नुवाकोट उद्योग वाणिज्य संघ

 
 

आजबाट छैठौँ नुवाकोट महोत्सव, पूर्वराष्ट्रपतिले उद्घाटन गर्ने

6th nuwakot mahotsav 2076 trishuli bidur

विदुर, नुवाकोट – ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बर्द्धन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवर्द्धन’ भन्ने नाराको साथ आजबाट छैठौँ नुवाकोट महोत्सवको उद्घाटन पूर्वराष्ट्रपति डा. रामवरण यादवले गर्ने भएको छ । महोत्सव माघ १६ देखि २६ गतेसम्म संचालन हुनेछ । आयोजक नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ताराबहादुर कार्कीले नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरी सञ्चालन हुन लागेको महोत्सवले नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्राउनको लागि विशेष योगदान पुग्ने अध्यक्ष कार्कीले बताए । महोत्सवमा पर्यटन, उद्योग, कृषि, सामाजिक तथा साँस्कृतिक, लोपोन्मुख भाषा, संस्कृति भेषभुषा, संस्थागत…


माघ १६ देखि २६ गतेसम्म छैठौं नुवाकोट महोत्सव हुने

vn 2020 6th nuwakot mahotsav 2076

विदुर – ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बर्द्धन दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रबर्द्धन’ भन्ने मूल नाराका साथ छैठौं नुवाकोट महोत्सव आगामी माघ माघ १६ देखि २६ गतेसम्म हुने भएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत् नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गर्न लागिएको संघका प्रवक्ता एवं महोत्सव सूचना तथा सञ्चार उपसमितिका संयोजक सबिन राजभण्डारीले जानकारी दिनुभयो । विदुर नगरपालिकाको बट्टार बसपार्माकमा सञ्चालन हुने महोत्सवमा आर्थिक, उपार्जन, व्यावसायिक समृद्धता तथा आन्तरिक एवं बाह्य पर्यटन भित्र्याउने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष ताराबहादुर कार्कीले बताउनुभयो । महोत्सवले…


२६ जनाले लिए व्यवसायिक योजना निर्माण तालिम

purnima ukaid mott nuwakot chamber of commerce industry

विदुर – नुवाकोट उद्योग वाणिज्य संघको पुर्णिमा परियोजना कार्यक्रम अन्तर्गत व्यवसायिक योजना निर्माण तालिम सम्पन्न भएको छ । तालिममा नेपालमा भूकम्प पश्चातको पुनर्लाभका लागि संयुक्त अधिराज्यको सहयोग रहेको छ । पौष ६ गतेबाट सुरु भएको ४ दिने तालिममा नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढि नपा, तादि, ककनी, तारकेश्वर र रसुवाको उत्तरगया गाउँपालिकाका विभिन्न व्यवसाय क्षेत्रका २६ जनाले सहभागिता जनाएको कार्यक्रम संयाेजक बिष्णु प्याकुरेलले जानकारी दिनुभयाे । तालिमबाट व्यवसायीको व्यवसायको निश्चित योजना निर्माण गर्न, बजार/बित्तिय तथा आवश्यक योजना निर्माण गर्न टेवा पुर्याउने संघले जनाएको छ । तालिममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अमिर लामाले सहजिकरण गर्नुभएको थियो ।


“जनप्रतिनिधि नीतिगत बिषयमा विज्ञ हुनुपर्ने”: उपाध्यक्ष लामा

shanti lama nuwakot

देउराली – म्यागङ गाउँपालिका उपाध्यक्ष शान्ति लामाले संघियताले पालिकाका अध्यक्ष/उपाध्यक्ष नीतिगत बिषयमा विज्ञ हुनुपर्ने परिकल्पना गरिएकोमा आफुहरु अझै सिकाईकै क्रममा रहेको बताउनुभयो । म्यागङ गाउँपालीकाको आयोजना निर्माण सम्बन्धी उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उपाध्यक्षले उक्त बताउनुभएको हो । संविधानले व्यवस्था गरेको अधिकारलाई जिल्लामै ज्ञान केन्द्र तथा डिभिजनको नाममा अधिकारहरु कुण्ठित गरेको धारणा व्यक्त गर्नुभयो ।कर्मचारी अभाव हुँदा पनि पालिकामा भएको स्रोत र साधनले भ्याएसम्म नागरिकलाई सेवा दिँदै आईरहेको बताउनुभयो । जसले गर्दा नागरिकहरुलाई सुशुकृत तथा व्यवसायिक बनाउन पहुँच पुग्न नसकिरहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष आशा तामाङले “समृद्ध म्यागङ खुशी म्यागङ” बनाउनको लागि पालिकास्थित सम्पूर्ण…


ईन्टरलक प्रविधि विषय अन्तर्क्रिया कार्यक्रम

inter block interaction program nuwakot

विदुर – ईन्टरलक व्यवसायीका समस्या र भवन निर्माणमा ईन्टरलक प्रविधिको प्रयोग विषयमा अन्तर्क्रिया कार्यक्रम भएको छ । नुवाकोट उद्योग वाणिज्य संघले सदस्य उद्योगको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमको शुरुवात गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङले निजी तथा सामाजिकस्तरबाट यस प्रविधिको प्रयोग सकारात्मक र प्रमाणित भएकोले सरकारी निकायबाट नीतिगत रुपमा भवन निर्माणमा स्वीकृत दिनुपर्ने बताउनुभयो । पञ्चकन्या गाउँपालीकाका अध्यक्ष तेजबहादुर लामा, तादी गाउँपालीकाका अध्यक्ष नारायणप्रसाद पाण्डे, म्यागङ गाउँपालीकाका उपाध्यक्ष शान्ति लामा लगायतले एकिकृत बस्ति, निजी आवास तथा सार्वजनिक संरचना निर्माण गर्न सहज र छरितो भएकोले आगामी दिनमा पालिकाको निर्माण कार्यक्रममा प्रयोगमा…


“कर्मकाण्ड उद्योगको विकास हुनुपर्ने” सन्तमान तामाङ

gharelu nuwakot

विदुर / जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले व्यवसायीहरुले कर्मकाण्ड उद्योग/व्यवसायलाई विकास गरी समयानुसार जिल्लाको अर्थतन्त्रमा समेत टेवा पुर्याउने किसिमको व्यवसाय गर्नुपर्ने बताउनुभएको छ । घरेलु तथा साना विकास समितिको आयोजनामा भएकाे व्यवसायी र सरोकारवालाबिच अन्तरक्रियामा उक्त भनाइ राख्नुभएको हो । जिसस प्रमुख तामाङले स्थानिय कच्चापदार्थको भरपुर परिचालन गरि व्यवसायमा आर्थिक क्रान्ति ल्याउनुपर्ने र उद्योगलाई उदेक नबनाई उद्योगकै रुपमा संचालन गर्नुपर्ने बताउनुभयो । जनतालाई आर्थिक समृद्धि कसरी तुल्याउने, उद्योगी तथा व्यवसायी बनाएर कसरी अगाडी बढाउने, राजश्व र आयकरको संकलनमा वृद्धि गर्न व्यवसायीहरुलाई करको दायरामा ल्याउन र जिल्लाको भूगोल अनुरुप उद्योग/व्यवसायको स्थापना गर्न सम्भावना…


समुन्द्रटारमा उद्योगी तथा व्यवसायीबीच अन्तरक्रिया

ncci nuwakot purnima interaction with entrepreneur

समुन्द्रटार / दुप्चेश्वर गाउँपालीकाको समुन्द्रटारमा ७० भन्दाबढी उद्योगी तथा व्यवसायीबीच अन्तरक्रिया भएको छ । कार्यक्रममा निर्माण सम्बन्धी उद्योगी व्यवसायिका लागि वित्तिय साक्षरता तथा पहुँच अभिवृद्धि, उद्योग व्यवसाय दर्ता नविकरण तथा अन्य कानुनी प्रक्रिया र पुर्णिमा: कार्यक्रमका गतिविधिको बारेमा जानकारी गराएको थियो । गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले व्यवसायिक हितका लागि पालिकाद्वारा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष तामाङले उद्योगी व्यवसायीलाई संगठित गर्दै गुणस्तरिय वस्तुको उत्पादन तथा बिक्रि वितरणको व्यवस्थापनका लागि नुवाकोट उद्योग वाणिज्य संघलाई आग्रह समेत गर्नुभयो । कार्यक्रमका नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले व्यवसायिक वातावरण निर्माणका लागि संघ…


४९ युवा उद्यमीले लिए व्यवासायिक योजना तालिम

purnima program training

विदुर / नुवाकोट जिल्लाका विदुर नगरपालिका, शिवपुरी, दुप्चेश्वर र तादी गाउँपालिकाका ४९ जना युवा उद्यमीहरुले व्यवासायिक उद्यमी तालिममा लिएका छन् । व्यवसायिक योजना निर्माण तथा उद्यमी र वित्तिय संघसंस्थाबीच अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले वैदेशिक रोजगारलाई कम गर्न देशमै रोजगारको सिर्जना गर्नुपर्ने र आर्थिक सम्वृद्धितर्फ लाग्न सकिने बताउनुभयो । तालिम पश्चात् आफ्नो व्यवसायको योजनालाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले तालिमले दक्ष जनशक्ति उत्पादनले जिल्लाको आर्थिक गतिविधिमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । नुवाकोट उद्योग वाणिज्य संघ र पूर्णिमा: निजी क्षेत्र विकास परियोजनाले…


नुवाकोट उवासंघमा लोकतान्त्रिक प्यानलै विजयी

विदुर / नुवाकोट उद्योग वाणिज्य संघको दशौँ अधिवेशनबाट उद्योग वाणिज्य संघमा लोकतान्त्रिक प्यानल नै विजयी भएको छ। लोकतान्त्रिक प्यानलका तर्फबाट अध्यक्ष ताराबहादुर कार्कीसहित प्यानलका सबै सदस्य विजयी भएका हुन्। कार्कीले प्रगतिशील व्यवसायिकका अध्यक्ष रमेश श्रेष्ठलाई  २ सय २३ मत अन्तरले पराजित गरी विजयी भएका हुन् । मत गणनाको पहिलो १ सय १५ मतको नतिजादेखि अग्रस्थानमा रहेको कार्कीले कुल ८ सय १७ मत प्राप्त गरी विजयी भएका छन् । संघले कार्कीको नेतृत्वमा दोस्रो कार्यकाल पाएको छ । त्यस्तै, रमेश श्रेष्ठले ५ सय ९४ मत प्राप्त गरेका छन् । निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा गीता अमात्य, प्रथम उपाध्यक्षमा राजेन्द्र…


व्यवसायीलाई चुनाव लाग्यो, कस्ले मार्ला नुउवा संघमा बाजी ?

nuwakot chamber of commerce and industry election

विदुर / चैत २३ गते हुने नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचनको लागि नेकपा र नेपाली कांग्रेस समर्थित व्यवसायीहरु चुनावी मैदानमा उत्रिएका छन् । संघको निर्वाचन प्रयोजनको लागि आइतवार नेकपा पार्टीको समर्थनमा रमेश श्रेष्ठ र नेपाली कांग्रेसको समर्थनमा ताराबहादुर कार्कीको प्यालन चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । संघको १६ औं वार्षिक साधारण सभा तथा दशौं अधिवेशनले संघले नयाँ नेतृत्व चयन गर्न लागेको हो । सहमतिको आधारमा नेतृत्व चयन गर्ने पूर्व सहमति विथोलिएपछि संघको नेतृत्व हात पार्ने दाउमा दुवै समूह चुनावी रणनितिमा लागेका हुन् । मनोनयन पत्र दर्ता गरेसँगै दुवै प्यानल मतदाताको मन…


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS