । असहज परिस्थितिमा पत्रकार महासंघका अध्यक्ष खनाल, सचिव जगदीश खनाल, सह-सचिव तथा नेपाल प्रेस…


कोरोना : आपूर्ति व्यवस्थापनको जिम्मा स्थानीय तहलाई, आफूखुशी सहायता वितरण गर्न नपाउने

district administration office dao nuwakot daonuwakot

विदुर – कोरोनाभाइरस (कोभिड-१९) महामारी रोकथाम नियन्त्रणका सन्दर्भमा आपूर्ति व्यवस्थापनको नेतृत्व स्थानीय तहलाई दिइने भएको छ । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले स्थानीयस्तरमा अत्यावश्यक वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज बनाउनका लागि स्थानीय तहहरुले नेतृत्व लिई सोहि अनुसार मापदण्ड बनाई जिल्लास्थित सबै पालिकाका वडाहरुको वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरी परिचालन गरि बजार व्यवस्थापन गर्ने निर्यण गरेको छ । नोभेल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण समितिको बैठकले सहायताको नाममा कसैले पनि चन्दा उठाउन वा आफूखुशी सहायता वितरण गर्न नपाउने, वितरणमा दोहोरोपना हुन नदिने र स्थानीयले दैनिक उपभोग्य वस्तुहरूको मौज्दात नियमित रूपमा अद्यावधिक गरी सार्वजनिक गर्ने…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS