दशैं

 
 

बेलकोटमा सामूहिक जमरा

jamara belkotgadhi municipality office

बेलकोटगढी । बडा दशैंको घटस्थापनाको दिन आज नुवाकोटको बेलकोटगढी नगरपालिकाको निरञ्जना भगवती मन्दिरमा सामूहिक जमरा राखिएको छ । बेलकोटगढी नगरपालिका वडा नं. १० मा रहेको सो मन्दिरमा गाउँका ३२ परिवार दलितसहित २ सय ३५ परिवारले घटस्थापना गरी सामूहिक जमरा राखेका हुन् । बडादशैंमा काठमाडौं हनुमानढोकाको बैदिक विधि अनुसार नै यहाँ पनि पूजा गर्ने परम्परालाई निरन्तरता दिइएको स्थानीयबासीहरु बताउँछन् । नेपाल एकीकरणको क्रममा विसं १८०१ मा नुवाकोट विजयी भएपछि पृथ्वीनारायण शाहले सामूहिक मन्दिरमा सामूहिक जमरा राखी राष्ट्रिय एकताको सन्देश दिएको स्थानीय बुढापाकाहरुको भनाई छ । सो बेलादेखि चलेको यस्तो चलनले अहिले…


खुल्ला स्नुकर प्रतियोगिता हुने

dashain snooker tournament 2076

विदुर / नेपालीहरुको महान् चाड बडादशैंको अवसर पारेर खुल्ला स्नुकर प्रतियोगिता आगामी आश्विन १८ हुने भएको छ । विदुर नगरपालिका-२ विदुरमा रहेको वेलकम पुल हाउसको आयोजनामा शुभकामना आदानप्रदान तथा मैत्रीपूर्ण खेल हुन लागेको हो । प्रतियोगिताका विजयीले दशैँ खसी १, द्वितीयले रातो कुखुराको भाले ४ वटा र तृतीयले नगद रु ५ हजार (नयाँ नोट रु५० को १०० वटा) प्राप्त गर्ने आयोजक मदन श्रेष्ठले जानकारी दिएको छ । सहभागिताको लागि खेलाडी तथा समुहले आगामी आश्विन १२ गतेको बेलुका ७ बजेसम्म नाम दर्ता गराउनु पर्नेछ भने दर्ता शुल्क रु १ हजार लाग्नेछ ।…


वर्ल्डलिंकको दशै र तिहार अफर

dashain offer worldlink internet

काठमाडौं । नेपालीहरुको महान् चाड बडा दशैं र तिहारको अवसर पारेर इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनसले नयाँ र आर्कषक अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टीभी र एक वर्ष निशुल्क नेट टीभी सेवा मात्र २५,९९० मा पाउन सक्नेछन् । यो अफर २५, ४० र ६० एमबीपीएस इन्टरनेटको १, ३, ६ र १२ महिनाका योजनामा उपलब्ध हुनेछ। यसको अतिरिक्त वल्र्डलिंकले आफ्ना ग्राहकवर्गकमा कुनै पनि सामान्य टिभीलाई युट्युब फिचर मार्फत् स्मार्ट टिभी बनाउने सुविधा पनि प्रदान गरिसकेको छ। यसका साथै सम्पूर्ण नयाँ…


दशैँका लागि नयाँ नोट वितरण असोज १४ गतेबाट

nepalese new rupees

विदुर । नेपालीहरुको महान चाड दशैँका अवसर पारेर नेपाल राष्ट्र बैंकले नयाँ नोट आगामी असोज १४ गतेबाट वितरण सुरु गर्ने भएको छ । राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई पनि सटही सुविधा दिने भएको छ । निजी क्षेत्रका बैंकले भने निश्चित रकम मात्र सटहीका लागि पाउनेछन् । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २० हजार रुपैयाँसम्म मात्र उपलब्ध गराउन सक्नेछ । यसअघि राष्ट्र बैंकले काठमाडौँस्थित बैङ्किङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरूबाट नयाँ नोट साट्ने गर्थ्यो । यस वर्षदेखि सर्वसाधारणको…


आज कोजाग्रत पूर्णिमा, बडादशैँ समापन

dashain durga bhawani nepal

काठमाडौँ / आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो…


दशैं र मोहनीको मान्यता

‘दसैंकरण’ हुन पुगेको नेवार जातिको एउटा महत्वपूर्ण चाड हो, ‘मोहनी’। अहिले धेरै नेवारहरूले नै मोहनीलाई दसैं भन्न थालेका छन्। हिन्दूहरूको महान् चाड भएको र राज्य पनि हिन्दू धर्मबाट प्रभावित भएको कारणले दसैं राज्यकै सबैभन्दा ठूलो पर्व बन्न गएको छ। धर्म–संस्कृतिमाथि जब राज्यको हस्तक्षेप हुन्छ, तब त्यो पनि वर्गीय बन्न पुग्दो रहेछ। दसैं पनि राज्यको हस्तक्षेपका कारण धार्मिकभन्दा पनि राजनीतिक बढी बन्दै गइरहेको देखिन्छ। त्यसैले दसैंकै बेला मनाइने अरू जातीय समुदायका छुट्टै पर्वहरू या छेउ लागेका छन्, या त ‘दसैंकरण’ हुँदै गएका छन्। त्यसरी नै ‘दसैंकरण’ हुन पुगेको नेवार जातिको एउटा…


नुवाकोटमा पनि फूलपाती भित्र्याइयो

fulpati nuwakot ashokbari durbar

अशाेकबारी, नुवाकोट / बडा दशैंकाे सातौँ दिन अाज नुवाकोटको अशाेकबारीमा फुलपाती भित्र्याइएको छ। पहिले नेपालको राजधानी समेत रहेकोले ऐतिहासिक र धार्मिक महत्त्वले भरिपूर्ण नुवाकोट यस वर्ष पनि राजकीय सम्मानकासाथ विदुर नगरपालिका-२ अशाेकबारीमास्थित साततले दरबार परिसरमा रहकाे तलेजु भवानी मन्दिरमा परम्परागत रुपमा फूलपाती जात्राका साथ हर्षबढाइ गरेर भित्र्याइएको छ । जात्रामा नेपाली सेनाको टुकडीले सलामी अर्पण गर्नुकाे साथै कवाज प्रदर्शनी गरेका छन् । फुलपाती जात्रामा विदुर नगरपालिका प्रमुख सन्जु पण्डित, वडाध्यक्ष वीरेन्द्रकुमार शाही, द्वारे महेन्द्र शाही, नुवाकोट भैरवी मन्दिरका धामी हरिमानसिंह डंगोल, नुवाकोट सराेकार समाजका अनुजकुमार श्रेष्ठ, नुवाकोट सम्पदा समाजका पुष्कर शर्मा,…


दिपक ढकालको दशैं म्युजिक भिडियो सार्वजनिक

dashain song nepali

विदुर / दिपक ढकाल र कुमार ढुङ्गानाको प्रस्तुती रहेको “दशैंमा लिङ्गे पिङ सरर” गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटल प्रा.लि को युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । गीतमा दिपक ढकाल, कुमार ढुङ्गाना र पार्वती कार्कीको स्वर रहेको छ । नेपाली संगितमा लामो समय अनुभव भोगेका कलाकार माधव भण्डारीको लय तथा शब्द रहेको छ । ज्योती फिल्मसको प्रोडक्सनमा उत्पादन तथा निर्माण भएको म्युजिक भिडियोमा निरन श्रेष्ठ र लिला गिरीको अभिनय रहेको छ । शुक्र लामाको निर्देशनमा तयार भएको म्युजिक भिडियोको छायाङ्कन मरुभुमी नारायणले गरेका छन् भने रोशन धितालले सम्पादन रहेको छ…


दशैंको अवसरमा नुवाकोटबाट १७ कैदीलाई रिहा हुँदै

नुवाकोट, असोज १० । दशैंका अवसरमा जिल्ला कारागार नुवाकोटमा रहेका १७ कैदीबन्दी रिहा भएका छन् । विभिन्न मुद्दामा जेल जीवन विताइरहेका १७ जना कैदीवन्दीलाई बाँकी सजाय मिनाहा गरी जेल मुक्त गरिएको हो । जिल्ला कारागारमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठह-याई बन्दी जीवन बिताइरहेका  १२ र रसुवाको धुन्चे कारगारमा पाँच जना बन्दीलाई रिहा गरिएको कारागार प्रशासनले जनाएको छ । बाँकी सजाय मिनाहा हुनेमा सबै भन्दा धेरै सवारी ज्यान मुद्दामा जेल परेका ६ जना चालक र पाँच जना कर्तव्य ज्यान मुद्दाका दोषी रहेका छन् । नुवाकोट जिल्ला कारागारवाट रिहा भएकाहरुमा सवारी ज्यान मुद्दाका…


१०१ कविताको प्रत्यक्ष प्रशारण LIVE

विदुर | बसिबियाँलोको दोश्रो जमघट विजया दशमी २०७४ को शुभकामना आदानप्रदान कार्यक्रम “१०१ कविता” को प्रत्यक्ष प्रशारण


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS