निर्वाचन

 
 

चौथौं निर्वाचन दिवस मनाईयो

fourth election day 2076 nuwakot speech competition winner

विदुर, नुवाकोट – १०४ वर्षको एकतन्त्रीय जहाँनियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औं प्रजातन्त्र दिवस नुवाकोट लगायत देशभर विविध कार्यक्रम गरी मनाइएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । जिल्ला समारोह समितिको आयोजनामा प्रजातन्त्र दिवसको अवसरमा प्रवचन कार्यक्रम गरि मनाईएको छ । कार्यक्रममा संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, विदुर नगरपालिकाका प्रमुख संजु पण्डित, उपप्रमुख गीताकुमारी दाहाल, नुवाकोट उद्योग वाणिज्य संघआ वरिष्ठ उपाध्यक्ष गीता अमात्य, राजनैतिक दलका प्रतिनिधि,…


दुप्चेश्वरमा आगामी वर्ष उपनिर्वाचन हुने

dupcheshwar rural municipality nuwakot

दुप्चेश्वर / नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. १ मा पनि वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले तीन तहमा गरी ४७ पदमा उपनिर्वाचन गराउने गरी मतदाता नामावली दर्ता सुरु गरेको छ । संघ, प्रदेश र स्थानीयतहमा रिक्त रहेका स्थानमा निर्वाचन गराउनको लागि निर्वाचन आयोगले तयारी थालेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रचलित कानुनबमोजिम उपनिर्वाचन गर्न आयोगले आवश्यक आन्तरिक तयारी गरिरहेको र त्यसैक्रममा मतदाता नामावली दर्ता अभियान सुरु गरिएको बताए । वडाअध्यक्षको पद पुर्ति गर्न आगामी कार्तिकमा उप निर्वाचन सम्भावना बढी रहेको छ । दुप्चेश्वर गाउँपालिका वडा…


प्रगतिशील प्यानलद्वारा क्लिन स्विप, अध्यक्षमा पुन: खनाल विजयी

bidur khanepani nuwakot

विदुर / विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा नारायणबहादुर खनालसहित प्यानल नै विजयी भएका छन् । विदुर खानेपानीको सातौँ अधिवेशनको निर्वाचनबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका प्यानलका निर्वाचित अध्यक्ष खनालले १ सय २६ मतको फराकिलो मतान्तरले काँग्रेस निकट लोकतान्त्रिक समूहका राजेन्द्र अर्याललाई पछाडी परेका हुन् । खनालले ७ सय ६३ मत प्राप्त गरेका छन् भने अर्यालले ६ सय ३७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा संजिवबहादुर श्रेष्ठले ८ सय ५०, सचिवमा रघुनाथ रिमालले ७ सय ३९ र कोषाध्यक्षमा बच्चुमाया सुनारी मगरले ७ सय ५८ प्राप्त गरी विजयी भएका छन् ।…


नुवाकोटमा १ हजार २ सय ९६ मतदाता थपियो

janardan adhikari

विदुर / प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि नुवाकोट जिल्लामा अहिलेसम्म १ हजार २ सय ९६ जनाले मतदाता परिचयपत्रका लागि दर्ता गराएका छन् । दैनिक रुपमा २० देखि ३० जनाले नयाँ मतदाता परिचयपत्र बनाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जनार्दन अधिकारीले बताउनुभयो । नयाँ नागरिकता बनाए लगतै जिल्ला प्रशासन कार्यालयमै नयाँ मतदाता नामावलीमा दर्ता गरिने सेवा हुँदा महिला ४ सय ७७ र पुरुष ५ सय ९७ ले दर्ता गरेका छन् । त्यस्तै, कार्यालयमै दर्ता भएकोमा महिला ८५ र पुरुष १ सय ३७ दर्ता भएको अधिकारीले जानकारी दिनुभयो । नयाँ मतदाता परिचयपत्रको लागि निर्वाचन कार्यालय र…


निर्वाचन शिक्षाको लगानी वालुवामा पानी, नुवाकोटमा २० हजार मत बदर

विदुर । निर्वाचन आयोगले मतदाता शिक्षा भन्दै करोडौं रुपैया खर्च गरेको छ । निर्वाचनमा बदर मतको संख्या घटाउने उद्देश्यले आयोगले मतदाता शिक्षाको नाममा रकम खर्चिएको हो । तर, उक्त खर्च अनुसारको मतदाता शिक्षामा मतदाताको पहुँच नपुगेको अहिले भएको निर्वाचनको मतगणनाबाट सार्वजनिक भएको छ । नुवाकोटमा मात्र २० हजार भन्दा धेरै मत बदर भएको छ । मतदाताहरुले हालेको मतको अबस्था हेर्दा प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन एकै पटक भएको कारण पनि मत बदर संख्या बढेको निर्वाचनका कर्मचारीहरुको बताउँछन् । समानुपातिक तर्फ दुई वटा तहको मतदानको लागि पनि मतपत्र एकै भएको…


सामानुपातिकमा सुन्य मत ल्याउने दल, निर्वाचन परिणाम आँकडा सहित

विदुर/नुवाकोटमा मंसिर १० गते आइतवार भएको पहिलो चरणको निर्वाचनमा समानुपातिकतर्फ शुन्य मत पाउनेदेखि ५० मत नकटाउने दलसमेत रहेका छन् । समानुपातिक प्रणालीतर्फ प्रदेश सभामा लिवरल डेमोक्रेटिक पार्टीले शुन्य मत प्राप्त गरेको छ भने २१ दलले ५० मतसमेत कटाउन सकेका छैनन् । एक मतमात्र पाउने दलहरुमा आमुल परिवर्तन मसिह पार्टी, नेपाल जनता पार्टी, संघीय खम्वुवान पार्टी, नेपाल राष्ट्रिय पार्टीले एक मत मात्र पाएको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले बताए । नुवाकोटमा प्रदेश सभातर्फ ३१ र प्रतिनिधि सभातर्फ ४९ दल समानुपातिकतर्फ चुनावी मैदानमा रहेका थिए । यसैगरी, समानुपातिकतर्फ प्रतिनिधि सभामा ५० मत नकटाउने…


समानुपातिकबाट ८०% महिला पर्ने

काठमाडौं २६ मंसिर ।  प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट थोरै मात्र महिला निर्वाचित भएकाले दलहरूले समानुपातिकबाट धेरै महिला (करिब ८० प्रतिशत) लाई सांसद बनाउनुपर्ने भएको छ । संवैधानिक व्यवस्था अनुसार संसद्मा ३३ प्रतिशत महिला सदस्य अनिवार्य छ । दलहरूले प्रत्यक्षमा उम्मेदवार बनाउँदा नै थोरै मात्र महिलालाई समेटेका थिए भने विजयी भएर आउने महिला सांसदको संख्या त झनै न्यून छ । सोमबार साँझसम्मको नतिजाअनुसार प्रतिनिधिसभामा ५ जना मात्र महिला निर्वाचित भएका छन् । प्यूठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, कञ्चनपुर–१ बाट माओवादी केन्द्रकी बिना मगर, ललितपुर–३ बाट माओवादीकै पम्फा भुसाल, झापा–३ बाट एमालेकी पवित्रा निरौला…


नुवाकोटमा माओवादीका तामाङ विजयी, पूर्व अर्थमन्त्री डा.रामशरण महत ९ हजार मतले पराजित

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा बामगठबन्धनका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका हेवीवेट नेता पूर्व अर्थमन्त्री रामशरण महतलाई पराजित गरेका हुन् । बामगठबन्धनकातर्फबाट मोओवादी केन्द्रका उम्मेदवार तामाङले ३६ हजार ४ सय ७३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका डा. मतहले २७ हजार ९ सय २० मत मात्र प्राप्त गरे । यसअघि महतले २ पटकसम्म तामाङलाई पराजित गरेका थिए । २०६४ र २०७० को निर्वाचनमा महतसँगै पराजित भएका तामाङले यसपटक भने सानदार जित निकालेका छन् । -बिजखबर  


नुवाकोटमा बामगठबन्धन बलियो, क्षेत्र नम्वर १ मा हितबहादुरको जीत सुनिश्चित

नुवाकोट / केन्द्रीय राजनितिमा प्रभाव पार्न सक्ने शक्तिशाली नेताका रुपमा प्रचार गरिएका काँग्रेस वरिष्ठ नेता एवम छ पटकका अर्थमन्त्री भैसकेका काङ्ग्रेस केन्द्रीय सदस्य डा. रामशरण महत जारी प्रतिनिधी निर्वाचनको मतगणनामा क्रमश निकै पछि पर्दै जान थालेका छन । मतगणना थालनीको सुरुवातमा आफ्नै गाउं कबिलासको गणना हुँदा अघी देखिए पनि त्यसपछी निरन्तर पछि पर्दै गएका महतको पछिल्लो मतगणनामा मतान्तर झनै बढदै जाँदा र एमाले तथा माओवादी प्रभावका क्षेत्र मानिएका स्थानको गणना बाँकी रहेको अवस्थामा नेता महत पराजय उन्मूख भएको नतिजाले देखाएको छ । ताजा मतपरिणाम अनूसार नुवाकोट क्षेत्र नम्वर १ को…


नुवाकोटमा मतगणना जारी

विदुर / पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा २०७४ को एघार दिन अघि निर्वाचन सम्पन्न भएको नुवाकोट सहितका ३२ जिल्लामा आज साँझबाट मतगणना कडा सुरक्षाका बिच मतगणना सुरु भएको छ । गणना गरिने कोठा तथा आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । त्यस्तै, प्रतिनिधिहरुका लागि घेराबारा लगाइएको छ । नुवाकोटमा प्रनिनिधिसभाको दुई र प्रदेशसभाको चार पद गरी कुल छ पदको लागी ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । मंसिर १० गते भएको निर्वाचनमा दुई लाख आठ हजार १९१ जना मतदाता मध्ये एक लाख ३९ हजार ७६१ मतदाताले मतदान गरेका छन् ।


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS