दिसामुक्त

 
 

पूर्ण सरसफाइ कार्यक्रम परियोजना सुरु

dwash-cc nuwakot post program meeting

विदुर । आज विदुरमा खुला दिसामुक्त पश्चातको पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत जिल्लास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति बैठक एवम् पूर्ण सरसफाइ सम्वन्धि अन्तर्क्रिया कार्यक्रम भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले वातावरण मानवीय तथा अमानवीयतवरले दुषित भइरहेको हुनाले स्थानीयतहलाई सहभागी गराएर पूर्ण सरसफाइ कार्यक्रममा लाग्न निर्देशन गरिने बताए । जिल्लास्थित सम्बन्धित सरोकारवालाहरुले पूर्ण सरसफाइ कार्यक्रममा समानुपातिक ढंगले कार्यक्रम गर्नुपर्ने धारणा व्यक्त गरे । उनले सरसफाई क्षेत्रमा राजनीतिकरण नगर्न सबैलाई अनुरोध गरे । जिल्लाको ११ वडामा परियोजना कार्यक्रम रहेको जसमा नगरपालिका १ र दुई गाउँपालिका रहेको छ । विदुर नगरपालिका वडा नं…


नुवाकोटले पायो ५८ औं खुला दिसामुक्त जिल्ला घोषणा (श्रव्यदृश्य सहित)

ODF Nuwakot Deceleration

विदुर, नुवाकोट । नुवाकोट जिल्लालाई ‘ऐतिहासिक धरोहर नुवाकोटको पहिचान, खुला दिशामुक्त समाज हाम्रो अभियान’ भन्ने नाराको साथ खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख आतिथि प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले नुवाकोटलाई ५८ औँ खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभएको हो ।नुवाकोट त्रिदेशीय मार्गमा विस्तार भइरहेकाले जिल्लालाई सरसफाई क्षेत्रमा पनि अग्रसर हुन जिल्लाबासीलाई आग्रह गर्नुभयो । नुवाकोटलाई खुला दिसामुक्त घोषणा गरेपनि कार्यान्वायन गर्न हामी सबैको दायित्व र चुनौती रहेको बतानुभयो । सरकारपक्षका राजनीतिदल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनप्रतिनिधिहरुले प्रमुखअतिथिको विषयलाई लिएर कार्यक्रमलाई बहिष्कार गर्नुलाई लज्जास्पद रहेको बताउनुभयो । कार्यक्रमका विशेष अतिथि नेपाली काँग्रेस…


खुला दिसामुक्त क्षेत्र र चुनौती

के हो खुला दिसामुक्त भनेको? सरसफाई गुरु योजना २०६८ का अनुसार “खुला दिसामुक्त भन्नाले खुला रुपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ । दिसामा झिँगा बस्न नसक्ने गरी खाल्डोमा ढक्कन लगाइएको अवस्थाले (चर्पीमा) खुला दिसामुक्त जनाउँदछ । तर ढक्कन नभएको खाल्डोमा दिसा संकलन गरेपछि त्यस अवस्थाले चाहीँ खुल्ला दिसायुक्त अवस्था नै जनाउँदछ ।” -०- सन् २०१८ सम्म नेपाललाई खुला दिसामुक्त अभियान क्षेत्र घोषणा गर्ने लक्ष्य सरकारले लिएको छ । अभियान अनुरूप नुवाकोट जिल्लालाई आजको दिनमा खुला दिसामुक्त जिल्ला घोषणा गरिंदैछ । पटकपटक घोषणा मिति तोक्दै र सार्दै सरकारको निर्धारित समय अगावै घोषणा हुँदैछ…


नुवाकोट खुला दिसामुक्त जिल्ला घोषणा असार २८ मा तय

odf committee nuwakot

नुवाकोट । नुवाकोट खुला दिसामुक्त जिल्ला घोषणा यहि असार २८ गते बिहिबार हुने भएको छ । यस अघि नुवाकोटका १२ वटै स्थानीयतहका २ नगरपालिका र १० गाउँपालिका यस अगाडी नै खुला दिशामुक्त भैसकेको छ । आज पत्रकार सम्मेलनमा  जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङले जिल्ला घोषणा गर्न क्षेत्रीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिबाट अनुगमन तथा प्रमाणीकरण प्रक्रिया पुरा भैसकेको बताउनुभयो । जिल्ला खानेपानी स्वच्छता समन्वय समितिको बैठकको निर्णय अनुसार जिल्ला घोषणाका लागि नेपाल सरकारका पूर्व स्वास्थ्य मन्त्री एवम् प्रतिनिघीसभाका सदस्य सांसद गगनकुमार थापाको प्रमुख अतिथी रहने र कार्यक्रम विदुर नगरपालिका-४ बट्टारस्थित नयाँ…


जिल्ला खुल्ला दिसामुक्त घोषणा पटकपटक मिति तोक्दै, असार २८मा अभियान सफल हुँदै

ODF Nuwakot Nepal

विदुर । नुवाकोट जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न पटकपटक मिति तोक्दै करिब एक वर्षपछि यहि असार २८ गते खुल्ला दिसामुक्त हुने भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नुवाकोटका प्रमुख मोहनलाल जैशीले जिल्ला खानेपानी तथा सरसफाई एवम् स्वच्छता समन्वय समिति (डि-वास-सीसी) को नुवाकोट जिल्लालाई असारमसान्तभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय बमोजिम नुवाकोटका १२ वट्टै स्थानीयतहका प्रमुख र उपप्रमुखहरुसँग गत बिहिबार गरिएको बैठकबाट खुल्ला दिसामुक्त जिल्ला घोषणाको दिन तय हुन गएको बताउनुभयो । नुवाकोटमा शतप्रतिशत घरमा शौचालय निर्माण भएपनि प्राविधिक समस्या देखिएकोले जिल्लालाई दिसामुक्त क्षेत्र घोषणा गर्न ढिलाई भएको बताउनुभयो ।…


सूर्यगढी खुला दिसामुक्त र पूर्ण खोपयुक्त (फोटोफिचर)

Chokade Rural Muncipality Office Nuwakot

नुवाकोट/सूर्यगढी गाउँपालिकालाई विहीबार खुला दिसामुक्त क्षेत्र र पूर्ण खोपयुक्त भएको घोषणा गरिएको छ । वडा नं २ स्थित चोगदेमा आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले सूर्यगढी गाउँपालिकालाई जिल्लाको दशौँ स्थानीयतहको रुपमा खुला दिसामुक्त क्षेत्र र चौथो पूर्णखोपयुक्त भएको घोषणा गर्नुभएको हो । साविकका चार गाविस लच्याङ, बागेश्वरी, हल्देकालिका र गणेशस्थान समावेश गरी बनेको सूर्यगढी गाउँपालिकाभित्रका चार हजार ४२ घरधुरीमध्ये ९९ प्रतिशतले पक्की शौचालय निर्माण भएको सरकारी तथ्यांकको आधारमा सरसफाइको एक हिस्साका रुपमा रहेको खुला दिसामुक्त क्षेत्र घोषणा भएको पूर्व अर्थमन्त्री महतले घोषणा गर्नुभयो ।…


सुर्यगढी खुल्ला दिसामुक्त हुँदै (भिडियोसहित)

Chokade Rural Muncipality Office Nuwakot

चोकदे/सुर्यगढी गाउँपालिका यहि ३१ गते बिहिबारका दिन खुल्ला दिसामुक्त तथा पूर्ण खोप मुक्त घोषणा हुने भएको छ । सुर्यगढी गाउँपालिकाभित्रका पाँच वटै वडाका घरधुरीहरुमा शौचालय निर्माण भइसकेको र केहि घरधुरीमा मात्र बन्न बाँकि रहेको हुनाले उक्त घरधुरी पहिचान र अनुगमन गरी शौचालय निर्माणको लागि पहल गरिने सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर तामाङले बताउनुभयो। शौचालय निर्माण नगर्ने परिवारलाई गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधाबाटसमेत बञ्चित गर्नुपर्ने अवस्थाको सिर्जना नगर्नसमेत सबै पालिकाबासीहरुलाई आग्रह गरिएको अध्यक्ष तामाङले बताउनुभयो । तामाङले चर्पीको प्रयोग भए नभएको खबरदारी गर्ने, अवस्था अनुसार पुरस्कार र दण्डको व्यवस्था गर्ने, सरसफाईलाई आर्थिक…


नुवाकोटका बेलकोटगढी, सुर्यगढी र ककनी दिसामुक्त हुन बाकीँ

Open Defecation Free (ODF)

विदुर/नुवाकोटको तीन स्थानिय तह अझै खुल्ला दिसामुक्त हुन सकेको छैन । बेलकोटगढी नगरपालिका, सुर्यगढी गाउँपालिका र ककनी गाउँपालिका खुल्ला दिसामुक्त हुन नसकेपछि नुवाकोटलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम स्तगित भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय नुवाकोटले दिएको जानकारी अनुसार एक नगरपालिका र दुई गाउँपालिकामा शौचालय बन्न नसक्दा पुरै जिल्ला खुल्ला दिसामुक्त हुन सकेन । ककनीको ओखरपौवाको बलामी गाउँमा अपेक्षाकृत रुपमा शौचालय नबन्दा समस्या भएको कार्यलकी सहजकर्ता भवानी सापकोटाले बताइन् । नुवाकोटमा रहेका १२ स्थानिय तहमध्ये ९ वटा स्थानियतह खुल्ला दिसामुक्त भैसकेको छ । उहाँले दिएको जानाकारी अनुसार…


सरसफाइको ग्राफ कुन प्रदेशको कति ?

काठमाडौ/देशको हरेक नेपालीको घरमा आधारभूत तहको सरसफाइ सुविधा पु-याउन सरकार प्रयत्नशील छ । सरसफाइको अवस्था हेरेर कुन प्रदेश कति सभ्य, सरसफाइ र स्वच्छ छ भनेर विश्लेषण गर्ने हो भने प्रदेश नं. ४, ६ र ७ अग्रस्थानमा छन् । प्रदेश नं. ४ को सबै जिल्ला खुला दिसामुक्त घोषणा भइसकेका छन् । प्रदेश ४ मा पूर्वी नवलपरासीको दाउन्ने पूर्व, बागलुङको पूर्वी क्षेत्र, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र पर्वत पर्दछन् । प्रदेश नंं. १ को ९८.९९ प्रतिशत प्रदेश नं. १ को इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, खोटाङ, उदयपुर र ओखलढुंगा खुला दिसामुक्त…


खुला दिसाका कारण प्रत्येक घण्टा एकको मृत्यु हुने

Open Defecation Free (ODF)

विराटनगर/घरबाहिर सर्वाङ्गीण नग्न भएर खुला दिसा गर्नु समाजका लागि लज्जास्पद कार्य भएकोे सोमबार यहाँ आयोजित कार्यक्रममा सहभागीले बताएका छन् । जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति, मोरङद्वारा यहाँ आयोजित मोरङ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान गोष्ठीका सहभागी जनप्रतिनिधिले खुला दिसाका कारण युवती यौन दुव्र्यवहार, बालबालिकामा विभिन्न रोग तथा बाढी र विषालु किराको टोकाइका कारण अकालमा मृत्यु हुने गरेको धारणा व्यक्त गर्नुभयो । सो अवसरमा जिल्ला समन्वय समिति, मोरङका अध्यक्ष नरेश पोखरेलले सबै स्थानीय निकायले गाउँ ठाउँमा सफाइका साथै महिला तथा युवती, बालबालिकाको हितका लागि प्रत्येक घरको अनुगमन…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS