जिल्ला प्रहरी कार्यालय

 
 

लकडाउन उल्लङ्घन गर्ने २ सय ११ जना प्रहरी नियन्त्रणमा

district police office nuwakot

विदुर – कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने २ सय ११ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लकडाउनको निशेधाज्ञा उल्लङ्घन गरी घर बाहिर र सडकमा हिंडीरहेका ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । उल्लङ्घन गर्नेहरुलाई लकडाउनको पालना गराउने कागज गराई आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी प्रमुख अबीनारायण काफ्लेले जानकारी दिए । दोस्रोपटक भेटिएमा संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ । ऐनमा आदेश अपहेलना गर्ने व्यक्तिलाई १०० रूपैयाँ जरिवानादेखि १ महिनासम्म कैद र अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्याउनेलाई ६ महिना कैद, ६ सय…


५ सय ५५ लिटर अवैध घरेलु मदिरा नष्ट

district police office nuwakot

विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न स्थानबाट सङ्कलित अवैध घरेलु मदिरा नष्ट गरेको छ। प्रहरीले गएको तीनदिनमा बरामद गरिएको पाँच सय ५५ लिटर मदिरा र कच्चापदार्थ नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार तयारी अवस्थाको तारकेश्वर गाउँपालिका-५ भन्ज्याङथोकबाट ८० लिटर, वडा नम्बर २ माझिगाँउबाट २ सय ७५ लिटर र बेलकोटगढी नगरपालिका-७ नन्दुटारबाट २ सय लिटर मदिरा र ३ सय लिटर कच्चापदार्थ बरामद गरि नष्ट गरिएको हो। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय दाङसिङ र तारुकाबाट खटि गएका प्रहरी टोलीले अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरीको भनाइ छ। गाउँघरमा…


आगो बाल्दै प्रहरी, चिसोका कारण जनजीवन प्रभावित

fire camp nepal police winter season nuwakot

विदुर – अत्याधिक चिसोका कारण जनजीवन कष्टकर बनेपनि जिल्ला प्रहरी कार्यालय नुवाकोटले दाउरा वितरण सुरु गरेको छ । विदुर नगरपालिकाको मुख्य बजार विदुर, बट्टार र ढुङ्गेमा बढ्दै गएको चिसो/शीतलहरबाट बच्नको आगो बालेर सामुहिक रुपमा आगो ताप्ने प्रबन्ध मिलाएको निमित्त प्रहरी प्रमुख राजेश थापाले जानकारी दिनुभयो । दुई दिनदेखि शितलहर सुरु भएपछि स्कुले बालबालिका, बटुवा र वृद्धलाई पर्ने समस्यालाई मध्यनजर गर्दै प्रहरीले बजार क्षेत्रमा आवत जावत गर्ने सेवाग्रही, बटुवालाई सहज बनाउन चोक-चोकमा दाउरा वितरण गरेको हो । देशभर दुई दिनदेखि लागेको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ । देशको पश्चिमी पहाडी भू-भागमा…


हराएको मोटरसाईकल सम्बन्धित धनीलाई फिर्ता

thift motorcycle nuwakot police dponuwakot

विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटले मोटरसाईकल चोरी भएका मोटरसाईकल सम्बन्धित धनीलाई फिर्ता गरेको छ । विदुर नगरपालिका वडा नम्बर ५ तादी पुलका प्रकाश तामाङको बा.७२प ५५२४ नम्बरको पल्सर मोटरसाईकल चोरेर लैजाने क्रममा  बेलकोटगढी नगरपालिकाको वडा नं. १० को बिर्तामोडमा सडक छेउमा बेबारिसे छाडेको अवस्थामा भेट्टाएर सम्बन्धित मोटरसाइकल धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । त्यस्तै, विदुर नपा वडा नम्बर ६ ईनारपाटीका सूर्य तामाङको बा.६५प ८८५९ को मोटरसाइकल पनि तादीपुलमा बेवारिसे अवस्थामा बरामद गरी सम्बन्धित मोटरसाइकल धनीलाई बुझाएको छ ।


नुवाकोटमा २ सय ४६ सवारीसाधन कारवाहीमा

traffic police action to public vehicles infographics data

विदुर – ट्राफिक प्रहरी नुवाकोटले जिल्लाको विभिन्न स्थानमा चाडपर्वलाई लक्षित गरी विशेष चेकजाँच गरेकोमा २ सय ४६ सवारीसाधन कारवाहीमा परेका छन् । शनिबार र आईतबार चेकजाँचको क्रममा सवारीसाधनहरु कारवाहीमा परेको ट्राफिक प्रमुख भट्टराईले जानकारी दिए । त्यस्तै, क्षमता भन्दा बढी यात्रु राखी सवारी चलाउने ३८, आईचर ट्रकमा यात्रु ओसारपसार गर्ने ५२, ट्राफिक नियम उल्लङ्‍घन गरी सवारी चलाउने १५६ सवारीसधानलाई कारबाही गरिएको हो । कारवाहीमा परेको २ सय ४६ सवारीसाधनबाट १ लाख ७६ हजार ५ सय राजश्व सङ्कलन भएको छ । चाडपर्वको मौका छोपी बढी भाडा लिने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले…


यात्रु सहायता कक्ष सञ्चालन

विदुर । बडा दशैं तथा तिहारलाई लक्षित गर्दै विदुर नगरपालिका-४ बट्टार बसपार्कमा यात्रुहरुको सहायताका लागि यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ । चाडपर्वमा सवारीसाधानहरुमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका कार्यहरु हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको हो । सार्वजनिक सवारीसाधनहरुमा भाडादरको सूची अनिवार्य राख्नु पर्ने र कसैले तोकेको भन्दा बढी भाडा लिएको पाइएमा कारवाही गरिने काफ्लेले चेतावनी दिएका छन् ।…


बाल यौन हिंसा र सडक सुरक्षा सम्बन्धी सचेतनामुलक

road safety child sex awareness

विदुर । समुदाय प्रहरी साझेदारी अन्तर्गत सोमबार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त आयोजनामा बाल यौन हिंसा र सडक सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको भैरवी एकेडेमीमा कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरु तथा शिक्षकशिक्षिकालाई बाल यौन ट्राफिक चिन्ह सूचक, ट्राफिक नियम, सडक दुर्घटना न्यूनीकरण लगायतको सडक सुरक्षा र बाल यौन हिंसा, लागूऔषध सम्बन्धी जानकारी गराएको छ । कार्यक्रममा बाल यौन हिंसा र सडक सुरक्षा सम्बन्धी बिभिन्न चेतनामुलक सामग्री र जानकारीहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराईले र…


लागू औषध दुर्व्यसनी विरुद्ध जनचेतनामूलक प्रभातफेरी

विदुर / आज नुवाकोटको विदुर नगरपालिका-९ कोलेनीमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत बढ्दो लागूऔषध दुर्व्यसनी न्यूनीकरणको लागि प्रभातफेरी भएको छ । प्रभातफेरीपछि कोणसभामा बोल्दै जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरले लागू पदार्थको बढ्दो प्रयोगलाइ नियन्त्रण र न्यूनीकरणको लागि नेपाल प्रहरीले नुवाकोटका सबै पालिकामा अभियान कार्यक्रम संचालन गरिरहेको बताउनुभयो । मगरले आम जनमानसमा लागू औषधको दुरुपयोग सम्बन्धमा जनचेतना अभिबृद्धी गर्दै यसका बिरुद्धमा नागरिक प्रहरी हातेमाले गर्दे अघि बढ्नु पर्नेमा जोड दिनुभयो । लागूऔषध दुर्व्यसनीबाट हुने अपराध तथा लागूऔषधले मानव स्वास्थ्यमा पार्ने असर बारे जानकारी गराएका थिए । र्‍यालीमा “लागु औषध निषेध गरौँ, लागु औषध सेवन जघन्य…


पृथ्वी स्मारक सरसफाई (फोटोफिचर)

krishna bahadur palli magar nuwakot police

विदुर / समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरीले विदुर नगरपालिका-५ देविघाटस्थित पृथ्वी स्मारक उद्यान परिसरको सरसफाई गरेको छ । शनिबार स्मारक उद्यान र प्रसिद्ध जालपा देवी मन्दिर परिसर प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरको नेतृत्वमा सरसफाई भएको हो । सरसफाईमा पृथ्वी स्मारक संरक्षण समिति, जालपा विकास क्षेत्र संरक्षण समिति, पतन्जली योग समिति, ब्रह्रमकुमारी राजयोग सेवा उपकेन्द्र, नुवाकोट रेडक्रस, विदुर नगरपालिका-५ का समुदाय प्रहरी लगायत प्रहरीको सहभागिता रहेको थियो । त्यस्तै, समुदाय प्रहरी सेवा केन्द्र, महिला तथा बालबालिका सेवा केन्द्र, लोकप्रिय सहकारीका सदस्यको सहभागिता रहेको थियो ।  


प्रहरीचौकी तोडफोड, दुई प्रहरी घाइते

district police office nuwakot

किस्पाङ, नुवाकोट / मैलुङका स्थानीयबासी र प्रहरीबीच दोहोरो झडप हुँदा मैलुङ चौकी तोडफोड भएको छ । नुवाकोट र रसुवाको सिमाना मैलुङमा निर्माणाधीन त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरी गर्ने क्रममा ३ जना पक्राउ परेकोमा उत्तरगया गाउँपालिका-२ का १९ वर्षीय मैते तामाङ त्रिशूली खोलामा फामफाहालेर बेपत्ता भएको निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभएको छ । प्रहरीले संयमता नअपनाएको भन्दै पक्राउ परेका आफन्त, स्थानीय र प्रहरीबीच दोहोरो झडप भएको छ । स्थानीयवासीले प्रहरीचौकीमा तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड हवाइफायर गरेको प्रहरीले जनाएको…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS