क्रिकेट

 
 

गौतमबुद्ध क्रिकेट रंगशालालाई २८ टिप बालुवा सहयोग

gautam buddha stadium sand help

भरतपुर – चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि नुवाकाेटका आईचर व्यवसायीले २८ आईचर बालुवा र ६ टिप गिट्टी सहयोग गरेको छ । साथै व्यवसायीले नगद रु ६० हजार ५ सय ५० रुपैयाँ सहयोग गरेको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएकाे छ । राष्ट्रिय गौरवको आयोजना रंगशाला निमार्णको लागि गिट्टी बालुवा सहयोग गरेको आईचर व्यवसायीका प्रतिनिधि इन्द्रलाल श्रेष्ठले बताए । राष्ट्रिय झण्डासहित ब्यानर हालेर शनिबार नुवाकाेटबाट गएको टोलीले आज बिहान रंगशाला निमार्ण स्थलमै पुगेर रंगशाला निर्माण अभियन्ता कुमार कट्टेल “जिग्री” लाई बालुवा हस्तान्तरण गरेको हो। नुवाकोट आईचार व्यवसायी संघले नि:शुल्क गिट्टी बालुवा ढुवानी गरेको हो । धुर्मुस सुन्तली फाउण्डेसनले…


गुड्विल एकेडमी १७ रनले विजयी

inter school cricket nuwakot 2020

विदुर – आज भएको जिल्लाव्यापी अन्तर विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा गुड्विल एकेडमी १७ रनले विजयी भएको छ । गुड्विल एकेडेमी र अर्किड एकेडेमीबिचको खेलमा अर्किडले टस जितेर फिल्ड रोजेको थियो । गुड्विलले २० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ११७ रन बनायाे । अमिक कुमालले सर्वाधिक ३८ र रोशन लामाले ३० रन बनाए । बलिङतर्फ अर्किडका प्रदिप माझीले ३ विकेट लिए । ११८ रनको लक्ष्य पछ्याउँदै खेलेको अर्किड एकेडेमी १६ ओभर खेली सबै विकेट गुमाएर जम्मा १०० रन बनाए । बलिङतर्फ गुड्विलका अमिक कुमालले ३ विकेट लिए । ३८ रन ३ विकेट लिएका अमिक…


उद्घाटन खेलमा गुडवील एकेडेमी विजयी

district school level cricket competition nuwakot

विदुर – जिल्लाव्यापी अन्तर विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गुडवील एकेडेमी विजयी भएका छन् । देवीघाट बाल क्लब र नुवाकोट क्रिकेट संघको संयुक्त आयोजनामा भएको पहिलो खेलमा सहिद जगत प्रकाशजंग संस्कृत मावि र गुडवील एकेडेमी बीच भएको खेलमा टस जितेर ब्याटिङ गर्न आएको सँस्कृत माविले १० ओभरमा ५१ रनको झिनो योगफल तयार गर्‍यो । नुवाकोट आदर्श बहुमुखी क्याम्प्सको खेल मैदानमा भएको खेलमा ब्याटिङतर्फ संस्कृत माविका श्रीतेश राईले १२ बलमा १८ रनको योगदान दिए । कम योगफलमा समेट्न गुडवील एकेडेमीका तर्फबाट अमिक कुमालले ४ ओभरमा ५ विकेट लिए । ५१ रनको विजयी लक्ष्य…


जिल्लास्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुँदै

nuwakot cricket 2076

विदुर, नुवाकोट / जिल्लास्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आगामी वैशाख १५ गते हुने भएको छ । शुक्रबार विदुरमा पत्रकार सम्मेलन गर्दै  नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले जिल्लामा उत्कृष्ट क्रिकेट खेलाडी छनौटको लागि विद्यालयस्तर प्रतियोगिता आयोजना गरिन लागेको बताउनुभयो । प्रतियोगितामा विजेताले रु.३० हजार र उपविजेताले रु.२० हजार रकमसहित मेडल र ट्रफि प्राप्त गर्ने अध्यक्ष पाठकले जानकारी दिनुभयो । म्यान अफ द म्याच, म्याद अफ द सिरिज, उत्कृस्ट ब्याट्स म्यान र उत्कृस्ट ब्याउजरका उपाधि समेत रहेको र उक्त खेलाडीहरुलाई नगद पुरस्कार सहित ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिता विदुर नगरपालिका वडा नं ४ नुवाकोट…


“नुवाकोट क्रिकेट खेल विकासको लागि १ रुपैंयाँ समेत सहयोग भएको छैन”: पाठक

nuwakot cricket

विदुर / नुवाकोट क्रिकेट संघको आयोजना जिल्लाव्यापी विद्यालयस्तरिय क्रिकेट प्रतियोगिताको समापन कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले क्रिकेट खेलमैदानको निर्माणमा नगरपालिका सकारात्मक रहेको बताउंदै नुवाकोट क्रिकेट संघलाई सहयोग गर्न तत्पर रहेको बताउनुभयो । विदुर नपा-४ का वडाध्यक्ष टलकमान श्रेष्ठ, नुवाकोट उद्योग बाणिज्य संघका कोषाध्यक्ष गिता अमात्य लगायतले नुवाकोट क्रिकेट विकासको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । संघका अध्यक्ष दुर्गाराज पाठकले नगरपालिका र जिल्ला खेलकुद विकास समितीले क्रिकेट खेललाई पक्षपात गरेर जिल्लाको जिम्मेवार पक्षबाट क्रिकेट विकासको लागि कुनै किसिमको सहयोग नपाएको आरोप लगाएका छन् । समितिले फुटबल खेल विकासको लागि २०…


शुभेनियर ३३ रनले विजयी

souvenir boarding school nuwakot cricket team wins

बिदुर / नुवाकोट क्रिकेट संघको आयोजना र नुवाकोट जेसिजको सह-आयोजनामा संचालित जिल्लाब्यापी विद्यालयस्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा शुभेनियर बोर्डिङ स्कुल विजयी भएका छन् । शुभेनियर बोर्डिङ स्कुल र च्वाडी पब्लिक मा.वि. बिच भएको पहिलो खेलमा शुभेनियर बोर्डिङ ३३ रनले बिजयी भएका हुन् । टस हारेर पहिले ब्याटिङ गरेको शुभेनियर बोर्डिङले १८.२ ओभरमा अलआउट हुँदै ८७ रन बनायो । शुभेनियरको तर्फबाट गौरव गजुरेलले २१ रन र दिपेश सुनारले १४ रन बनाएक थिए । बलिङतर्फ च्वाडीका सबिन डङ्गोल र सुभाष तामाङले समान ३/३ विकेट र राजन जैसवालले २ विकेट लिएक थिए ।…


क्रिकेटको कथामा फिल्म बन्ने, एक्सपर्टले निर्माण गर्ने

paras khadka criket nepal expert education

एफकेएम / खेलकुदमा आधारित भएर नेपालमा खासै फिल्म निर्माण भएका छैनन् । बनेका पनि बक्सअफिसमा चम्किएका छैनन् । डण्डीवियोको कथामा फिल्म ‘डमरुको डण्डीवियो’ र क्रिकेटमा आधारित भएर ‘च्याम्पियन’ निर्माण भएको थियो । यस्तै, फुटबल खेलाडीको संघर्षमा फिल्म ‘क्याप्टेन’ तयार भएको छ । यसबीच नेपाली युवापुस्तामा सर्वाधिक लोकप्रिय क्रिकेट खेलमा आधारित भएर एक फिल्म निर्माण हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले क्रिकेटको कथामा फिल्म निर्माण गर्न लागेको हो । एक्सपर्टका सद्धभावना दुत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले फिल्मबारे जानकारी दिए । अष्ट्रेलियाको सिड्नीमा आइतबार आयोजित…


टि-२० क्रिकेटमा देविघाट जालपा युथ क्लब विजयी

CAN T-20 Cricket Nuwakot

विदुर / नुवाकोट क्रिकेट संघको आयोजनामा जिल्लाव्यापी खुल्ला टि-२० क्रिकेट प्रतियोगिताको उपाधी देविघाट जालपा युथ क्लब विजयी भएका छन् । प्रतियोगिताको समापन विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नुवाकोटमा क्रिकेट खेलको विकासको लागि खेल मैदान र भौतिक पूर्वाधारको लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले नुवाकोटको क्रिकेट विकासको लागि मैदान र आर्थिक सहयोग भएमा मात्र अघि बढ्न सकिने बताउनुभयो । प्रतियोगिताको फाईनलमा देविघाट जालपा युथ क्लबले नक्षत्र स्पोर्ट्स क्लबलाई २७ रनले हराएर विजयी भएका छन् । साथै…


जिल्लाव्यापी टि-२० क्रिकेट: नक्षत्र क्रिकेट क्लब ४ विकेटले विजयी

district level t20 cricket nuwakot

विदुर, नुवाकोट / नुवाकोट क्रिकेट संघको आयोजनामा शुक्रबारदेखि जिल्लाव्यापी टि-२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । उद्धघाटन समारोहका प्रमुख अतिथि विदुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष शिव चित्रकारले नुवाकोटको क्रिकेट विकासको लागि पूर्वाधार निर्माणको खाँचो रहेको बताउनुभयो । नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले नुवाकोटको क्रिकेट विकासको लागि मैदान र आर्थिक सहयोग भएमा मात्र अघि बढ्न सकिने बताउनुभयो । लिग चरणको आधारमा खेलाईने प्रतियोगितामा नक्षत्र स्पोर्ट्स क्लब, युनिक व्वाइज ढुंगे, देविघाट बाल क्लब र पिपलटार सामाजिक युथ क्लबले खेल्नेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु.१० हजार रुपैंयासहित शिल्ड, मेडल…


पोखरा प्रिमियर लिग हुने, खेलाडीको मूल्य १ लाख ५० हजारसम्म

pokhara premiere league

पोखरा  / क्विन्स इभेन्टसको आयोजनामा कार्तिक ९ देखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पिपिएल) हुने भएको छ । पहिलो संस्करणको पोखरा प्रिमियर लिग खेल्न इच्छुक खेलाडीले लिगको नाम दर्ता वेबसाइटबाट गराउन सकिनेछ । खेलाडी दर्ता शुल्क १ हजार र शुल्क ई-सेवामार्फत बुझाउन सकिने आयोजकले बताएको छ । सहभागी प्रत्येक समुहले आफ्नो स्क्वाडमा १५-१८ वर्षको खेलाडीलाई समावेश गराउनु पर्नेछ। त्यस्तै, न्यूनतम १० खेलाडीको छनौट अक्सन मार्फत हुनेछ भने हरेक टोलीमा १ मार्की खेलाडी, २ विदेशी खेलाडी र २ स्थानीय खेलाडीलाई “लोकल आइकन” का रुपमा समुहमा लिनु पर्नेछ। प्रतियोगितामा नाम दर्ता गराउने खेलाडीहरुलाई…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS