नागरिक

 
 

नागरिक अझै काठको पुलमा जोखिमपूर्ण यात्रा गर्दै

bamboo bridge nuwakot

लिखु, नुवाकोट / लिखु गाउँपालिका-४ चौघडा र सुर्यमतीका स्थानीयहरु अझै काठको अस्थायी पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । सरकारले देशभर झोलुंगे पुल निर्माण गरिने परियोजना अनुसार विगतमा पुर्व अर्थमन्त्रि रामशरण महतले शिलान्यास गरेको स्थानमा अहिलेसम्म पुल निर्माण नहुँदा नागरिकले दैनिक अस्थायी पुलको यात्रा गर्नु परेको हो । बर्षैपिच्छे स्थानीयले आफ्नै श्रमदान र आर्थिक जोहो गरेर अस्थायी पुल बनाई कष्टकर यात्रा गर्ने गरेको स्थानीयबासिन्दा रामचन्द्र अगस्तीले बताउनुभयो । दैनिक ४०/५० जना विद्यार्थी बालबालिका क्षेत्रपाल मावि यसै अस्थाई जोखिमपुर्ण पुल भएर अध्ययन गर्न जाने गरेको छ । पुल नहुँदा चौघडा…


सोफियाले पाएको र जोनीले नपाएको नागरिकता: रामचन्द्र भट्ट

अघिल्लो साता एउटा समाचारले बीबीसी, सीएनएन, न्युयोर्क टाइम्स, वाल स्ट्रिट जर्ननलगायतका पश्चिमा सञ्चारमाध्यममा गतिलै स्थान पायो । समाचार थियो– साउदी अरेबियाले रोबोटलाई नागरिकता दिएको । गत जुन महिनामा जेनेभामा सम्पन्न इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनको वार्षिक सम्मेलनका समयमा उक्त रोबोट सार्वजनिक गरिएको थियो । मानवद्वारा निर्मित र मानिसले जनाउने सबै व्यवहारको प्रतिक्रिया दिने सोफिया नाम दिइएको उक्त रोबोटलाई नागरिकता दिएर साउदी अरेबिया पश्चिमा जगत्मा निकै चर्चित भयो । त्यो विषयले चर्चा पाएको तीन दिनपछि सोमबार बिहान सामाजिक सञ्जाल (फेसबुक)मा कसैले पोस्ट गरेको एउटा विषयले मेरो दिमाग पूरै घुम्यो । फेसबुकमा लेखिएको थियो–‘मेरो…


भाषणमा विश्व रेकर्ड बनाउँदै नुवाकोटका अन्तराम केसी, ८४ घण्टाको भाषण आजबाटजारी

anantaram-kc-nepal-nuwakot-trishuliweb-dabalikhabar

१९ असोज, काठमाडौँ । एक जना नेपाली युवा भाषणमा विश्व गिनिज बुक रेकर्ड कायम गर्न लागि परेका छन । नुवाकोट शिवपुरी गाउँपालिकाका अन्तराम केसीले भाषणामा बिश्व रेकर्ड बनाउन लागेका हुन । उनले गिनिज बुकमा नाम लेखाउन निरन्तर ८४ घण्टा भाषण गर्दैछन । बिहीबार बिहानदेखि काठमाडौँमा टेक्सास कलेजमा उनको भाषण जारी छ । उनले बिहान ६ बजेर ६ मिनेटमा आफ्नो भाषण सुरु गरेका हुन ।


दुई महिनाभित्रै नुवाकोट पुर्नसंरचना हुने

आउँदो साउन १ गतेदेखि दुई महिनासम्म नुवाकोट जिल्लामा गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारणको विषयमा बहस, सुझाव संकलन र तयारी हुने भएको छ । हिजो स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधिको विषयमा जानकारी दिनको लागि आयोजना गरिएको छलफल कार्यक्रममा दिइएको जानकारी अनुसार भदौ मसान्त भित्रमा नुवाकोटबाट केन्द्रमा प्रतिवेदन पेश हुनेछ । अबको पुर्न संरचनाहरू हुँदा गाउँपालिकामा पाँच देखि २१ वटा वडा र नगपालिकामा २५ देखि ३३ वडा हुनेछ । त्यसै गरी नुवाकोट जिल्लामा दुई वटा निर्वाचन क्षेत्र कायम गरिनेछ । स्थानीय…


प्रहरीमा ‘प्रहरी मेरो साथी’ अभियान

मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले आजदेखि प्रहरी मेरो साथी अभियान सुरू गरेको छ । दुई वर्ष अघि सुरू गरेको ‘मुस्कान सहितको प्रहरी सेवा’अभियानबाट नागरिकहरूले खासै प्रभावकारी सेवजा पाउन नसकेपनि प्रहरीले मेरो साथी अभियानको सुरू गरेको हो । देशभरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियान अनुरूप जिल्ला प्रहरी कार्यलय नुवाकोटमा पनिे प्रहरी मेरो साथी अभियान सुरू गरेको प्रहरीले जनाएको छ । प्रहरी मेरो साथी अभियान नुवाकोट जिल्लामा उद्घाटन गर्दै जिल्ला न्यायधिश अजयराज…


घाँसको विउ वितरण

विदुर, २० असार । स्थानिय विकास कोष जिल्ला बिकास समिति नुवाकोट अन्तर्गत गरिबसँग विश्वेश्वर कार्यक्रमले नुवाकोटको पाँच वटा गाउँ विकास समिति र बिदुर नगरपालिकाको दुई वटा वडाका नागरिकहरुलाई बिभिन्न जातका डाले घासको बिरुवा वितरण गरेको छ । कार्यक्रम अन्तर्गत नुवाकोटको मदानपुर, बेल्कोट, कल्याणपुर, बागेश्वरी र हल्देकालिका गाउँ विकास समिति र बिदुर नगरपालिकाको वडा नम्बर ५ र ६ का नागरिकहरुलाई घासको बिरुवा बितरण गरिएको हो । कृषि पेसामा संलग्न बिभिन्न समुदायमा रहेका नागरिकहरुको कृषि उपजलाई वृद्धि र विकास गर्नको लागि कागतीको बिरुवा र घासको बिरुवा वितरण गरिएको गरिबसँग विश्वेश्वर कार्यक्रमका जिल्ला…


आरनको सामाग्री हस्तान्तरण

बिदुर – उपेक्षित उत्पीडित र दलित वर्ग उत्थान समिति काठमाडौले नुवाकोटको लच्याङ गाउँ विकास समिति वडा नम्बर तीनका दलित नागरिकहरुको लागि सुधारिएको आरन अन्तर्गतको सामाग्रीहरु आज बितरण गरेको छ । नुवाकोटको दुर्गमा गाउँमा बसोबास गर्ने दलित नागरिकहरुको जीवन स्तर उकास्नका लागि आरनको सम्पुर्ण सामाग्री बितरण गरिएको उपेक्षित उत्पिडित र दलित वर्ग उत्थान समिति काठमाडौंका कार्यकारी निर्देशक रामसुन्दर महराले जानकारी दिए । । सामाग्री बितरण कार्यक्रममा नुवाकोट दलित समन्वयन समितिका उपाध्यक्ष दिपक परियार, दलित वर्ग उत्थान समिति काठमाडौका उपाध्यक्ष मुक्तबहादुर महरा स्थानिय समाजसेवी लगायतकाको उपस्थिति रहेको थियो ।


सडक निर्माणमा युवा जुटे

दुईपीपल – दुईपिपल गाविस वडा नं. ९ सालखर्कमा स्थानीय युवाहरुको सक्रियतामा गाउँमै मोटरबाटो पुगेको छ । गाविसले विनियोजन गरेको रकम र युवाहरुको श्रमदानबाट सालखर्कसम्म मोटरबाटो सञ्चालन भएको स्थानीयहरुले बताएका छन् । कला विकास युवा क्लबको नेतृत्वमा युवाहरु आफ्नो समुदायको विकासको लागि जुटेको करण लामाले बताए । क्लवकै अग्रसरतामा समुदाय क्षेत्रका पाटीपौवा मर्मत तथा संम्पदाहरुको संरक्षणमा नागरिकहरु आफै जुटेका छन् ।


पुनः निर्माण प्राधिकरणको ढिलाई

बिदुर – भुकम्प गएको १३ महिना बितिसक्दा पनी नागरिकहरुले सुरक्षित तबरले बस्न पाएका छैनन् । दैनिक जसो भुकम्पको पराकम्पन, बर्सातको समयमा अस्थाई आबासको बास लगथायतको बिभिन्न कारण नागरिकहरु झनै पिडित भैरहेका छन् । सरकारले भुकम्प पिडितहरुको लागी चाँडै निजि आबास पुनः निर्माण गर्नको लागी राष्ट्रिय पुनः निर्माण प्राधिकरणको गठन गरेता पनी प्राधिकरणले प्रभाबकारी रुपमा काम गर्न सकेको छैन् । भुकम्प गएको १ बर्ष पुरा भएको दिनलाई स्मरण गर्दै प्राधिकरणले पुनः निर्माणको लागी अनुदान सम्झौता सुरु गरेको थियो । तर, अहिले सम्म पुनः निर्माण प्राधिकरण ३५ हजार निजि घरको मात्रै अनुदान सम्झौता…


भुमि अधिकार सम्बन्धि निति संबाद कार्यक्रम सम्पन्न

बिदुर – भुकम्प पछी नुवाकोट जिल्लाका नागरिकहरुलाई बिभिन्न सहयोग उपलब्ध गराउनको लागी आएको अन्तराष्ट्रिय गैर सरकारी संस्था अक्सफामले सरोकारवाला निकायहरुसँग भुमि अधिकार सम्बन्धि निति संबाद कार्यक्रम गरेको छ । जिल्लामा रहेका भुमि हिन नागरिकहरु, सुकुम्बासी लगायतको क्षेत्रमा जग्गा प्राप्तीको वकालतको कार्य गर्ने उदेश्यले भुमि अधिकार र पुनः निर्माणको बिषयमा निति, संबाद कार्यक्रमको आयोजना गरेको अक्सफामले जनाएको छ । कार्यक्रममा नुवाकोटका स्थानीय बिकास अधिकारी केशरबहादुर पण्डितले नागरिकता र लालपुर्जालाई सबै अधिकार प्राप्तिको लागी आधार पत्रको रुपमा ब्याख्या गरेमा भुमि अधिकार सम्बन्धि समस्या उत्पनन भैरहने बताउनु भएको छ । साथै सरकारले लागु गर्नको लागी…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS