दुर्घटना

 
 

सवारी दुर्घटनाको तीन वर्षमा ५८ जनाको मृत्यु, ५० सख्त घाईते

nuwakot dsp rajesh thapa road accident presentation

विदुर, नुवाकोट –  नुवाकोटमा सवारी दुर्घटनाबाट तीन वर्षमा ५८ जनाको मृत्यु, ५० सख्त र १ सय ९ घाईते भएको तथ्यांकले देखाएको छ । चालुआर्थिक वर्षको मङ्सिरसम्ममा ७ सवारी दुर्घटना, ०७५/७६ मा २३ सवारी दुर्घटना र आव ०७४/७५ मा २२ सवारी दुर्घटना भएको थियो । शुक्रबार भएको सवारी दुर्घटना न्यूनीकरण अन्तरक्रियामा निमित्त प्रहरी प्रमुख राजेश थापाले उक्त जानकारी दिनुभएको हो । नुवाकोटमा मुख्यतया सडकसम्बन्धी चेतनाको कमी, ट्राफिक नियम उल्लङ्घन गरेकै कारण सवारी दुर्घटना बताउनुभयो । तथ्यांकअनुसार चालुआर्थिक वर्षको नौ महिनामा ७ हजार ८ सय ५० कारवाहीबाट ५३ लाख ३० हजार राजश्व सङ्कलन भएको छ ।…


टिप्परको ठक्करबाट युवकको मृत्यु

accident microbus and motorcycle

बिदुर / टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइक चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहान काठमाण्डौ-त्रिशूली सडकखण्ड अन्तर्गत बट्टारको भीमसेन विद्यालय अगाडीको मार्गमा बा ५ ख २८९८ नम्बरको टिप्परले विपरीत दिशाबाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नपा–२ बट्टारका २५ वर्षीय दीवाकर खनालको घटनास्थलमै ज्यान गएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो । मोटरसाइकलमा सवार खनालका साथी २४ वर्षिय मुन्ना गुप्ता घाइते भएका छन् । आक्रोशित स्थानीयले दुर्घटनापछि  टिप्परमा आगजनी गरेका छन् । त्यस्तै, हिजो बिहिबार बिदुर नगरपालिका लोकत्रान्त्रिक चौतारास्थित ढुङ्गेबाट बट्टारतर्फ जादै गरेको बा १…


घ्याङफेदीमा ज्यान गुमाएकाको परिवारलाई उद्योग वाणिज्य संघको सहयोग

nccinuwakot donation program

विदुर, नुवाकोट / उद्योग वाणिज्य संघले गत मङ्सिर २८ गते घ्याङफेदीमा भएकाे मिनिट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारकाे सदस्यकाे लागि राहत स्वरुप ५० हजार रुपैयाँ सहयोग गरेको छ । फागुन ३ गते दुप्चेश्वरको राउतबेंशीमा सोनाम ल्होसारको अवसरमा आयोजित बृहत सांस्कृतिक कार्यक्रममा संघका अध्यक्ष ताराबहादुर कार्की र द्वितीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठले दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष याेविन्द्रसिंह तामाङ र उपाध्यक्ष अञ्जु आचार्यलाई उक्त सहयोग रकमको चेक स्तान्तरण गरेका थिए । यस अघि बुद्धभुमि हाईड्रोपावर कम्पनीले ५० हजार र नेपाली काँग्रेसको तर्फबाट १ लाख १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । घाईते भएकालाई उपचारमा सहयोग जुट्नेक्रम जारी…


अपडेट: शिवपुरीमा भएको बस दुर्घटनामा ७ घाइते (नामावलीसहित)

shivapuri bus accident nuwakot

शिवपुरी, नुवाकोट / शिवपुरी गाउँपालिका-८ थानपतिमा भएको बस दुर्घटना हुदाँ ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातको समय घुम्तीमा अनियन्त्रित भई दुर्घटना भइ बस करिब ३० मिटर सडकबाट तल खसेको थियो । घाइतेको नामावली, ठेगाना र स्थिति विवरण १) जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा.५ बस्ने वर्ष ६५ को बासुदेव थापा टाउको हात खुट्टामा चोट अवस्था सामान्य ।डिस्चार्ज २) जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा.५ बस्ने वर्ष २५ को रन्जना खतिवडा ढाड र हातमा चोट मध्यम अवस्था ग्रिन सिटीमा उपचार भै रहेको । ३) जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा.५ बस्ने लक्ष्मी खतिवडा…


बस दुर्घटनामा ५ जना घाइते, ३ को अवस्था गम्भीर

shivapuri bus accident nuwakot

शिवपुरी, नुवाकोट / शिवपुरी गाउँपालिका-८ थानपतिमा भएको बस दुर्घटना हुदाँ ५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । दुप्चेश्वर गाँउपालिका-५ बालकुमारीबाट काठमाडौ जन्ती गएर फर्कदै गरेको बा२ख २३८६ नम्बरको बस गएराती ७ः३० बजेतिर दुर्घटना भएको स्थानीय विशेष थपलियाले जानकारी दिनुभयो । घाइते सबैलाई उपचारको लागि काठमाडौं लागिएको छ । घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको बस करीब ३० मिटर सडकबाट तल पुगेको थियो । उद्धारको लागि स्थानीयबासी, प्रहरी चौकी छहरेका जवान खटिएका थिए ।


विद्युत प्रशारणको लाईनबाट करेन्ट लागेर १ को मृत्यु, २ घाईते (भिडियो)

लिखु, नुवाकोट । लिखु गाउँपालिका वडा नं. १ ढिकुरेमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । सो घटनामा अन्य दुई जना घाइते भएका छन् । ढिकुरेस्थित ३३ हजार के.वि. को प्रशारण लाईनको खम्बा कोल्टि तार झोलिन गई करेन्ट लाग्दा लिखुगापा-१ का २३ वर्षीया तुलसा अधिकारीलाई उपचारको लागिव विदुर ल्याउने क्रममा बीचबाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । त्यस्तै, बेलकोटगढि नगरपालिका-१२ मदानपुर बस्ने १७ वर्षीया सदिक्षा पौडेल र लिखू गापाका-१ शान्ति बजार बस्ने बर्ष ५५ को लालप्रसाद लामिछाने घाईते भएका छन् । घाईतेको विदुरस्थित नुवाकोट सिटी अस्पतालमा प्राथमिक उपचार गराई काठमाडौं लागिएको…


अपडेट: नुवाकोट बस दुर्घटनामा ४७ घाइते

विदुर, नुवाकोट / जिल्ला प्रहरी कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार देउरालीबाट त्रिशुली आउंदै गरेको बस दुर्घटनामा घाइते हुनेको संख्या ४७ पुगेको छ । गम्भीर ८ घाइतेलाई थप उपचारको लागि काठमाडौँ  ग्रीनसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभएको छ । अन्य सामान्य घाइतेहरूको त्रिशुली अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ । नुवाकोटमा बस दुर्घटना, २५ घाईते ४ गम्भीर (घाईतेको नामावली सहित)


नुवाकोटमा बस दुर्घटना, २५ घाईते ४ गम्भीर (घाईतेको नामावली सहित)

विदुर/ नुवाकोटको विदुर नगरपालिका-९ स्थित लामाटार चौतारामा यात्रुबाहक बस दुर्घटना परि २५ घाइते भएको छ । जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको अनुसार देउराली बुङताङबाट त्रिशुली आउंदै गरेको पासाङल्हामु यातायातको बा २ ख २८०४ नम्बरको यात्रुबाहक बसले विपरित दिसाबाट आएको मिनी टाटालाई साइड दिने क्रममा माटो भासिएर सडकदेखि ४० मिटर तल खस्न पुगी दुर्घटना भएको हो । दुर्घटनामा परि २५ जना घाईते भएको र गम्भीर घाइते हुनेलाई काठमाण्डौ लगिएको अन्य घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बसका चालक र सहचालक दुवै घाइते भएको  पासाङल्हामु यातायात समितिका अध्यक्ष…


दुर्घटनामा चालक र सहयोगी चालकको अवस्था गम्भीर

Accident

नुवाकोट/नुवाकोटबाट बालुवा बोकेर काठमाडौँतर्फ गइरहेको मिनीट्रक छहरे–टोखा सडकखण्डको सुनखानीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । आज बिहान शिवपुरी गाउँपालिका–७ सुनखानीको घ्याम्पेखोला भन्ने स्थानमा मिनीट्रक दुर्घटना हुँदा त्यसका धनी एवं चालक लिखु गाउँपालिका–१ का सुरेन्द्र बस्नेत र सोही स्थानका सहयोगी चालक विकास श्रीपाली घाइते भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । घाइते भएका चालक २९ वर्षीय बस्नेत र सहयोगी चालक १७ वर्षीय श्रीपाली दुवैजनाको अवस्था गम्भीर भएकाले उपचारका लागि ग्राण्डी अस्पताल काठमाडौँ लगिएको छ । पानी परिरहेको र रातको समयमा तीव्र गतिमा रहेको मिनीट्रक दुर्घटना हुँदा सडकबाट…


त्रिशूलीमा ग्यास बुलेट पल्टियो, चालकको मृत्यु

धादिङ, दार्खा/धादिङको मलेखुस्थित त्रिशूली नदीमा आज बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ । काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नं को लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखु नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो । अनियन्त्रित भई ग्यास बुलेट सडकबाट ३५ मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । (रासस)


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS